परिचय
लुम्विनी प्रदेश अन्तर्गत राजापुर नगरपालिका वडा नम्वर १, राजापुर बर्दियामा अवस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन नाका हो । यो कार्यालय सामान्यत: यात्रु शाखा विहान आठ बजेदेखि रातिको आठ बजेसम्म र मुल भन्सार कार्यालय विहान दश बजेदेखि बेलुका पाँच बजेसम्म जाँचपासका लागि खुल्ला रहन्छ । यस भन्सार कार्यालयमा पुर्णतया कम्प्युटराइज्ड प्रणालिबाट दक्ष जनशक्तिद्वारा यात्रु, सुविधा तथा अस्थायि सवारी पैठारी एवं मालस्तुको भन्सार जाँचपासको कार्य सञ्चालन हुँदै आएको छ।