नीति तथा सञ्चालन महाशाखा
नीति तथा सञ्चालन महाशाखा अन्तर्गतका शाखाहरुको स्वीकृत कार्यविवरण देहाय बमोजिम रहेको छ ।
नीति तथा महसुल शाखा
- आर्थिक विधेयकका लागि भन्सार सम्बन्धी विषयमा राय सुझाव सङ्कलन, छलफल र सुझाव पेश गर्ने।
- प्रत्येक वर्षका लागि भन्सारका दरहरु परिमार्जन सम्बन्धी आवश्यक तयारी गर्ने।
- बहुपक्षीय तथा द्विपक्षीय सम्झौता/सहमति एवम् आवश्यकता अनुसार भन्सारको नीति तथा कानून संशोधन गर्न मस्यौदा तयार गर्ने गराउने।
- विभिन्न आयोजनाहरू तथा ठेकेदारले पैठारी गर्ने मालवस्तुको महसुल छुट तथा सुविधा सम्बन्धी कार्य गर्ने।
- करमुक्त पसलहरूको लागि चाहिने मालवस्तुको कोटा स्वीकृति सम्बन्धी कार्यगर्ने।
- अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको कोटा स्वीकृति गर्ने सम्बन्धी कार्य गर्ने।
- कार्यालयहरूलाई भन्सार ऐन, नियम वा आर्थिक ऐनको कार्यान्वयनमा परेका द्विविधा सम्बन्धमा निर्देशन र परिपत्र गर्ने सम्बन्धी कार्य गर्ने।
- म्याद थप तथा बिलम्ब शुल्क मिनाहा सम्बन्धी कार्य गर्ने।
- कूटनैतिक सुविधा र महसुल सुविधा तथा छुट उपलव्ध गराउने सम्बन्धी कार्य गर्ने।
- WTO, SAFTA तथा BIMSTEC सँग भन्सार प्रशासनको तर्फबाट फोकल पोइन्टको रूपमा कार्य गर्ने।
- भन्सार कार्यविधि, परिपत्र सङ्ग्रह, भन्सार ऐन नियम अध्यावधिक सम्बन्धी कार्य गर्ने।
- आयोजनाहरूको महसुल छुट सम्बन्धमा कार्यालयहरूबाट भए गरेका कामहरुको निरीक्षण तथा अनुगमन गर्ने।
- नीति तथा महसुल सम्बन्धमा महानिर्देशकले तोकेका अन्य कार्यहरु गर्ने।
- भन्सार ऐन, नियम, कार्यविधि र प्रक्रियाहरुलाई सहज, सरल र पारदर्शी बनाउन भन्सार प्रक्रिया अध्ययन गरी Business Process Re-Engineering गर्ने र कार्यान्वयन गर्ने गराउने।
- भन्सारका प्रक्रियाहरुलाई स्वचालन गर्न Business Rule तयार गराउने।
- भन्सार ऐन, नियमावली र प्रचलित आर्थिक ऐन बमोजिम आशिकुडा प्रणालीमा दरवन्दी र करको दर, राजस्व छुट सम्बन्धी व्यवस्था अद्यावधिक गर्ने र गर्न लगाउने।
- भन्सार स्वचालन प्रक्रियाको आवधिक प्रणाली परीक्षण गर्ने।
- भन्सार स्वचालन प्रणालीको कार्यशिलता र प्रभावकारिता वढाउन द्रुत जाँचपास, आगमन पूर्व जाँचपास, डिजिटल दस्तखत, ई-भुक्तानी आदि मोडल कार्यान्वयन र परिमार्जनको व्यवस्था गर्ने गराउने।
- आशिकुडा र एकद्वार प्रणाली लगायत स्वचालन प्रणालीको सञ्चालन गर्ने।
- आधिकारिक व्यवसायी कार्यक्रम लागू गर्न सो सम्बन्धी कार्य प्रक्रिया र कार्यक्रम निर्धारण गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्ने गराउने।
सेवाग्राही सहजीकरण शाखा
- भन्सार कार्यालयहरूबाट प्रमाणित गरिएका GSP Verification सम्बन्धी कार्य।
- वण्डेड वेयरहाउस सञ्चालनको निमित्त नियमानुसार अनुमतिपत्र दिने वार्षिक नवीकरण गर्ने र त्यसको अनुगमन, सुपरीवेक्षण र नियन्त्रण गर्ने।
- भन्सार एजेन्टको नियुक्ति, भन्सार एजेण्ट प्रमाणपत्रको नवीकरण सम्बन्धी कामको अनुगमन र सुपरीवेक्षण गर्ने र सो कार्यहरूको अभिलेख अद्यावधिक गर्ने।
- अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने सम्बन्धी कार्य गर्ने।
- गुनासो सुनुवाई संयन्त्र स्थापना गरी गुनासो व्यवस्थापनको कार्य गर्ने गराउने।
- सेवाग्राही सन्तुष्टिको अध्ययन (सर्वेक्षण) गरी पत्ता लागेका कुराहरू कार्यान्वयन गर्ने गराउने।
- परिपालना व्यवस्थापनको कार्यसम्पादन मापन गर्ने गराउने।
- भन्सार सम्बन्धी सेवा प्राप्त गर्न आउने सेवाग्राहीका गुनासाहरू सुन्ने।
- प्राप्त गुनासाहरूको अभिलेख राखी महाशाखा प्रमुख समक्ष पेश गर्ने।
- कार्यालयको सोधपुछ एकाईको कार्य समेत गर्ने।
- सेवाग्राही सेवाकक्ष स्थापना र सञ्चालन गर्ने।
- EXIM Code सम्बन्धी कार्य गर्ने।
- भन्सार प्रशासनका गतिविधि र जनउपयोगी जानकारीहरूको सूचना प्रवाह, प्रकाशन आदिका माध्यमबाट सूचना सम्प्रेषण सम्बन्धी कार्य गर्ने।
वर्गीकरण तथा पुनरावलोकन शाखा
- मालवस्तुको वर्गीकरण सम्बन्धमा महानिर्देशकलाई राय प्रदान गर्ने र वर्गीकरण सम्बन्धी अन्य कार्य गर्ने ।
- वस्तु वर्गीकरण सम्बन्धमा विश्व भन्सार सङ्गठनसँग समन्वय तथा पत्राचार गर्ने सम्बन्धी कार्य गर्ने ।
- भन्सार महसुल दरबन्दी पुस्तक (अंग्रेजी तथा नेपाली) र एकीकृत भन्सार महसुल दरवन्दी पुस्तक प्रकाशन सम्बन्धी कार्य गर्ने ।
- समय/समयमा भन्सार विभागबाट प्रकाशन गरिने वर्गीकरण निर्णयसार सङ्ग्रह सम्बन्धी कार्य गर्ने ।
- वर्गीकरण तथा उत्पत्तिको विषयमा पूर्वादेश जारी गर्ने सम्बन्धमा पूर्वादेश समितिको सचिवालयको कार्य गर्ने ।
- वस्तु वर्गीकरण सम्बन्धी तालिम, गोष्ठी, सेमिनार सम्बन्धी कार्य गर्ने ।
- वस्तु बर्गिकरणका सम्बन्धमा कार्यालयहरूबाट भए गरेका कामहरुको निरीक्षण तथा अनुगमन गर्ने सम्बन्धी कार्य गर्ने ।
- वस्तु वर्गीकरण सम्बन्धी राष्ट्रिय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय बैठक, सेमिनार, गोष्ठी आदिमा सहभागीता, सहकार्य तथा समन्वय गर्ने ।
- वस्तु वर्गीकरणको पुनरावलोकनको निवेदन फर्छ्यौट सम्बन्धी कार्य गर्ने ।
- वस्तु वर्गीकरणका विषयमा भन्सार कार्यालयहरु र अन्य निकायवाट सोधिएका विषयमा जवाफ दिने ।
- वस्तु वर्गीकरण सम्बन्धमा महानिर्देशकले तोकेका अन्य कार्यहरु गर्ने ।
प्रयोगशाला शाखा
- भन्सार कार्यालय, अन्य सरकारी निकाय तथा औधोगिक प्रतिष्ठानबाट परीक्षणको लागि पठाइएका वस्तुहरू (नमुना) को Physical/Chemical परीक्षण गरी त्यसको नतिजा उपलब्ध गराउने।
- HS Explanatory Note को आवश्यकता अनुसार नमूना परीक्षण गरि वस्तु वर्गीकरणको लागि राय दिने।
- विश्व भन्सार सङ्गठन (WCO)/ISO को मापदण्ड अनुसारको प्रयोगशालाको गुणस्तर कायम गर्ने र बढी खतरायुक्त काम गर्दा आवश्यक मास्क, एप्रोनको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरणका विषयमा सम्बन्धित सरोकारवाला पक्षलाई सुसूचित गर्ने।
- नमुना सङ्कलन, व्यवस्थापन तथा नियन्त्रित/निषेधित वस्तुहरूको Customs Control लगायतका प्राविधिक विषयमा सरोकार पक्षहरूलाई तालिम दिने।
- आवश्यकता अनुसार विभिन्न भन्सार नाकाबाट नमुना सङ्कलन गर्ने।
- प्रयोगशाला व्यवस्थापन तथा परीक्षण विधि विकास लगायतका Scientific matter का सम्बन्धमा WCO Regional Laboratories सँग समन्वय गर्ने।
- भन्सार कार्यालयहरूमा अवस्थित प्रयोगशालाहरूले गरेको परीक्षण कार्यको Quality Control गर्ने।
- भन्सार विन्दुमा एकीकृत प्रयोगशाला सञ्चालन, गुणस्तर व्यवस्थापन लगायतका प्राविधिक विषयमा सम्बन्धित निकायहरुसँग समन्वय गर्ने।
सूचना प्रविधि पूर्वाधार शाखा
- विभाग र भन्सार कार्यालयहरूमा क्रमशः NNSW, ASYCUDA को लागि स्वचालित उपकरणहरू जडान र सञ्चालनका लागि आवश्यक योजना बनाई कार्यान्वयन गर्ने।
- आशिकुडा तथा अन्य स्वचालन प्रणालीको डाटावेसको ब्याकअप तयार राखी रिकभरीको सुनिश्चितता गर्ने।
- Disaster Recovery Site को स्थापना, स्तरोन्नति, सञ्चालन र मर्मत सम्भार गर्ने।
- भन्सार स्वचालनका लागि आवश्यक मर्मत सुधार र व्यवस्थापन गर्ने।
- सूचना सञ्जालको स्थापना, स्तरोन्नति, सञ्चालन र मर्मत सम्भार गर्ने।
- डाटा सेन्टर स्थापना, सञ्चालन, स्तरोन्नति तथा मर्मत सम्भार गर्ने।
- सूचना प्रविधिको भौतिक पूर्वाधारको Replacement Plan बनाउने र कार्यान्वयन गर्ने।
- वेभसाइट, ईहाजिरी, भिडियो कन्फेरेन्स, आई पि. क्यामेरा लगायत अन्य सूचना प्रणाली सुविधा विस्तार गर्न आवश्यक भौतिक पूर्वाधारको स्थापना तथा मर्मत सम्भार गर्ने।
- आशिकुडा प्रणाली लगायत स्वचालन प्रणालीको विकास, स्तरोन्नति र विस्तार गर्ने।
- एकद्वार प्रणाली विकास स्तरोन्नति र विस्तारमा प्राविधिक सहयोग गर्ने।
- सञ्चालनमा रहेका स्वचालन प्रणालीमा अन्तर्राष्ट्रिय सन्धि सम्झौता (WTO Trade Facilitation Agreement, Revised Kyoto Convention, TIR etc.) र राष्ट्रिय आवश्यकता अनुकुलका मापदण्ड समायोजन गर्ने गरी नयाँ सुविधाहरु विस्तार गर्ने।
- आशिकुडा प्रणाली विकास स्तरोन्नति कार्यसम्बन्धी आयोजना सञ्चालन गर्ने।