समाचारहरु
सबै हेर्नुहोस-
राजापुर भन्सारद्वारा ८२ लाख राजश्व सङ्कलन
2080 माघ 10 -
राजापुर भन्सार कार्यालयद्वारा ८२ लाख २७ हजार राजश्व सङ्कलन
2080 माघ 10 -
इतिहास सम्झिँदै राजापुर
2080 असार 3
राजापुर भन्सार कार्यालयद्वारा ८२ लाख २७ हजार राजश्व सङ्कलन
बर्दिया । बर्दियाको राजापुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुस सम्ममा रु. 82 लाख 27 हजार 5 सय ७२ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको 64 प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले रु. एक करोड 28 लाख 12 हजार राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।
यसै गरी आ.व. २०७७/७८ मा रु. 2 करोड 36 लाख 81 हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको राजापुर भन्सारले रु. 2 करोड 40 लाख 3 हजार १ सय 89 राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख धन बहादुर शाहीले जानकारी दिए । यस्तै आ.व. २०७८/७९ मा रु. 2 करोड 10 लाख 33 हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु. 1 करोड 35 लाख 17 हजार 1 सय 6 राजश्व सङ्कलन भएको थियो ।
कार्यालय प्रमुख शाहीका अनुसार आ.व. ०७९/0८० मा रु. 2 करोड 8० लाख 96 हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु. 1 करोड 33 लाख 49 हजार १ सय ४ राजश्व सङ्कलन गरिएको थियो । अवैध कारोबार अन्तर्गत बरामद भएको सामाग्री लिलामीबाट सबैभन्दा बढी राजश्व सङ्कलन भएको हो । राजापुर भन्सार अन्तर्गत 8 छोटी भन्सार कार्यालय मध्ये गुलरिया छोटी भन्सार र ताराताल छोटी भन्सार कार्यालय सञ्चालनमा रहे पनि अन्य ६ छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा छन् ।
नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख शाहीले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।