कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: csd@customs.gov.np

 

धेरै सोधिने प्रश्नहरु

भन्सार सम्बन्धी सामान्य जानकारी

“भन्सार” भनेको के हो ?

क्योटो महासन्धीले गरेको परिभाषा अनुसार भन्सार सम्बन्धी कानूनको प्रशासन गर्ने र भन्सार महसुल, कर, शुल्क एवं दस्तुरहरु संकलन गर्ने सरकारी सेवा नै भन्सार हो ।

कन्टेनरको सम्बन्धमा के कस्तो सुबिधा दिईएको छ ?

पुराना ट्रकलाई विदेश लगी कन्टेनर ट्रक वा कन्टेनर राख्ने ट्रेलर ट्रक बनाई फिर्ता ल्याएमा सोमा लागेको खर्च रकममा भन्सार महसुल पूर्ण छुट छ भने अर्कोतर्फ तिनको चेसिसहरुको पैठारी हुदा महसुल धरौटी राखी कन्टेनर ट्रक वा कन्टेनर बोक्ने ट्रेलर ट्रक बनाइ प्रमाण सहित पेश भएमा भन्सार महसुलमा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।

संक्षिप्त प्रज्ञापनपत्र भनेको के हो ?

निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले निजी गुन्टा, झिटी भारी आदेश अन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा तोकिएको ढाँचामा संक्षिप्त विवरण भरिने फारमलाई संक्षिप्त प्रज्ञापनपत्र भनिन्छ ।

367. नेपालमा कतिवटा भन्सार कार्यालय छन् ?

मुलुक भर हाल भन्सार कार्यालयको संख्या ३० वटा छन् ।

368. भन्सार कार्यालयहरु कहाँ कहाँ छन् ?

स्थलमार्ग तर्फ उत्तरी सीमावर्ती क्षेत्रमा ९ वटा, भारतीय सीमावर्ती क्षेत्रमा २० वटा तथा हवाई स्थल तर्फ त्रि.अ. विमान्स्थलमा १ वटा भन्सार कार्यालयहरु छन् ।

369. भारतीय सीमावर्ती क्षेत्रहरुमा कुन कुन भन्सार कार्यालयहरु छन् ?

नेपाल भारत सिमा तर्फका भन्सार कार्यालयहरु निम्न अनुसार छन्ः

१. पशुपतिनगर भन्सार कार्यालय

२. मेची भन्सार कार्यालय

३. विराटनगर भन्सार कार्यालय

४. सुनसरी भन्सार कार्यालय

५. राजविराज भन्सार कार्यालय

६. सिराहा भन्सार कार्यालय

७. जनकपुर भन्सार कार्यालय

८. जलेश्वर भन्सार कार्यालय

९. सर्लाही भन्सार कार्यालय

१०. गौर भन्सार कार्यालय

११. विरगञ्ज भन्सार कार्यालय

१२. सुख्खा वन्दरगाह भन्सार कार्यालय

१३. भैरहवा भन्सार कार्यालय

१४. कृष्णनगर भन्सार कार्यालय

१५. कोइलावास भन्सार कार्यालय

१६. नेपालगञ्ज भन्सार कार्यालय

१७. राजापुर भन्सार कार्यालय

१८. कैलाली भन्सार कार्यालय

१९. कञ्चनपुर भन्सार कार्यालय

२०. महाकाली भन्सार कार्यालय

370. उत्तरी सीमावर्ती क्षेत्रहरुमा कुन कुन भन्सार कार्यालयहरु छन् ?

१. तातोपानी भन्सार कार्यालय

२. ओलाङचुङ्गोला भन्सार कार्यालय

३. किमाथाङ्का भन्सार कार्यालय

४. लामावगर भन्सार कार्यालय

५. रसुवा भन्सार कार्यालय

६. लार्के भन्सार कार्यालय

७. मुस्ताङ्ग भन्सार कार्यालय

८. मुगु भन्सार कार्यालय

९. यारिनाका भन्सार कार्यालय

371. कुन कुन छोटी भन्सार कार्यालयहरु भारत संग व्यापार गर्न पाइने स्वीकृत नाका हुन्?

क. भद्रपुर ख. ठाँडी ग.भिस्वा घ. महेशपुर ङ.सुठौली च.पृथ्वीपुर छ.सती ज.गुलरिया र झ.दार्चुला

372. छोटी भन्सार कार्यालयबाट निकासी एवं पैठारी गर्न पाइने मालवस्तु के के हुन ? यसमा कुनै मूल्य वा मालवस्तुको हद छ कि?

छोटी भन्सार कार्यालयहरु मध्ये भद्रपुर, सुठौली, पृथ्वीपुर, सती, दार्चुला, ठाँडी, भिस्वा, महेशपुर, गुलरिया वाहेक अन्य छोटी भन्सार कार्यालयहरुबाट देहाय बमोजिमका मालवस्तु निकासी वा पैठारी गर्न सकिन्छ :

(क) पैठारीतर्फ ने.रु. पाँच हजार सम्मको मालवस्तु

(ख) निकासीतर्फ अप्रशोधित कृषि उत्पादन तथा नेपालका स्थानीय प्राकृतिक उत्पादन

यसरी निकासी वा पैठारी गर्ने मालवस्तु सीमावर्ती विदेशी मुलुकबाट मात्र वा सीमावर्ती विदेशी मुलुकमा मात्र गर्न पाइने व्यवस्था छ ।

373. हवाई मार्गबाट आयात निर्यात व्यापार हुने भन्सार कार्यालय कुन हो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हो ।

374. भन्सार कार्यालयका मुख्य काम के के हुन् ?

क) निकासी /पैठारी हुने मालवस्तुको जाँचपास गरी निर्धारण गरिएको राजश्व असुली गर्ने

ख) भन्सार नाकाबाट हुने चोरी निकासी /पैठारी नियन्त्रण गर्ने

ग) बैध व्यापारलाई सहजीकरणको वातावरण सिर्जना गर्ने

घ) मनाहि /निषेधित मालवस्तुको निकासी /पैठारीमा नियन्त्रण गर्ने

ङ) भन्सार सम्बन्धी ऐन नियम कडाईका साथ कार्यान्वयन गर्ने

375. भन्सार अधिकृत भन्नाले कसलाई बुझाउँछ ?

प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत, प्रमुख भन्सार परीक्षक, भन्सार अधिकृत, भन्सार परीक्षक र भन्सार कार्यालय एवं छोटी भन्सार कार्यालयको प्रमुख र भन्सार ऐन, २०६४ को दफा ८४ बमोजिम अर्थ मन्त्रालयले तोकेको अधिकारी समेतलाई बुझाउँछ ।

377. भन्सार प्रशासनमा कर्मचारी नियुक्ति कसरी हुन्छ ?

नेपाल सरकारको निजामती सेवामा गरिने पदपूर्ति सम्बन्धी प्रक्रिया बमोजिम हुन्छ । रिक्त पदहरुको पदपूर्ति लोक सेवा आयोगको सिफारिस बमोजिम नै गरिन्छ । भन्सार प्रशासनमा नेपाल प्रशासन सेवाका राजपत्र अनंकित द्वितिय श्रेणी देखि राजपत्रांकित द्वितिय श्रेणी सम्मका अप्राविधिक पदहरु नेपाल प्रशासन सेवा, राजश्व समूह अन्तर्गत पर्दछन् । राजश्व समूह भित्र सरुवा बढुवा पनि राजश्व समूह भित्रैबाट गरिन्छ र राजश्व समूह भन्दा वाहिरका पदहरुमा सम्वन्धित सेवा, समूह भित्रबाट सरुवा हुन सक्दछ ।

379. भन्सार कार्यालयहरुको रेखदेख, नियन्त्रण गर्ने र निर्देशन दिने निकाय कुन हो ?

भन्सार विभाग हो । यो काठमाडौको त्रिपुरेश्वरमा छ । यो अर्थ मन्त्रालय अन्तर्गत पर्दछ । यसको प्रमुख महानिर्देशक हुन् ।


तेश्रो मुलुकबाट हुने पैठारी सम्बन्धमा

पैठारी भनेको के हो ?

कुनै विदेशी मुलुकबाट आफ्नो मुलुकमा मालवस्तु ल्याउने कामलाई पैठारी भनिन्छ ।

नेपालमा तेश्रो मुलुकबाट मालवस्तु आयात गर्न के कस्तो प्रक्रिया पूरा गर्नु पर्दछ ?

  • व्यापारिक उद्देश्यले आयात गर्न चाहनेको हकमा प्राइभेट÷साझेदारी फर्महरु भए वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा, कम्पनीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालयमा र उद्योगको हकमा उद्योग विभागमा आफ्नो फर्म, कम्पनी वा उद्योग दर्ता गर्नु पर्दछ ।
  • एजेन्सी भै कार्गाेको हकमा वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा एजेन्सी दर्ता गर्नु पर्दछ ।
  • मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र भएको हुनुपर्दछ ।
  • पैठारी गरिने मालवस्तुको परिमाण र मूल्य लगायतका विषयमा विक्रीकर्तासंग भएको संझौता पत्र वा प्रोफर्मा विजक हुनु पर्दछ ।
  • प्रोफर्मा विजक वा संझौतापत्र सहित संलग्न राखि प्रतीतपत्र खोल्न बैंकमा निवेदन दिनु पर्दछ ।
  • बैंकले पनि आफ्नो नियम र शर्त बमोजिम केही रकम धरौटी वा जमानत लिएर तोकिएको शर्त पूरा गरेमा मात्र सामान विक्रेताले विदेशस्थित बैंकबाट भूक्तानी पाउने गरी प्रतीत पत्र खोलिदिन्छ ।
  • प्रतीतपत्र विदेशस्थित विक्रेताले प्राप्त गरेपछि मालवस्तु निजले चलान गरिदिन्छ  र यसरी चलान भएको कागजातहरु नेपालको प्रतीतपत्र खोल्ने बैंकमा प्राप्त भएपछि प्रतीतपत्रमा उल्लेख भएको विदेशी मुद्रा बरावरको नेपाली रुपैया प्रतीतपत्र खोल्ने पार्टीले बैंकमा बुझाउनु पर्दछ ।
  • प्रतीतपत्र खोल्ने बैंकले वि.वि.नि. फाराम ४ सहितको कागजातहरु प्रमाणित गरी मालवस्तु आयात हुने भन्सार विन्दुमा सिलवन्दी गरी पठाउँदछ ।
  • यिनै कागजात संलग्न गरी भन्सार प्रज्ञापनपत्र सम्वन्धित भन्सार कार्यालयमा पेश गरेपछि/दर्ता गरेपछि/सम्प्रेषण गरेपछि मालवस्तुको भन्सार जाँचपास प्रक्रिया शुरु हुन्छ ।
  • पैठारी मालवस्तुमा नियमानुसार लाग्ने महसुल, कर, शुल्क बुझाएपछि मात्र भन्सारबाट आफ्नो सामान लैजान पाउने कानूनी व्यवस्था छ ।
  • भन्सार जाँचपासको प्रक्रिया पूरा गरी मालवस्तु जाँचपास गराउने कार्य माल धनी स्वयंले वा निजले अख्तियारी गरेको भन्सार एजेण्टले मात्र गर्न पाउने व्यवस्था छ ।

तेश्रो मुलकबाट पैठारी गरिएका व्यापारिक प्रयोजनको मालवस्तुको सन्दर्भमा भन्सार विन्दुमा पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

ती कागजातहरु हुन्

क) प्रज्ञापन पत्र   

ख) विजक           

ग) प्याकिङ्ग लिष्ट          

घ) विल अफ लेडिङ्ग वा एयर वे विल

ङ) स्थलमार्गको हकमा पैठारी हुँदा सि.टि.डि.

च) बैंकिङ्ग कारोवारको कागजात (प्रतीतपत्र/टी.टी./ड्राफ्ट)

छ) विमाको कागजात

ज) उत्पत्तीको प्रमाणपत्र

झ) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र

ञ) उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

ट) मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

ठ) भन्सार एजेण्ट नियुक्ति गरेकोमा सो को कागजात

ड) हवाई मार्गको हकमा सम्वन्धित एयरलाइन्सको डेलिभरी अर्डर (डि.ओ.)

ढ) सवारी साधनको हकमा Type Approval (TA) / Conformity of Production (COP) को प्रमाणपत्र

ण) रासायनिक मल पैठारीमा मान्यता प्राप्त सर्भेयरको लोड÷अनलोड पोर्टको प्रमाणपत्र

त) रसायनको हकमा विश्लेषण प्रतिवेदन

थ) इजाजतपत्र लिएर मात्र पैठारी गर्नु पर्नेको हकमा त्यस्तो इजाजतपत्र

द) कुनै निकायको सिफारिसमा पैठारी गर्न पाउनेको हकमा त्यस्ता निकायको सिफारिस पत्र

ध) नेपाल सरकारको निर्णयले पूर्ण वा आंशिक महसुल छुट दिइएकोमा त्यस्तो छुट दिएको पत्र

न) बैंक ग्यारेन्टी प्रक्रिया अन्तर्गत पैठारी गरिएको हकमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक वा वित्तीय संस्थाबाट जारी बैंक ग्यारेन्टी सम्बन्धी कागजात

प)बण्डेड वेयर हाउस अन्तर्गत पैठारी गरिएकोमा वण्डेड वेयर हाउसको इजाजत पत्र

तेश्रो मुलुकमा/बाट मालवस्तु निकासी वा पैठारी गर्न पाइने भन्सार कार्यालयहरु कुन कुन हुन?

क.मेची  ख.बिराटनगर   ग.सुख्खा बन्दरगाह  घ.बीरगन्ज  ङ.भैरहवा  च.नेपालगन्ज  छ. कैलाली ज.तातोपानी र  झ.त्रिभुवन विमानस्थल

हिरा पैठारी गर्ने प्रक्रिया के हो ?

हिरा पैठारी गर्ने विशेष छुटृै प्रक्रिया नतोकिएकाले पैठारी गर्दा अपनाउनु पर्ने सामान्य प्रक्रिया अनुसार नै पैठारी गर्न सकिन्छ ।

हिरा पैठारी गर्दा के कति भन्सार महसुल तिर्नु पर्दछ ? मू.अ. कर पनि लाग्दछ कि ?

हिरा पैठारी गर्दा मूल्यको एक प्रतिशत मात्र भन्सार महसुल लाग्दछ मू.अ. कर लाग्दैन ।

 

हिरा वाहेकका वहुमूल्य पत्थरहरु पैठारी गर्दा भन्सार दर के कसरी तिर्नु पर्दछ ? यसमा मू.अ. कर लाग्दछ कि लाग्दैन ?

अन्य वहुमूल्य पत्थरहरुमा पनि मूल्यको एक प्रतिशत भन्सार महसुल लाग्दछ र मू.अ. कर लाग्दैन ।

विदेशमा काम गर्दा आपूmले प्रयोग गरेको सवारी साधन नेपाल फर्कंदा के कस्तो प्रक्रिया पुर्याई ल्याउनु पर्दछ ?

विदेशस्थित नेपालको कुटनीतिक नियोगमा काम गरी फर्केका व्यक्तिले आपूmले विदेशमा प्रयोग गरेको सवारी साधन वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिशमा ल्याउन पाइन्छ । सो वाहेकका नेपाली नागरिकले विदेशमा प्रयोग गरेको सवारी साधन नेपालमा ल्याउन पाइंदैन ।

विदेशबाट सवारी साधनहरु आयात गर्ने व्यवस्था के छ ?

नेपालमा सवारी साधन आयात गर्दा निम्न शर्तहरु पूरा भएको हुनुपर्दछ ।

१.            सवारी साधन प्रयोग नगरिएको नयाँ हुनुपर्दछ ।

२.            नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार हुनुपर्दछ ।

३.            नेपालमा रहेका सम्बन्धित सवारी साधनको निर्यात कम्पनीको आधिकारिक विक्रेताले मात्र पैठारी गर्न पाउँछ ।

नेपाल स्थित विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले आफूले प्रयोग गरेको सवारी साधन नेपालमा आउँदा लिएर आउन पाउँछन्/पाउँदैनन् ?

परराष्ट्र मन्त्रालयको सिफारिशमा पछि फिर्ता लैजाने गरी ल्याउन पाउदछन् ।

विदेशबाट नेपालमा पुराना मालवस्तु आयात गर्न पाइन्छ पाईदैन ?

पाईंदैन । तर उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन मितिले १० वर्ष ननाघेको मिल मेसिनरी आयात गर्ने मिल मेशिनरी तथा वैदेशिक अनुदान एबं यन्त्र उपकरण ल्याउन पाउछन |

पुराना मालवस्तु आयात हुँदा भन्सार मूल्यांकन पद्दतिको कुन विधि आकर्षित हुन्छ ?

पुराना मालवस्तुको मूल्यांकनमा कारोवार मूल्य लागू गर्न मिल्दैन । भन्सार अधिकृतले मनासिव विधि अपनाई यसको मूल्यांकन गर्दछन् ।

366. यसको प्रारम्भिक प्रक्रिया के छ ?

व्यापारिक प्रयोजनको लागि वा अन्य कुनै प्रयोजनको लागि मालवस्तु आयात गर्ने भए तोकिएको निकायमा आफ्नो फर्म/कम्पनी/उद्योग दर्ता गर्नु पर्दछ ।


भारतबाट हुने पैठारी सम्बन्धमा

भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ?

क) प्रतीतपत्र/ टी.टी. /ड्राफ्टको माध्यमबाट

ख) स्थानीय खरिद (लोकल पैठारी) बाट

भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ?

ती कागजातहरु हुन् ः

 १)            प्रज्ञापनपत्र

२)            प्रतीतपत्र/टी.टी. /ड्राफ्ट

३)            ARE 1 फाराम

४)            विमाको कागज

५)            प्याकिङ्ग लिष्ट

६)            विल अफ एक्सपोर्ट

७)            मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

८)            फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

९)            उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

१०)           कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो निकायको सिफारिस पत्र

११)           सवारी साधन पैठारी गर्दा TA र COP को कागजात÷प्रमाणपत्र

१२)           वि.वि.नि. फाराम ४

१३)           भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

भारतबाट स्थानीय खरिद (लोकल पैठारी) बाट पैठारी गर्दा के कस्ता कागजात पेश गर्नु पर्दछ ?

१)            प्रज्ञापनपत्र

२)            भारती मुद्रामा प्रतीतपत्र खोलेको भए सो प्रतीतपत्र

३)            विजक

४)            विमाको कागज

५)            प्याकिङ्ग लिष्ट

६)            ढुवानी कागजात

७)            भारती मुद्राको प्रतीतपत्र हकमा सम्वन्धित बैंकले जारी गरेको वि.वि.नि. फा. ४ (ख)

८)            फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

९)            उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

१०)           मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

११)           कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो सिफारिस पत्र

१२)           भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

अन्य देशमा उत्पादन भई भारतमा आयात गरिएको मालवस्तु पुनः नेपालमा आयात गर्न पाइन्छ । पाईदैन ?

पाईदैन । भारतमा उत्पादन गरिएको वा भारतमा निर्माण गरिएको मालवस्तु मात्र नेपालमा आयात गर्न सकिन्छ । भारतबाट आयात गरिने मालवस्तु भारतमानै उत्पादन वा निर्माण गरिएको हुनुपर्दछ ।

भारतबाट नेपालमा आयात गरिएको मालवस्तु अरु मुलुकमा निकासी गर्न पाइन्छ कि,पाईदैन ?

पाइन्छ । नेपाल र भारतबीच २००९ मा गरिएको बाणिज्य सन्धिले यो व्यवस्था खुला गरेको हो ।

नेपालमा अन्य मुलुकबाट आयात गरिएको मालवस्तु भारतमा निकासी गर्न सकिन्छ / सकिंदैन ?

सकिंदैन । नेपालमा उत्पादन वा निर्माण गरिएको मालवस्तु मात्र भारतमा निकासी गर्न पाइन्छ ।


चीनको स्वशासितक्षेत्र तिब्बतबाट हुने पैठारी सम्बन्धमा

चीनको स्वशासित क्षेत्र तिब्बतबाट मालवस्तु पैठारी गर्न भूक्तानीको व्यवस्था के हो ?

१)            प्रतितपत्रको माध्यमबाट

२)            नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको बैंक ड्राफ्ट तथा नगद परिवत्र्य विदेशी मुद्राको माध्यमबाट

३)            परम्परागत वस्तु विनिमय

४)            चीनसंगको सिमामा ३० कि.मि. सम्म बसोवास गर्ने नागरिकका लागि रु १६००० सम्मको मालवस्तु ।

बस्तु विनिमयको माध्यमबाट पैठारी गर्न पाइने मालवस्तु के के हुन् ?

ती हुन्

१)            कच्चा उन            

२)            जिवित भेडा च्यांग्रा            

३)            नून        

४)            चौरी गाई र चौरी गाइको पुच्छर      

५)            गलैंचा   

६)            जडिवुटी

वस्तु विनिमयको माध्यमबाट पैठारी गर्दा के कस्ता कागजातहरु भन्सार कार्यालयमा पेश गर्नु पर्दछ ?

ती कागजपत्रहरु हुन्

१)            प्रज्ञापनपत्र

२)            आफूले निकासी गरेको मालवस्तुको निकासी प्रज्ञापनपत्र

३)            विजक

४)            विमाको कागज

५)            प्याकिङ्ग लिष्ट

६)            ढुवानी कागजात

७)            फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

८)            उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

९)            मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

१०)           भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

ड्राफ्ट वा टी टी को माध्यमबाट एक पटकमा कति रकमसम्मको मालवस्तु पैठारी गर्न सकिन्छ?

अमेरिकी डलर ३०००० सम्मको मालवस्तु ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्न सकिन्छ ।

ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्दा कुनै निकायको सिफरिस आवश्यक पर्दछ कि ?

तेश्रो मुलुकको मालवस्तु भारतको पारवहन मार्ग हुदैँ ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्दा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागको स्वीकृती लिनु पर्दछ ।


पैठारी सम्बन्धी अन्य व्यवस्था

मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा जाचँ गराउन कठिनाइ भएमा त्यसको वैकल्पिक व्यवस्था केही छ कि ?

सर्वप्रथम पैठारी भएको त्यस्तो मालवस्तु भन्सार प्रक्रियाद्धारा विधिवत भित्रिएको वा प्रवेश गरेको हुनु पर्दछ । यसका लागि प्रज्ञापनपत्र भरी आवश्यक कागजात सम्पूर्ण संलग्न गरी सम्वन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । व्यहोरा मनासिव भएमा भन्सार विभागको महानिर्देशकको पूर्व स्वीकृति लिएर भन्सार क्षेत्र बाहिर सम्बन्धित स्थानमा गई मालवस्तुको जाँचपास गर्न गराउन सक्ने व्यवस्था छ । यसका लागि मालवस्तु जाँच गर्नु पूर्व नै घोषणा गरिएको भन्सार मूल्यमा पचास प्रतिशत थप गरी हुन आउने सम्पूर्ण रकम धरौटीमा राख्नु पर्ने हुन्छ । मालवस्तु जाँचपास गर्दा लाग्ने महसुल भन्दा बढी रकम धरौटीको लिएको भए बढी रकम फिर्ता गरिन्छ । भन्सार क्षेत्र बाहिर गई मालवस्तु जाँचपास गराउँदा प्रति कन्साइन्मेन्ट एक हजार रुपैया शुल्क वापत बुझाउनु पर्दछ र यातायातको साधन प्रयोग गर्नु पर्ने अवस्थामा सम्वन्धित पैठारीकर्ताले नै यसको व्यवस्था मिलाउनु पर्दछ ।

विना पैठारी इजाजतपत्र तथा विना प्रतीतपत्र वा भूक्तानी वेगर समुद्रपार मुलुकबाट पैठारी गर्न पाइने वस्तुहरु के के छन् ?

१)नेपाल सरकारको कार्यालय, सार्वजनिक संस्थान, सामाजिक संस्थान वा प्रतिष्ठानले पैठारी गर्ने वस्तुहरु

२)            सम्वन्धित मन्त्रालयको सिफारिसमा नेपालमा संचालित आयोजनाको नाममा पैठारी गरिने संझौतामा उल्लिखित विल अफ क्वान्टिटी बमोजिमका वस्तुहरु

३)            कुनै व्यक्ति वा संस्थाले नेपालमा रहेका अशक्त विरामीलाई औषधपोचारको निम्ति उपहार स्वरुप पठाएका आकस्मिक औषधीहरु

४)            प्रचार प्रसारको लागि पठाईएका पोष्टर, क्यालेण्डर जस्ता प्रिन्टेड सामग्रीहरु

५)            कुनै व्यक्तिले विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणा, सभा, सम्मेलन, वैठक आदिमा भाग लिई उपहार वा पुरस्कार स्वरुप प्राप्त गरेको अमेरिकी डलर १००० सम्मको वस्तु

६)            कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्था, सामाजिक संस्था वा व्यक्तिले सम्वन्धित मन्त्रालयको स्वीकृतिमा नेपालमा नाफा आर्जन गर्ने उद्देश्य नभएका सेवामूलक संघ, संस्थालाई प्रदान गर्ने उपहार, चन्दा, अनुदानका सामानहरु

७)            संयुक्त/विदेशी लगानीमा संचालित उद्योगले संझौता बमोजिम पूँजी लगानी वापत पैठारी गरेको मेशीनरी सामान र कच्चा पदार्थहरु उद्योग विभागको सिफारिसमा

८)            नेपालमा संचालन भएका आयोजना तथा संयुक्त/विदेशी लगानीमा संझौता अन्तर्गत कार्यरत विदेशी व्यक्ति वा विदेशी लगानीकर्ताले निजी प्रयोजनको लागि पैठारी गरेको सामान सम्बन्धित मन्त्रालयको सिफारिसमा

९)            अमेरिकी डलर १००० सम्मको कुनै कम्पनी वा फर्मको चिन्ह अंकित विज्ञापन, लेवल, स्टीकर र नमूना सामाग्रीहरु

१०)         विदेशी कम्पनी, संयुक्त लगानीका कम्पनी वा विदेशी एयरलाइन्सका प्रधान कार्यालयले नेपालस्थित प्रतिनिधि कार्यालय, शाखा कार्यालय, वा जनरल सेल्स एजेन्ट (जि.एस.ए.) जस्ता रजिष्टर्ड फर्महरुलाई कार्यालय संचालनको लागि पठाएको अमेरिकी डलर पाँच हजार सम्मका कार्यालय सामानहरु

११)         कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ संस्थाले आफ्नो प्रयोगको लागि पैठारी गरेको अर्थ मन्त्रालयले भन्सार महसुल , मूल्य अभिवृद्धि कर छुट दिएका सामानहरु

पर्वतारोहण दल वा अध्ययन वा अनुसन्धान दलले पैठारी गर्न पाउने व्यवस्था के छ ?

पैठारी गर्ने सामानहरुको हकमा सम्बन्धित मन्त्रालयको सिफारिस चाहिन्छ ।

नेपालको वाटो गरी पर्वतारोहण दलले पुनः अर्काे मुलुकमा निकासी गर्न पाउने व्यवस्था के छ ?

नेपालको वाटो भै पुनः आफ्नो देशमा फिर्ता लैजाने वस्तुहरुको लागि सम्वन्धित मन्त्रालयको सिफारिसमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले ट्रान्जीट सुविधा उपलब्ध गराउँदछ ।

पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधनमा के कस्तो सुविधा प्रदान गरिएको छ?

पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधन कार्नेटको प्रावधान बमोजिम ल्याएमा नेपालमा महसुल  नतिरी एक वर्षमा ६ महिनासम्म राख्न सक्ने सुविधा प्रदान गरिएको छ ।  सो बाहेकको अवस्थामा पर्यटकहरुले एक वर्षमा ३० दिनसम्मको लागि अस्थायी रुपमा सवारी साधन पैठारी गर्न पाउँछन्  र त्यस्तोमा सवारी साधन हेरी आर्थिक ऐन बमोजिम दैनिक रुपमा लाग्ने भन्सार महसुल तिर्नुपर्दछ ।

पर्यटकहरुले आफ्नो साथमा कार्ने अन्तरगत ल्याएका सवारी साधन नेपालमा कसैलाई उपहार दिन वा विक्री गर्न पाइन्छ/पाईदैन ?

पाईदैन । यस्ता सवारी साधन अनिवार्य फिर्ता लैजानु पर्दछ ।

पर्यटकले कार्ने अन्तरगत आयात गरेका सवारी साधन तोकिएको समयमा फिर्ता नगरेमा के हुन्छ?

जफत गरिन्छ ।

नेपालमा कुनै कामको लागि विदेशबाट यन्त्र औजार एवं उपकरणहरु पछि विदेशमा फिर्ता पठाउने गरी अस्थायी पैठारी गर्न पाइन्छ/पाइदैन ? त्यस्ता मालवस्तुमा महसुल लाग्छ लाग्दैन ?

विदेशबाट कुनै खास कामको लागि अस्थायी रुपमा विदेशबाट यन्त्र औजार एवं उपकरणहरु आयात गर्न पाइन्छ । यसरी पैठारी गर्दा कुनै मन्त्रालय वा दूतावासले सिफारिश गरेको छ भने तीन महिनासम्मको लागि महसुल लाग्दैन । यस्तो सिफारिश नभएको खण्डमा लाग्ने कर महसुल  धरौटीमा राखी एक वर्षसम्मको लागि ल्याउन पाइन्छ । तोकिएको समयभित्रै फिर्ता गरेमा धरौटी रकम पुरै फिर्ता हुन्छ ।

कुनै विदेशी मुलुकबाट मालवस्तु आयात गरी सोही रुपमा विदेशमा पठाउन सकिन्छ कि सकिंदैन यसरी पठाउँदा के कस्तो प्रक्रिया अपनाउनु पर्दछ र महसुल कति लाग्दछ ?

विदेशी मुलुकबाट आयात गरेको मालवस्तु सोही रुपमा भारत वाहेक अन्य मुलुकमा निकासी गर्न सकिन्छ । यसरी निकासी गरिने मालवस्तु पैठारी गर्दाकै अवस्थामा भन्सार कार्यालयमा सो व्यहोरा उल्लेख गरी निवेदन दिनु पर्दछ । सो निवेदनको आधारमा भन्सार कार्यालयले धरौटीमा जाँचपास गर्दछ । पैठारी गरेको मितिले ६ महिनाभित्र विदेश निकासी गरेपछि भन्सार कार्यालयले लाग्ने भन्सार महसुलको दश प्रतिशत कटाई बाँकी कर महसुल फिर्ता दिन्छ । तर, मिल मेशिनरी र कच्चा पदार्थहरु यस प्रावधान बमोजिम निकासी गर्न मिल्दैन ।

विदेशी मुलुकमा हुने मेला प्रदर्शनीको लागि मालवस्तु लिएर जाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?

मेला वा प्रदर्शनी कुन देशमा कहिलेदेखि कहिले सम्म हुने हो भन्ने विषयको आधिकारिक जानकारीको लागि निकासी तथा व्यापार प्रबद्र्धन केन्द्रको सिफारिश सहित सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । यसरी निवेदन दिए पछि सम्बन्धित भन्सार कार्यालयले निकासी गर्दा लाग्ने महसुल धरौटीमा लिई निकासी गर्न दिन्छ ।  यस्ता मालवस्तु मेला प्रदर्शनीमा विदेशमा विक्री गरेमा सोको विदेशी मुद्रा आर्जन गरेका प्रमाण भन्सारमा पेश गर्नुपर्दछ । विक्री नभइ बाँकी रहेका मालवस्तु मेला वा प्रदर्शनी समाप्त भएको मितिले ३० दिनभित्र फिर्ता ल्याउनु पर्दछ । सो अवधि भित्र फिर्ता नल्याएमा पछि नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।

मेला वा प्रदर्शनीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट लगेको मालवस्तु पछि बीरगञ्ज भन्सार कार्यालयबाट फिर्ता ल्याउन पाइन्छ पाईदैन ?

पाईदैन । जुन भन्सार कार्यालयबाट निकासी गरेको हो सोही भन्सार कार्यालयबाट पैठारी गर्नु पर्ने व्यवस्था भन्सार नियमावली, २०६४ ले गरेको छ ।

मालवस्तु पैठारी वा निकासी गर्दा प्रज्ञापन पत्र भर्न नपर्ने कुनै मालवस्तु छन् कि ?

छन् । नेपाल वाहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्र आउने यात्रुको साथमा रहेको गुण्टाझिटी भारीमा रहेका मालवस्तु मध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भन्सार महसुल नलाग्ने भनी तोकेको मालवस्तुको प्रज्ञापनपत्र भर्न पर्दैन ।

कुनै मालवस्तु विदेशमा मर्मत गर्न लैजाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?

मर्मत गर्न लैजाने मालवस्तुको पूरा विवरण प्रज्ञापनपत्रमा भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्ने र भन्सार अधिकृतले सो मालवस्तु हवाईजहाज वा हेलिकप्टर वा तिनका पार्टपूर्जा भएमा मूल्यको ०.५ प्रतिशत र अन्य मालवस्तुमा मूल्यको ५ प्रतिशत धरौटी लिई मर्मत गर्न लैजान दिने व्यवस्था छ ।

मर्मत गर्न लगेको मालवस्तु कति समयमा फिर्ता ल्याउनु पर्दछ ? भन्सार महसुल लाग्छ लाग्दैन ?

तीन महिनाभित्र फिर्ता ल्याउनु पर्छ । तोकिएको समयमा मर्मत गरी फिर्ता ल्याएमा मर्मत खर्चलाई मूल्य मानी त्यसमा नियमानुसारको कर एवं महसुल लिई पहिला धरौटी राखेको रकम वढी भएमा फिर्ता दिइन्छ ।

मर्मत गर्न लगेको मालवस्तु मर्मत गर्न वढी समय लाग्ने भई तीन महिनाभित्र फिर्ता गर्न नसकिएमा म्याद थप गर्न पाइने केही व्यवस्था छ कि ?

छ । तीन महिनाको अवधिले नपुगेमा भन्सार कार्यालयले अर्को तीन महिना म्याद थप गर्न सक्छ र सो पनि नपुगेको खण्ण्डमा विभागको स्वीकृति लिई भन्सार अधिकृतले आवश्यक म्याद थप गर्न सक्छ ।

मर्मत गर्न लगेको मालवस्तुको म्याद नाघेको र म्याद थप नभएको अवस्थामा के हुन्छ ?

पहिले राखेको धरौटी जफत हुन्छ र नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।

भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु बाटोमा अन्य निकायले पुनः जाँच गर्न पाउँछ/पाउँदैन ?

राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा भन्सार विभागका महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न हेर्न र जांच्न पाउँदैन ।

पैठारी भएको सामानहरु टुट फुट भएको, गुणस्तरहीन भएको आदि कारणबाट सामान फिर्ता गरी सो को बदला अर्को सामान पैठारी गर्ने प्रक्रियाहरु के के हुन ?

पैठारी भएको सामान टुटफुट भइ पैठारी भएका वा गुणस्तरहीन भई फिर्ता पठाउन पर्ने भएमा भन्सार नियमावली, २०६४ को नियम ८ बमोजिम ३ महिना भित्र फिर्ता गरी सोको बदला सोही प्रकारको अर्को सामान ल्याउने वा विदेशी मुद्रा फिर्ता ल्याउने सर्तमा फिर्ता पठाउन पाइन्छ ।

पैठारी गरेको कच्चापदार्थ विदेश निकासी गर्न मिल्छ, मिल्दैन ?

दुई पक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने गरी सम्बन्धित बिभागको सिफारिशमा मात्र निकासी गर्न सकिन्छ ।

औषधीको पैठारी सम्बन्धी व्यवस्था के छ ?

औषधी व्यवस्था बिभागको सिफारिशमा औषधी पैठारी गर्न पाइने र यसमा ५ प्रतिशत भन्सार महसुल लाग्छ र मू. अ. कर लाग्दैन ।

विदेशबाट नेपालको बाटो भई अन्य बिदेशी मुलुकमा मालवस्तु लैजाने सम्बन्धमा कस्तो व्यवस्था छ ?

यस प्रयोजनका लागि प्रयोग हुने भन्सार कार्यालय विभागले तोक्न सक्ने, नेपाल सरकारले तोके बमोजिम सेवा शुल्क बुझाई कन्टेनरमा सिलबन्दी गरी १५ दिनको बाटोको म्यादभित्र लैजानका लागि भन्सार कार्यालयले अनुमति दिन सक्ने व्यवस्था रहेको छ  ।

मालवस्तु पैठारी गर्दा उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेमा जरिवाना लाग्छ, लाग्दैन ?

त्यस्तो अवस्थामा मालवस्तुमा लाग्ने महसुलको २५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ ।

गाडी पैठारी सम्बन्धी व्यवस्था के छ ?

निर्माता कम्पनी वा निजको आधिकारिक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपाल स्थित आधिकारिक विक्रेताहरुले मात्र पैठारी गर्न पाउछन् । 

न्यून बीजकीकरण भएको आधारमा भन्सार कार्यालयले मालवस्तु खरिद गर्दा पैठारीकर्ताले घोषणागरेको मूल्यमा के कति थप गरी भुक्तानी पाइन्छ ?

पैठारीकर्ताले घोषणा गरेको मूल्यमा ५ प्रतिशत थप गरि हुन आउने रकम पैठारीकर्तालाई भुक्तानी दिने व्यवस्था भन्सार नियमावलीले तोकेको छ ।

पासबूकको व्यवस्था भन्नाले के बुझिन्छ ?

वण्डेड वेयरहाउसको इजाजत नलिएका निकासीमुलक उद्मोगले आवस्यक पर्ने कच्चापदार्थ वा सहायक कच्चापदार्थमा लाग्ने भन्सार महसुल धरौटीमा राखी निर्धारित ढाँचाको पासबूकमा जनाइ तयारी भएको मालवस्तु निकासी गरेपछि धरौटी रकम फुकुवा गरिने प्रणाली लाई पासबूकको व्यवस्था भन्ने गरिन्छ  ।

भन्सार क्षेत्रमा रहेको मालवस्तु आंशिक रुपमा जाँचपास गराउन परेमा मिल्छ वा मिल्दैन ?

त्यस्तो मालवस्तु एक पटक जाँचपास नगराई आंशिक रुपमा जाँचपास गराई लैजान चाहेमा भन्सार अधिकृत समक्ष निबेदन दिई जाँचपास गराई लैजान सकिने व्यवस्था छ ।

हाटबजार, मेला वा प्रदर्शनीका निमित्त मालवस्तु ल्याउने सम्बन्धमा के कस्तो व्यवस्था छ ?

यस प्रयोजनका लागि पैठारी भएको मालवस्तु भन्सार कार्यालयमा घोषणा गर्नु पर्ने , लाग्ने महसुल धरौटी लिई जाँचपास हुने र हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी सकिएको मितिले वाटाको म्याद बाहेक ३० दिनभित्र भन्सार कार्यालयमा घोषणा गरेपछि बिक्री भएको मालवस्तु जतिको लाग्ने महसुल धरौटीबाट कटाइ बाँकी फिर्ता दिने व्यवस्था रहेको छ ।

उद्मोगले औधोगिक नुन पैठारी गर्न पाउछन् वा पाउदैनन ?

उद्मोगले औधोगिक नुन पैठारी गर्न कुनै बन्देज लगाइएको छैन ।

कार्नेट अन्तर्गत पर्यटकले ल्याएका यातायातका साधनहरु १ बर्षको अवधिमा कुन अवस्थामा ६ महिना भन्दा बढी नेपालमा राख्न पाइन्छ ?

दुर्घटना भई प्रहरी कब्जामा रहेको वा मर्मतका लागि वर्कशपमा रहेको भनी प्रहरी कार्यालयले सिफारिस गरेको आवधि गणना नहुने व्यवस्था छ ।

यात्रुहरु बोक्ने मोटर गाडीको सीट संख्या गणना गर्ने बिधि के छ ?

नियमित सीट र ड्राइभर–सीट गणना हुन्छ । कण्डक्टर सीट ,अतिरिक्त सीट र फोल्डीङ्ग सीट गणना हुदैन ।

पोस्तादाना पैठारी गर्दा कस्तो बिधि पूरा गर्नु पर्दछ ?

इजाजतपत्र वा स्वीकृति पत्रको आधारमा मात्र पोस्तादाना पैठारी गर्न मिल्ने गरी तोकिएको छ ।

बैदेशिक ब्यापारको तथ्यांक भन्सार बिभागबाट प्रकाशन हुने गरेकोमा देशगत र परिमाणगत रुपमा प्रकाशन भएको पाइदैन । कुन कुन मुलुकबाट कुन कुन मालवस्तु के कति परिमाणमा पैठारी भएको छ भनी जानकारी पाउने व्यवस्था भैदिएमा सजिलो हुने थियो ?

प्रत्येक आर्थिक बर्षको बैदेशिक ब्यापारको तथ्यांक भन्सार बिभागबाट प्रकाशन गर्ने गरिएको छ । पैठारीतर्फ खास गरी भारत र तेस्रो मुलुकको विवरण छुट्ट्याइ उल्लेख गर्ने गरिएको छ । आगामी बर्षमा प्राप्त सुझाबलाई सम्बोधन गरी तथ्यांक प्रकाशन गर्ने प्रयास गरिने छ ।

भारतमा प्रतीतपत्र खोली तेस्रो मुलुकबाट सामान पैठारी गर्न मिल्छ , मिल्दैन ?

बहुराष्ट्रिय कम्पनी भइ भारतमा सो कम्पनीको शाखा स्थापना भएको भए सो कम्पनीको नाउमै भुक्तानी हुने गरी तेस्रो मुलुकबाट सामान चलान भई आउँदा प्रचलित व्यवस्था अनुसार भारतमा प्रतीतपत्र खोली पैठारी गर्न कुनै बाधा छैन ।

एउटा आयोजनाका लागि पैठारी भएको मालवस्तु अर्को आयोजना संचालनका लागि हस्तान्तरण गर्न मिल्छ, मिल्दैन ?

नेपाल सरकारले अनुमति दिएकोमा बाहेक भन्सार महसुल नबुझाई लगत हस्तान्तरण नहुने व्यवस्था छ ।

तिव्बतबाट वस्तु विनिमय अन्तर्गत कुन कुन मालवस्तु पैठारी गर्न सकिन्छ ?

कच्चा ऊन, जीवीत भेडा च्यांग्रा, नून, चौरी गाई र तिनको पुच्छर, गलैचा र जडीबुटी यस प्रणाली अन्तर्गत पैठारी गर्न मिल्छ ।

पुरानो मेसिन उद्मोग विभागको सिफारिसमा पनि पैठारी गर्न पाइदैन ?

उद्मोगले आफ्नो उद्मोग संचालनको लागि पुरानो मेसिन पैठारी गर्दा उत्पादन मितिले दस वर्ष ननाघेको मात्र पैठारी गर्न पाइन्छ | यसका लागि कसैको सिफारिस चाहिंदैना |

अस्थायी रुपमा पैठारी भएका सवारी साधन म्यादभित्र फिर्ता लैजान नसकेकोमा के हुन्छ ?

तीस दिनभन्दा बढी नेपालमा राख्न पाइदैन ्र तर मनासिब कारण भएमा बढी बसेको अवधिको हकमा मोटर साइकलमा दैनिक एक हजार रुपैया र अरु सवारी साधनमा दैनिक दुई हजार रुपैया महसुल बुझाएर फिर्ता लैजान दिन सकिन्छ ।

कुनै अध्ययन वा अनुसन्धानको लागि पैठारी गर्ने सामानमा कुनै निकायको सिफारिस आवस्यक पर्छ वा पर्दैन ?

त्यस्ता सामानहरु सम्बन्धित मन्त्रालयको सिफारिसमा मात्र पैठारी गर्न पाइन्छ ।

मालवस्तु पैठारी गर्दा ड्राफ्ट वा टी टी को माध्यमबाट के कति मूल्य सम्मका वस्तु एक पटकमा पैठारी गर्न सकिन्छ ?

ड्राफ्ट वा टी टी को माध्यमबाट आ.व. २०७२।७३ मा अधिकतम अमेरिकी डलर ४० हजार मूल्य बराबरका मालवस्तु पैठारी गर्न सकिने व्यवस्था रहेको छ ।


पैठारीमा पूर्ण वन्देज, परिमाणात्मक वन्देज लागेका तथा स्वीकृति पत्रको आधारमा पैठारी गर्नुपर्ने मालवस्तुहरु

पैठारीका लागि पूर्ण वन्देज लागेका वस्तुहरु के के हुन् ?

१)            गाँजा, चरेश, अफिम, मर्फिन जस्ता स्वास्थ्यको निम्ति हानिकारक लागू तथा मादक पदार्थ

२)            गोमांस                  

३)            नेपाल राजपत्रमा समय समयमा सूचना प्रकाशन गरी नेपाल सरकारले तोकिएको हानिकारक एजो रंगहरु

४)            प्लाष्टिकका झुत्राहरु र २० माइक्रोन भन्दा कम मोटाइका प्लाष्टिकका झोला तथा शीट

५)            बढी कार्वन फाल्ने इन्क्याण्डिससेन्ट लाइट वल्वहरु

६)            अन्य प्रचलित कानून बमोजिम वन्देज गरिएका वस्तुहरु

७)            स्ट्रकलेक्टर वा वेलर बिनाको कम्बईन्ड हार्भेस्टर

इजाजत वा स्वीकृतिपत्रको आधारमा पैठारी गर्ने सकिने वस्तुहरु के के हुन् ?

१) गृह मन्त्रालयको सिफारिसमा लागू तथा मनोद्दिपक औषधी र सो को सहायक रसायन

२) गृह मन्त्रालयको सिरफारिसमा हात हतियार, विष्फोटक पदार्थहरु, विष्फोटक पदार्थहरु बनाउन चाहिने आवश्यक सामानहरु, वन्दुक र वन्दुकका गोलीहरु, कागज वाहेकका केपहरु र अन्य विष्फोटक पदार्थ तथा हातहतियारहरु

३) सूचना तथा संचार मन्त्रालयको सिफारिसमा वायरलेस, वाकीटकी, प्रसारण रिसिभर, लिंक रेडियो उपकरण जस्ता रेडियो उपकरण र अन्य यस्तै शब्दवाहक, संवादवाहक, दृश्यवाहक, तथ्याङ्कवाहक, रेडियो यन्त्रहरु

पैठारीमा परिमाणात्मक वन्देज लागेको वस्तु के के हुन्?

पोस्तादानालाई मात्र पैठारीमा परिमाणात्मक वन्देज लगाईएको छ ।  

पोस्तादाना पैठारी गर्न के गर्नु पर्दछ ?

वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट इजाजतपत्र लिनु पर्दछ ।

कुनै मालवस्तु निश्चित निकाय वा संस्थाले मात्र आयात गर्न पाउने गरी तोकिएको छ ?

यसमा आयोडिन युक्त नूनको लागि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड र पेट्रोलियम पदार्थहरु (पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एल.पी. ग्यास) को हकमा नेपाल आयल निगम लिमिटेडलाई तोकिएको छ ।


निकासीमा पूर्ण वन्देज, परिमाणात्मक वन्देज लागेका, तथा स्वीकृति लिएर निकासी गर्न पाइने मालवस्तुहरु

के कस्ता वस्तुहरु नेपालबाट निकासी गर्न पूर्ण वन्देज लगाईएको छ ?

                क)          पूरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरु

                                १)            विदेशी तथा स्वदेशी सिक्का

                                २)            देवी देवताको मूर्ति, ताडपत्र, तथा भोजपत्र

                                ३)            पौवा

                ख)          वन्यजन्तुहरु

                                १)            स्तनधारी मा २६ वन्यजन्तुहरु समावेश गरिएका छन्

                                २)            पंक्षीमा ९ किसिमका पंक्षीहरु समावेश गरिएका छन्

                                ३)            घस्रने जातका जन्तुहरुमा ३ थरी अजिङ्गर, घडियाल गोही, सुन गोहोरो पर्दछन् ।

                ग)           आखेटोपहार

                                (अति संकटापन्न वा संकटापन्न वन्यजन्तुको मृत शरीर वा शरीरको चिन्न सकिने अवस्थामा रहेको कुनै अंश वा अंग वा शरीरको कुनै पदार्थ वा         त्यस्तो पदार्थको समीश्रणबाट बनेको वा तयार भएको कुनै पनि वस्तुलाई भनिएको हो)

                घ)           मादक तथा लागू पदार्थ

                                (गाँजा, अफिम, चरेस लगायत संयुक्त राष्ट्र संघको लागू औषध तथा मनोद्दीपक पदार्थको ओसार पसार विरुद्ध सन् १९८८ महासन्धी र लागू औषध सम्बन्धमा सन् १९६१ मा भएको एकल महासन्धीद्धारा परिभाषित गरिए बमोजिमका मादक तथा लागू पदार्थ पर्दछन्)

                ङ)           विष्फोटक तथा खरखजानाका वस्तुहरु

                                १)            विष्फोटक पदार्थ र त्यसलाई चाहिने फ्यूज वा फ्यूजको लागि चाहिने वस्तु

                                २)            जंगी खरखजाना तयारीको लागि चाहिने पदार्थहरु

                च)           औद्योगिक मेशिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थ

                                १)            काँचो छाला

                                २)            कच्चा उन तथा जंगली जीवजन्तुको रौं

                                ३)            औद्योगिक मिल मेशिनरीहरु र सो को पार्टपूर्जाहरु

 

                छ)          वन पैदावार वस्तुहरु

                                १)            पाँच औंले र ओखरको रुखको वोक्रा

                                २)            सम्वन्धित निकायको स्वीकृत वेगर र विना प्रशोधनका जडिवुटीहरुमा

                                क)          जटामसी

                                ख)          सर्पगन्धा

                                ग)           सुगन्धवाल

                                घ)           झ्याउ

                                ङ)           तालीसपत्र

                                च)           लौठ सल्ला

                                छ)          सुगन्ध कोकिला

                                ३)            गोलिया तथा चिरान काठमा

                                क)          साल

                                ख)          सतिस साल

                                ग)           विजय साल

                                घ)           ओखर

                                ङ)           जंगली सिसौ

                                ४)            प्रशोधन नगरिएको शिलाजित

                                ५)            यार्सागुम्वा र कुट्की

                                ६)            सुनगाभा÷जिवन्ती, रक्त चन्दन

                ज)          पेट्रोलियम पदार्थ

                                १)            पेट्रोल

                                २)            डिजेल

                                ३)            मट्टितेल

                                ४)            एल.पी. ग्यास

                ५)            हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा संलग्न हुने वायुयानले प्रयोग गर्ने इन्धन वाहेक)

काठको हकमा कुन कुन वन पैदावार निकासी गर्न सकिन्छ ?

आफ्नो निजी जग्गामा उत्पादन गरिएको  सिसौ (जंगली सिसौ वाहेक), टिक, युकालिप्mटस्को गोलिया तथा काठ जिल्ला वन कार्यालयको सिफारिसमा निकासी गर्न पाइन्छ ।

के रक्तचन्दन, सुनगाभा/ जिवन्ती निकासी गर्न सकिंदैन ?

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्वन्धी महासन्धी जसलाई छोटकरीमा (साइटिस) भनिन्छ सो को अनुसूचिमा सूचिकृत वनस्पतीहरुको हकमा साइटिस महासन्धीको प्रावधान अनुसार गर्नु पर्ने हुन्छ । त्यसैले यी वनस्पति साइटिसको आधिकारिक प्रमाणपत्रविना निकासी वा पैठारी गर्न पाइदैन ।

उद्योगले पैठारी गरेको मिल मेशिनरी कस्तो अवस्थामा निकासी वा विदेशमा विक्रि गर्न सकिन्छ?

१)            आयात गरिएको मिल मेशिनरीहरु सो उद्योगको प्रयोगमा नआउने भएमा

२)            उद्योग नै बन्द गरेमा

मिल मेशिनरी निकासी प्रक्रिया के के हो ?

उद्योग विभागको सिफारिस लिई दुई पक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने भए मात्र निकासी गर्न मिल्दछ । यसको मतलव तेश्रो मुलुकबाट आयात गरेका मिल मेशिनरी भारतमा निकासी गर्न मिल्दैन ।

उद्योगले पैठारी गरेको कच्चा पदार्थ निकासी गर्न पाइन्ँछ वा पाईँदैन ?

केही शर्त पूरा गरे पाईन्छ । ती शर्तहरु हुन्

१)            पैठारी गरेको कच्चा पदार्थ उद्योगको आफ्नो उत्पादनमा प्रयोग नहुने भए

२)            द्धिपक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने भए

३)            उद्योग विभागको सिफारिस भए

कुनै उद्योगले पैठारी गरेको मिल, मेशिनरी, कच्चा पदार्थ, पार्टपूर्जाहरु विवरण अनुसार नभएको वा गुणस्तर नमिलेको अवस्थामा के हुन्छ ?

सोही प्रकारको अर्काे मालवस्तु पैठारी गर्ने वा सो मालबस्तुको लागि पहिले भुक्तानी पठाएको विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा सो मालवस्तुको निकासीकर्तालाई नै फिर्ता पठाउन सकिन्छ ।

निकासीमा परिमाणात्मक वन्देज लागेका मालवस्तुहरु छन् छैनन् ?

देहायका खाद्य वस्तुहरुमा निकासीमा परिमाणात्मक वन्देज लगाइएको छ :

धान, चामल, गहँ , रहरदाल र चिनी (यू्रोपेली संघबाट कोटामा प्राप्त हुने वाहेक)

हुलाक पुलिन्दाबाट कति मूल्यसम्मको वस्तु निकासी गर्न पाइने व्यवस्था छ ?

१)            स्वीकृत बैंकिङ्ग प्रणाली अन्तर्गत भूक्तानी हुने भए अमेरीकी डलर पाँच हजार मूल्यसम्मको

२)            विना बैंकिङ्ग भूक्तानीको हकमा अमेरीकी डलर पाँच सय सम्मको

अमेरिकी डलर पाँच हजार वा पाँच सय भन्दा बढी मूल्यको वस्तुको हकमा के व्यवस्था छ ?

यसका लागि वाण्ज्यि तथा आपूर्ति व्यवस्था विभागबाट इजाजत लिनु पर्ने हुन्छ ।

कुनै अन्तर्राष्ट्रिय प्रतिष्ठित वस्तु उत्पादक कम्पनीको नेपालको वितरक एजेन्सीको हकमा वस्तु निर्यातको व्यवस्था के छ ?

क्षेत्रगत आधारमा कम्पनीको वितरकको रुपमा तोकिएको नेपाली एजेन्सीले उक्त कम्पनीको वस्तुलाई विना इजाजत सो मुलुकमा निर्यात गर्न पाउने व्यवस्था छ ।

कस्ता कस्ता वस्तुहरुलाई खुलारुपमा निकासी गर्न सकिन्छ ?

१)            निकासीमा प्रतिवन्ध नलागेका वस्तुहरु

२)            निकासी गर्न कुनै निकायको सिफारिस आवश्यक नपर्ने वस्तुहरु

निकासी प्रयोजनको लागि मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई भन्सार जाँचपास गरिदिने व्यवस्था छ ?

छ । यसका लागि प्रथमतः प्रज्ञापनपत्र भरी आवश्यक कागजात संलग्न गरी सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । व्यहोरा उचित भए भन्सार जाँच गरिदिने व्यवस्था छ । यस प्रकार जाँच गर्दा प्रति कन्सान्मेन्ट एक हजार रुपैया शुल्क वापत बुझाउनु पर्दछ । र यातायातको साधन प्रयोग गर्नु पर्ने भएमा सो को व्यवस्था सम्वन्धित पक्षले नै गर्नु पर्दछ ।

यार्सागुम्बाको निकासी गर्दा कुनै निकायको सिफारिस आवस्यक पर्छ, पर्दैन ?

यार्सागुम्बाको निकासी गर्दा बन बिभागको स्वीकृति लिएर मात्र निकासी गर्न पाइन्छ ।

तेस्रो मुलुकबाट आयातित सामान अन्य मुलुकमा निकासी गर्न पाइन्छ, पाइदैन ?

भारत बाहेक अन्य तेस्रो मुलुकमा निकासी गर्न कुनै बाधा छैन ।

नेपालबाट चामल निर्यात गर्न सकिन्छ कि सकिंदैन ?

निकासीमा परिमाणात्मक बन्देज लागेका वस्तुहरुको सुचीमा चामल पर्ने हुँदा बाणिज्य ब्यबस्थापन विभागको इजाजत लिएर मात्र चामल निकासी गर्न सकिन्छ ।

Biological Fluid निकासी गर्न सकिन्छ, सकिदैन ?

उक्त वस्तु निकासी गर्न प्रतिबन्ध लागेको छैन । निकासीका लागि तोकिएका प्रक्रियाहरु पूरा गरी निकासी गर्न सकिन्छ ।

हवाईजहाज, हेलिकप्टर वा तिनको इन्जिन मर्मत लागि बिदेशमा लैजादा के कति धरौटी राख्नु पर्दछ ?

यस्ता मालवस्तु मर्मतका लागि बिदेशमा लैजानु परेमा सम्बन्धित बायुसेवा कम्पनीको जमानीमा भन्सार अधिकृतले बिनाधरौटी लैजान दिन सक्ने व्यवस्था रहेको छ ।

निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र पेश गर्नु अनिवार्य छ ?

छ । तर जि.एस.पी. जारी भई निकासी हुनेको हकमा उत्पत्तिको प्रमाणपत्र पेश गर्नु वाध्यकारी छैन ।

निकासी हुने मालबस्तुको वीजक FOB आधारमा हुनु के अनिबार्य छ ?

निकासी हुने मालबस्तुको वीजक FOB वा अन्य जुनसुकै भुक्तानीको शर्तमा जारी गर्न पाइन्छ ।


भन्सार महसुल र विलम्व शुल्क (डेमरेज)

जुनसुकै मुलुकबाट मालवस्तु पैठारी गरेपनि एउटै दरले भन्सार महसुल लाग्दछ ?

भारत, चीनको तिव्वत र सार्क मुलुकहरुबाट पैठारी गरिने मालवस्तुको सम्बन्धमा केही छुट प्रदान गरिएको छ । यस्तो छुट आर्थिक ऐनमा व्यवस्था भए बमोजिम प्रदान गरिन्छ ।

भन्सार कार्यालयमा के कस्ता माल वस्तुको कति दरमा राजस्व तिर्नुपर्छ भनी कसरी थाहा पाउने ?

नेपाल सरकारले जारी गरेको आर्थिक ऐन/आर्थिक अध्यादेशबाटनै यस्तो दरवारे थाहा पाउन सकिन्छ। यसमा कुनै मालवस्तुको निकासी/पैठारीमा के कति भन्सार महसुल दर छ र त्यसमा लाग्ने अरु महसुल, कर शुल्क के कति छ भन्ने कुरा पनि उल्लेख भएको हुन्छ। यस्तो सूचना नेपाल राजपत्रमा प्रकाशित हुन्छ र भन्सार विभाग वा भन्सार कार्यालयहरुबाट पनि यस्तो सूचना प्राप्त गर्न सकिन्छ।

पैठारीमा भन्सार महसुल पूर्ण छुट हुने वस्तुहरु के के हुन् ?

निम्न मालवस्तुमा भन्सार महसुल पूर्ण छुट हुन्छ :

  • रेशम किराको फुल
  • खाने नुन
  • विद्युत शक्ति
  • सिथ कन्ट्रासेप्टिभ्स (गर्भ निरोधक)साधन र गर्भ निरोधक औषधिहरु ।
  • पुस्तक, समाचार पत्र, पत्रिका
  • वेर्न हुने किसिमको रेशमको कोया
  • नफड्केको वा नकोरेको ऊन
  • नफड्केको वा नकोरेको कपास
  • कपासको अवशेष, धागोको अवशेष र गार्नेटेड स्टक समेत
  • फड्केको वा कोरेको कपास

ख)          P.O.Y उत्पादन गर्ने उद्योगले पैठारी गर्ने PET CHIPS

ग)           मलखाद

घ)           सिन्दुर, चुरा, टीका र टीकुली

ङ)          जुट उद्योगले पैठारी गर्ने कच्चा जुट, नेपाल सरकारले पैठारी गर्ने हुलाक टिकट, पोष्ट कार्ड, हवाई पत्र, राहदानी, अन्त शुल्क टिकट, परम्परागत पात्रो, मुद्रित कितावहरु

च)          मु.अ. करमा दर्ता भएका धागो उद्योगहरुले पैठारी गर्ने आंशिक चहकीलो पारिएको धागो र सवै किसिमका मानव निर्मित स्टेपुल फाइवर

छ)          विद्युत सोलार वा व्याट्रीबाट मात्र चल्ने तीन पांग्रे वा चार पांग्रे सवारी वा ढुवानी साधन उत्पादन गर्ने गरी दर्ता भएका उद्योगले आफूले उत्पादन गर्ने सवारी वा ढुवानी साधनको उत्पादनमा प्रयोग गर्ने चेसिस, इन्जिन, मोटर र व्याट्री चार्जर

ज)          रक्त संचार सेवाको लागि आवश्यक पर्ने नेपाल रेडक्रस सोसाइटीले आयात गर्ने रगत राख्ने प्लाष्टिकका थैला, ट्रान्सफ्यूजन सेट, टेष्टिङ्ग किट्स, रि–एजेन्ट तथा रक्त परीक्षण रि–एजेन्ट निर्माणको लागि आवश्यक पर्ने विभिन्न औजार उपकरणहरु एवं रसायनहरु

झ)           दृष्टिविहिनहरुले प्रयोग गर्ने सेतो छडी, स्लेट स्टाइलस, व्रेल नोट टेकर, व्रेलो रङ्ग सूचक, पानी सूचक र प्रकाश सूचक यन्त्रहरु, आवाज दिने थर्माेमिटर, व्रेल  टाइप राइटर, व्रेल छडी, एवाकस, मेग्नीफाइङ्ग ग्लास, व्रेल कम्पास, व्रेल पुस्तक व्रेल इम्वोसर, व्रेल स्टेनशिल मेशिन

ञ)           अपाङ्ग व्यक्तिहरुले प्रयोग गर्ने ह्वील चेयर, ट्राइसाइकल, बैशाखीहरु, कृत्रिम अंगहरु, हेरिङ्ग एड एवं जुत्ताहरु

नपिनिएको प्राकृतिक क्याल्सियम फोस्फेटहरु

प्राकृतिक वेरियम कार्वाेनेट

म्याग्नेसियम, म्याग्नेसिया र अन्य म्याग्नेसियम अक्साइड

चून ढुंगा

कच्चा अभ्रख

प्राकृतिक वोरेट्स

खनिज तत्व अन्यत्र नपरेको

 

मालवस्तु पैठारी हुदाँ विजकमा उल्लेख भए भन्दा कम परिमाणमा पैठारी भएमा त्यस्तो मालवस्तुमा भन्सार महसुल लाग्छ लाग्दैन ?

विक्रेताले विजकमा उल्लेख भए भन्दा कम मालवस्तु पठाएको यस्तो अवस्थालाई क्जयचत क्जष्ऊभलत भनिन्छ । यसरी कम भइ पैठारी भएका  मालवस्तुकोे सम्बन्धमा भारतको वन्दरगाहस्थित कस्टम्स कमिश्नरले सो व्यहोरा ऋत्म् मा उल्लेख गरी प्रमाणित गरिदिएको हुनुपर्दछ । यस्तो मालवस्तु पैठारी गर्दा सुरुमा लाग्ने महसुल धरौटीमा राखी छुटाउनु पर्दछ । पछि वीमा रकम प्राप्त गरेको प्रमाण पेश गरेपछि अर्थ मन्त्रालयले निर्णय गरी महसुल छुट दिन  सक्दछ ।

 

विक्रेताबाट मालवस्तु पूरा शिपमेन्ट भै आएको तर बाटोमा हराए वा दुर्घटना परी कम पैठारी हुन आएको अवस्थामा भन्सार महसुल लाग्छ लाग्दैन ?

भन्सार ऐन मा भएको व्यवस्था पालना भएको अवस्थामा महसुल नलाग्ने व्यवस्था छ |

 

पछि फिर्ता लैजाने गरी अस्थायी रुपमा पैठारी भएका मालवस्तु नेपालमा लाग्ने महसुल तिरी राख्न पाइन्छ, पाइदैन ?

१. कार्ने अन्तरगत आयात भएको सवारी साधनहरु र महसुल तिरी अस्थायी पैठारी भएका विदेशी दर्ताका सवारी साधनहरु महसुल तिरी स्थायी रुपमा नेपालमा राख्न पाईदैन । विदेशी कुटनीतिक नियोगहरुले पछि फिर्ता लैजाने गरी अस्थायी रुपमा पैठारी गरेका पुराना सवारी साधनहरु पनि नेपालमा महसुल तिरी राख्न पाइदैन ।

२.  द्धिपक्षीय संझौता अन्तर्गत आयोजना वा ठेकेदारका नाममा पछि फिर्ता लैजाने गरी आयात भएका सवारी/ढुवानी साधनहरु, मिल मेशिनरी एवं उपकरण र औजारहरु, तथा मेला प्रदर्शनी एवं हाटबजारको लागि ल्याइएका मालसामानहरु नेपालमा तोकिएको अवधि भित्रै नियमानुसारमहसुल तिरी राख्न वा विक्री गर्न पाइन्छ ।

 

महसुल तिरी अस्थायी पैठारी गर्दा सवारी साधनहरुमा के कति महसुल लाग्दछ र नेपालमा कति अवधिसम्म राख्न सकिन्छ ?

१)            कार, जीप, र भ्यानमा दैनिक रु.४००

२)            बस, मिनीबस लगायत टुरिष्ट गाडीमा दैनिक रु. ४००

३)            मोटर साइकाल र स्कुटरमा दैनिक रु. १००

४)            तीन पांग्रे सवारी साधनमा दैनिक रु. ३००

यस प्रकार महसुल तिरी पैठारी भएका सवारी साधनहरु एक वर्षमा तीस दिन भन्दा बढी नेपालभित्र राख्न पाइदैन ।

 

सिमावर्ती नजिकको बजारसम्म ल्याउने सवारी साधनहरु सम्बन्धमा केही सहुलियत छ कि?

नजिकको बजारसम्म पुगी सोही दिन फर्कने भएमा कुनै महसुल लाग्दैन । यसका लागि भन्सार विन्दुमा दर्ता गराइएको कागजात अनिवार्य रुपमा हुनु पर्दछ ।

 

काठमाडौं – दिल्ली झैं संचालन भएका यात्रुवसको हकमा के कति महसुल लाग्दछ ?

दुई देश वीच भएको संझौता वा सहमति बमोजिम संचालन गरिएका यात्रु वाहक वस तथा मिनीबसहरुको सम्बन्धमा संझौता/सहमतिमा तोकिए बमोजिम नै हुन्छ ।

 

नेपालमा मालवस्तुहरुको परिवहनको लागि आएका ट्रयाक्टर वाहेकको खाली ढुवानी साधनमा कति महसुल लाग्दछ ?

प्रतिदिन एकहजार पाँचसय रुपैयाँका दरले भन्सार महसुल लिई एकपटकमा सातदिनको अवधिको लागि अस्थायी पैठारी गर्न दिन सकिने व्यवस्था छ ।

 

विदेशबाट मालवस्तु लोड भै आएको ढुवानी साधन एवं कन्टेनर ट्रेलरमा कति महसुल लाग्दछ ?

मालवस्तु लोड भै आएका यस्ता ट्रक एवं कन्टेनर ट्रेलरलाई गन्तव्य स्थलमा मालसामान अनलोड गरी भन्सार विन्दुमा प्रवेश गरेको ७२ घण्टा भित्र रित्तो फर्केमा कुनै महसुल लाग्दैन । यसैगरी भन्सार क्षेत्रभित्र रहेको मालवस्तु लोड गर्न आएको रित्तो कन्टेनर ट्रेलरका हकमा पनि ७२ घण्टा भित्रै फर्केमा कुनै महसुल लाग्दैन । तर भन्सार क्षेत्र वाहिरबाट मालवस्तु लोड गरी ४८ घण्टा भित्रै फर्केमा एक दिनको मात्र अस्थायी पैठारी महसुल लाग्दछ ।

 

तोकिएको समयावधिमा फिर्ता नभएकाको हकमा के हुन्छ ?

जफत हुन सक्छ । तर मनासिव कारण भएमा सवारी साधनको मूल्यमा नवढ्ने गरी बढी बसेको अवधिको हकमा मोटरसाइकलमा प्रतिदिन एक हजार रुपैयाँ र अरु सवारी साधनमा दैनिक दुइ हजारका दरले महसुल लिई  सम्बन्धित भन्सार कार्यालयका प्रमुखले छाड्न सक्दछ ।

 

मालवस्तु लोड भै आएका ट्रक एवं कन्टेनर ट्रेलरहरु बन्द, हड्ताल आदि कारणले तोकिएको समयावधि भित्र फिर्ता हुन नसकी रोकिन गएको हकमा के हुन्छ ?

बन्द, हडताल, दैवी प्रकोप, दुर्घटना जस्ता कारणले ७२ घण्टा भित्र फिर्ता हुन नसकेकोमा  भन्सार प्रमुखले बढीमा अर्काे तीन दिनसम्मको म्याद थप दिन सक्ने र थप दिइएको अवधिको महसुल नलाग्ने व्यवस्था छ ।

 

ट्रयाक्टर र ट्रेलरको अस्थायी पैठारी सम्बन्धी के कस्तो व्यवस्था छ ?

अस्थायी पैठारी गरिने ट्रयाक्टरमा दैनिक तीन सयका दरले महसुल लाग्दछ । ट्रेलर फिट भएको ट्रयाक्टर वा ट्रेलर मात्र अस्थायी पैठारी गरी ल्याएमा दैनिक ६ सयका दरले महसुल लाग्दछ । तर मालसामान लोड भै आएको हकमा ४८ घण्टा भित्र रित्तै फर्किएमा महसुल लाग्दैन ।

 

अस्थायी पैठारी गरिने यस्ता ट्रयाक्टर र ट्रेलरलाई कति दिन सम्म नेपालमा राख्न सकिन्छ ?

तीस दिन भन्दा बढी नेपालमा राख्न पाइदैन । राखेमा जफत हुन सक्छ ।

मालवस्तु छुटाउँदा माल धनी स्वयं भन्सार कार्यालयमा उपस्थिति हुनु पर्दछ कि कुनै प्रतिनिधिको माध्यमबाट पनि आफ्नो मालवस्तु छुटाउन सकिन्छ ?

मालवस्तु धनीको प्रतिनिधि भई भन्सार कार्यालयबाट निकासी/पैठारी सम्बन्धी कार्य गर्न भन्सार विभागबाट भन्सार एजेण्टको इजाजत लिएका फर्म वा व्यक्तिहरु हुन्छन् । ती व्यक्तिहरुलाई भन्सार एजेन्ट भनिन्छ । भन्सार एजेन्टलाई नियुक्ति गरी आफ्नो मालवस्तु छुटाउने कार्य गराउन सकिने भएकोले माल धनी स्वयं उपस्थित हुन अनिवार्य छैन ।

निकासी भएको मालवस्तु पुन पैठारी भएमा महसुल लाग्छ/लाग्दैन ?

हुलाकबाट पठाएको वस्तु बुझाउन नसकि फिर्ता आएमा, विदेशमा पुगिसकेपछि सम्बन्धित व्यक्तिले लिन अस्वीकार गरी फिर्ता आएमा वा दुर्घटना वा प्राकृतिक प्रकोपमा परी गुणस्तर कायम रहन नसकि फिर्ता आएमा महसुल नलाग्ने अन्यथा महसुल लाग्छ ।

नेपालमा उत्पादन भई विदेशमा निकासी भएको मालवस्तु फिर्ता भएमा सो को कच्चा पदार्थमा दिइएको महसुल छुट असुल गर्नु पर्छ/पर्दैन ?

निकासी भएको सामान फिर्ता आएमा सो को कच्चा पदार्थमा महसुल छुट दिइएको भएमा असुल गर्नु पर्छ ।

मालवस्तु भन्सार कार्यालयमा आईपुग्नु अगावै प्रज्ञापन पत्र दर्ता भई सकेको रहेछ र मालवस्तु जाँचपास हुने दिन विनीमय दर वा भन्सार तथा करका दरहरु फरक परेमा प्रज्ञापन पत्र दर्ता गरेको दिनको दर कायम हुन्छ वा जाँचपास गरेको दिनको कायम हुन्छ ?

कम्प्यूटरमा प्रविष्ट भएको वा प्रज्ञापनपत्र दर्ता भएको मितिमा कायम रहेको दर बमोजिम महसुल तिर्नु पर्छ ।

नेपालको भूमि भई विदेशी मुलुकको एक ठाउँबाट विदेशी मुलुकको अर्काे ठाउँमा महसुल सुविधामा मालवस्तु पारवहन गर्न के गर्नु पर्दछ ?

यसको लागि भंसार विभागमा कारण सहित आयात हुने र निर्यात हुने भंसार विन्दु र सामानको विवरण सहित निवेदन दिनु पर्दछ । यस्तो निवेदनमा भंसार विभाग सन्तुष्ट भएमा स्वीकृति प्रदान गर्दछ । भंसार विभागले नेपालस्थित सम्बन्धित दूतावास वा कूटनीतिक नियोगको सिफारिस माग्न पनि सक्दछ ।

कुटनीतिक सुविधा भनेको कस्तो सुविधा हो ?

कुनै मालवस्तु जाँच नगरी महसुल नलिई लगत मात्र राखि पैठारी गर्न दिइने सुविधालाई कुटनीतिक सुविधा भनिन्छ ।

महसुल सुविधा भनेको कस्तो सुविधा हो ?

कुनै मालवस्तु महसुल नलिई जाँच गरी वा नगरी लगतमा राखी पैठारी गर्न दिइने सुविधालाई महसुल सुविधा भनिन्छ ।

कुटनीतिक सुविधा तथा महसुल सुविधा कसले र कति पाउँछन् ?

नेपालमा रहेका कूटनीतिक नियोग तथा ती नियोगहरुमा कार्यरत व्यक्तिहरुलाई यो सुविधा दिइन्छ । यस्तो सुविधा कति दिने भन्ने विषयमा भियना सन्धि र पारस्परिकताको आधारमा नेपाल सरकार,परराष्ट्र मन्त्रालयले निर्धारण गरेवमोजिम हुन्छ ।

आयोजना वा ठेकेदारका नाममा पैठारी हुने मालवस्तुमा पनि भन्सार छुट हुन्छ ?

बैदेशिक ऋण वा अनुदान सहयोगमा संचालन गरिने आयोजनाको लागि त्यस्ता आयोजना वा आयोजनाका ठेकेदारका नाममा पैठारी हुने मालवस्तुमा द्धिपक्षीय संझौता बमोजिम पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट पाउँछन् ।

विलम्व शुल्क (डेमरेज) भनेको के हो ?

पैठारी वा निकासी गर्ने मालवस्तु भन्सार कार्यालयले सन्चालन गरेको गोदाममा सात दिन भन्दा बढी राखे बापत बुझाउनु पर्ने विलम्व शुल्क हो ।

विलम्व शुल्क (डेमरेज)को दर कति छ ?

(क) त्रिभुवन विमानस्थल भन्सार कार्यालयमाः

सातदिन पछि पहिलो तीस दिनसम्मका लागि प्रतिदिन प्रति के. जी. साठी पैसा, तीस दिनभन्दा बडी साठी दिनसम्म प्रतिदिन प्रति के. जी एक रुपैया र साठी दिनभन्दा बढीको प्रतिदिन प्रति के. जी एक रुपैयाँ चालिस पैसा ।

( ख) अन्य भन्सार कार्यालयमाः             

सातदिन पछि पहिलो तीस दिनसम्मका लागि प्रतिदिन प्रति के. जी. चालिस पैसा, तीस दिनभन्दा बडी साठी दिनसम्म प्रतिदिन प्रति के. जी साठी पैसा र साठी दिनभन्दा बढीको प्रतिदिन प्रति के. जी असि पैसा ।

डेमरेज बुझाउन नसकेमा मिनाह हुन सक्छ कि? यो कसले मिनाह दिन्छ ?

मनासिव माफिकको कारणभइ समयभित्रै मालवस्तु छुटाउन नसकेको अवस्था विद्यमान भएमा यो रकम मिनाह हुन सक्छ । भन्सार कार्यालयका प्रमुखले बढिमा तीनलाखसम्म यस्तो रकम मिनाह दिन सक्दछन् सो भन्दा वढि मिनाह दिनु पर्ने भएमा महानिर्देशकको स्वीकृती लिनु पर्दछ ।

विलम्व शुल्क(डेमरेज) प्रयोजनको लागि तौलको गणना कसरी गरिन्छ ?

एउटा प्रज्ञापन पत्र वा एउटा कन्साइनमेण्टका सवै मालवस्तुको समष्टिगत तौलको गणना गरिन्छ । तौलमा एक किलोग्राम भन्दा कम वाँकी रहेमा एक किलोग्राम मानी गणना गरिन्छ ।

भन्सार गोदाममा रहेको मालवस्तु छुटाईसक्नुु पर्ने अवधि कति हो ?

भन्सार गोदाममा रहेको मालवस्तु गोदाममा दाखिला भएको मितिले ६० दिनभित्र छुटाउनु पर्दछ ।

भन्सार गोदाममा रहेको मालवस्तु ६० दिनभित्र नछुटाएमा के हुन्छ?

भन्सार कार्यालयले ७ दिन भित्र छुटाई लैजान सूचना दिन्छ । सो सूचनाको म्यादभित्र छुटाई नलगेमा जफत हुन्छ ।

कस्तो अवस्थामा भन्सार गोदाममा राखिएको मालवस्तुमा डेमरेज लाग्दैन ?

मालवस्तुको मूल्याङ्कन, वर्गीकरण, प्रयोगशाला परीक्षण वा अन्य कुनै कारणबाट भन्सार कार्यालयले रोकि राखेको अवस्थामा भन्सार कार्यालयको गोदाममा रहेको मालवस्तुमा विलम्व शुल्क लाग्दैन ।

आयोजना वा विदेशी कुटनीतिक नियोगहरु राजदूतावासहरुले आयात गरेको सवारी साधनहरु पाँच वर्षपछि विक्रि गर्दा के कस्तो दरमा महसुल लाग्दछ ?

भन्सार महसुल छुट वा सुविधा वा वैंक जमानतमा आयात गरेको सवारी साधनहरु पाँच वर्षपछि विक्री गरेमा त्यस्ता मालवस्तुको मूल्यमा ४०.९५१ प्रतिशत ह्रास कटृी गरी बाँकी मूल्यमा प्रचलित भन्सार दरमा ६० प्रतिशत छुट दिई भन्सार महसुल लाग्दछ । यस्ता सवारी साधनहरुको मूल्य कायम गर्दा आयात हुँदाको मूल्यमा ४०.९५१ प्रतिशत ह्रास कटृी गरी बाँकी रहने विदेशी मुद्रालाई नेपालीमा परिवर्तन गर्दा कम्प्यूटरमा प्रविष्ट वा प्रज्ञापन पत्र दर्ता भएको दिनमा कायम रहेको विनिमय दर अनुसार गरिन्छ । त्यस्ता सवारी साधनमा दरवन्दी बमोजिम नै अन्तःशुल्क तथा मूल्य अभिबृद्धि कर लाग्दछ ।

कुटनीतिक सुविधा, महसुल सुविधामा नेपाल स्थित विदेशी राजदूतावासहरु वा नियोगहरु वा तीनमा कार्यरत व्यक्तिहरुले वा वैदेशिक ऋण तथा अनुदान सहयोगमा सञ्चालित आयोजनाहरुले महसुल छुट वा बैंक जमानतमा आयात गरी नेपालमा ५ वर्ष व्यतित भएपछि विक्री गर्ने सवारी साधनहरुमा भन्सारमा तिर्नु पर्ने कूल राजस्व कति प्रतिशत पर्दछ ?

पाँच वर्ष पुराना सवारी साधनहरुमा आयात हुँदाको मूल्यमा ४०.९५१ प्रतिशत ह्रास घटाई बाँकी रहने मूल्यलाई कम्प्यूटरमा प्रविष्ट वा प्रज्ञापन पत्र दर्ता भएको दिनको परिवत्र्य दर बमोजिम नेपाली रुपैयामा परिवर्तन गरी भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिबृद्धि कर समेत जम्मा देहाय वमोजिमको प्रतिशतमा राजस्व तिर्नु पर्दछ ः

सवारी साधन लाग्ने राजस्व कूल प्रतिकूल

कार, जीप र भ्यान                          १३८.६६

माइक्रो वस (११—१४ सिट)                ९६.१७

डवल क्याव पिक—अप                     १०२.५

सिङ्गल क्याव पि—अप                      ८९.८४

मिनिवस (१५—२५ सिट)                   ७०.८६

मोटर साइकल र स्कुटर                     ७७.१८

वसहरु (२५ सिट भन्दा माथि) र
ट्रकहरु, मिनि ट्रकहरु                       ३२.८८

 

कुनै पैठारीकर्ताले आफुले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट छुटाई नलगी भन्सारमै छोडेमा महसुल तिर्नु पर्दछ कि पर्दैन ?

पर्दैन । यस्तोमा भन्सार कार्यालयबाट छुटाई नलग्ने र सो मालवस्तु नेपाल सरकारको हुने गरी पैठारीकर्ताले निवेदन दिनु पर्दछ ।

यस्तो मालवस्तु प्रयोगमा आउन नसक्ने वा लिलाम विक्री पनि हुन नसक्ने भए के हुन्छ ?

त्यस्तो मालवस्तु नष्ट गर्दा लाग्ने खर्च पैठारीकर्ताले व्यहोर्नु पर्दछ ।

विदेशी नागरिक वा संघ संस्थाले नेपालका कुनै व्यक्ति वा संघ संस्थालाई दिएको उपहार वा दान दातव्यको मालवस्तु पैठारी गर्ने प्रक्रिया कस्तो छ ? यस्ता मालवस्तुमा भन्सार महसुल कसरी लाग्दछ ?

विदेशको कुनै नागरिक वा संघ संस्थाले नेपाली व्यक्ति वा संघ, संस्थालाई कुनै उपहार वा दान दातव्य दिएमा त्यसलाई ग्रहण गर्नको लागि नेपाल सरकारको स्वीकृती चाहिन्छ । त्यसको लागि मालवस्तुको मूल्य खुलेको विवरण सहितको उपहार वा दान दातव्य दिने संस्थाले जारी गरेको पत्र सहित स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गर्नु पर्दछ । अर्थ मन्त्रालयले महसुलमा कुनै छुट दिने निर्णय गरेकोमा वाहेक प्रचलित कानून बमोजिम महसुल लाग्दछ कुनै छुट हुँदैन ।

मालवस्तु भन्सार कार्यालयबाट छुटाउँदा भूलवस वढी राजस्व तिरिन गएको रहेछ भने त्यसरी वढी तिरिएको रकम फिर्ता हुन्छ हुँदैन ? त्यस्तो रकम फिर्ता लिन के गर्नु पर्छ ?

फिर्ता हुन्छ । कुनै मालवस्तु निकासी वा पैठारी गर्दा वढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी वढी असुल भएको रकम फिर्ता पाउन मालवस्तु छुटाएको मितिले ६० दिनभित्र सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । यसरी निवेदन प्राप्त गरेपछि भन्सार अधिकृतले जाँचवुझ गरी वढी असुल भएको देखिएमा पन्ध्र दिनभित्र त्यसरी वढी असुल भएको महसुल फिर्ता दिनुपर्ने व्यवस्था छ ।

महसुल सुबिधामा पैठारी भएको ५ वर्ष भन्दा पुरानो सवारी साधन कार, जीप तथा भ्यानमा हाल भन्सार महसुल तथा अन्य कर के कति लाग्दछ ?

महसुल सुबिधामा पैठारी भएको ५ वर्ष पुरानो गाडी ( कार, जीप, भ्यान ) मा पैठारी भएको मूल्यमा  ४०.९५ % ह्रास कट्टी गरी हुने रकममा भन्सार बुझाउने दिनको बिनिमय दर अनुसार मुल्य कायम गरी त्यसमा कुल १३८.६६ % राजस्व लाग्दछ ।

पशु फर्मले पैठारी गर्ने ढुवानी साधनमा के कति छुट पाइन्छ ?

एक सय वटा भन्दा बढी दुधालु गाई वा भंैसी पाल्ने पशु फर्मले कृषि विकास मन्त्रालयको सिफारिसमा पैठारी गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५० % छुट हुने व्यवस्था छ  ।

जेनेरेटर पैठारी गर्दा मेसिन सरह को सुबिधा पाइन्छ ?

जेनेरेटरको पैठारीमा औधोगिक मेसिन सरहको सुबिधा पाउने व्यवस्था छैन ।

बिद्मुत वा ब्याट्रीबाट संचालन हुने गाडीमा के कति छुट पाइन्छ ?

बिद्मुत वा ब्याट्रीबाट संचालन हुने गाडीको पैठारीमा ५० % भन्सार महसुल र पूरै अन्त:शुल्क छुट हुने व्यवस्था रहेको छ । बिद्मुतीय टेम्पो र रिक्सामा मू.अ. कर पनि छुट हुन्छ |

 

भारतमा गई वा रोजगारी गरी फर्किने नेपालीलाई के कस्तो सुबिधा प्राप्त हुन्छ ?

भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भइ फर्किदा पचास हजार रुपिया सम्मको घरायसी मालसामानमा महसुल छुट हुने र भारतमा अध्ययन गर्ने बिद्यार्र्थीले साथमा ल्याएको एक थान टेयाब्लेट वा ल्यापटप वा कम्प्युटरमा महसुल नलाग्ने व्यवस्था छ ।

दूध ढुवानीमा प्रयोग गर्ने गरी भन्सार महसुल आंशिक छुट अन्तर्गत पैठारी गरेको ट्यांकर अन्य डेरी उद्मोगलाई बिक्री गर्दा महसुल लाग्छ , लाग्दैन ?

दूध ढुवानी प्रयोजनको लागि अन्य डेरी उद्मोगलाई बिक्री गरेको अवस्थामा महसुल लाग्दैन ।

निजी प्रयोगको लागि आंशिक भन्सार महसुल सुविधामा पैठारी भएको सवारी साधनको धनीको मृत्यु भएमा नामसारी गर्दा के कति भन्सार महसुल लाग्दछ ?

हकवाला पति वा पत्नीको नाममा नामसारी गर्दा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था छ ।

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्न तोकिएका केही मालवस्तुमा भन्सार महसुल पूर्ण छुट छ तर सोही सामान बनाउन प्रयोग हुने कच्चापदार्थको आयातमा छुट छ कि छैन ?

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्वील चेयर, बैशाखीहरु, कृत्रिम अंगहरु आदिमा भन्सार महसुल पूर्ण छुट भए पनि कच्चापदार्थहरुमा छुट प्रदान गरिएको छैन । त्यस्ता कच्चापदार्थ बहु प्रयोग पनि हुन सक्ने बिषयलाई विचार गरी हालसम्म छुट प्रदान नगरिएको हो ।

कृषिसंग सम्बन्धित कुन कुन उद्मोगहरुलाई गाडीको पैठारीमा भन्सार महसुल छुटको व्यवस्था छ ?

दूध ढुवानीमा प्रयोग हुने ट्यांकरमा ८० प्रतिशत, रेफ्रीजेरेटिंग प्रणाली जडान गरिएका ढुवानी साधनमा २७ प्रतिशत, १०० भन्दा बढी दुधालु गाई वा भैसी पाल्ने पशु फर्मलाई र दस बिगाहादेखि माथिको क्षेत्रफलमा चिया उत्पादन गर्ने चिया उद्मोगलाई ५० प्रतिशतसम्म भन्सार महसुल छुटको व्यवस्था गरिएको छ ।

विदेशी प्रकाशक भएको पुस्तक पैठारी गर्दा कति महसुल लाग्दछ ?

नेपाली प्रकाशकले नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गर्ने पुस्तकमा भन्सार महसुल लाग्ने भएता पनि विदेशी प्रकाशक भएको अवस्थामा भन्सार महसुल पूर्ण रुपमा छुट गरिएको छ ।

भन्सार कार्यालयबाट बढी असुल भएको भन्सार महसुल फिर्ता पाउने सम्बन्धमा कुनै व्यवस्था छ कि ?

कुनै निकासीकर्ता वा पैठारीकर्ताले बुझाउनु पर्नेभन्दा बढी महसुल असुल भएको भए फिर्ताका लागि सम्बन्धित भन्सार कार्यालयमा निबेदन दिनु पर्ने र त्यस्तो निबेदन प्राप्त भएका मितिले १५ दिनभित्र बढी असुल भए जति रकम फिर्ता दिइने व्यवस्था छ ।

सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई कुनै सुविधा छ कि ?

त्यस्तो खास सुबिधा दिने व्यवस्था छैन । तर, एकसय रुपिया मूल्यसम्मका निजी प्रयोगका मालवस्तु साथमा ल्याएमा वा लगेमा भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी बिनामहसुल छाडिदिन सक्ने व्यवस्था छ ।

तरकारी ओसारपसार गर्ने ढुवानीका साधनमा कृषकहरुलाई के कति महसुल छुट हुने व्यवस्था छ ?

यस प्रयोजनका ढुवानी साधनमा कुनै छुटको व्यवस्था गरिएको छैन ।

टायर उत्पादन गर्ने उद्योगलाई कस्तो छुट प्रदान गरिएको छ ?

टायर उत्पादन गर्ने उद्योगलाई आफ्नो उत्पादनको प्रयोजनको लागि पैठारी गर्ने संपूर्ण कच्चापदार्थ एवं सहायक कच्चापदार्थमा भन्सार महसुल १ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।

ब्याट्रीबाट चल्ने टेम्पो वा रिक्सामा मूल्य अभिवृद्धि कर लाग्छ वा लाग्दैन ?

ब्याट्रीबाट चल्ने टेम्पो र रिक्सामा मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था छ ।

चालु आर्थिक बर्षको बजेटबाट बस पैठारी गर्दा के कस्तो छुट दिएको छ ?

चालीस वा सोभन्दा बढी सिट क्षमताका कम्तिमा ५ वटा बसहरु सार्बजनिक यातायातमा संचालन गर्ने गरी दर्ता भएका सहकारी संस्थाहरु तथा कम्पनीहरुले पैठारी गर्ने बस तथा तिनका चेसीसमा ५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था भएको छ ।

भन्सार महसुल भन्सार विभागमा बुझाउने सुबिधा छ कि छैन ?

भन्सार महसुल सम्बन्धित भन्सार कार्यालयमा मात्र बुझाउन सकिन्छ , विभागमा बुझाउन मिल्दैन ।

ट्रान्जिट सुबिधा कसबाट र के के सामानमा दिई आएको छ ?

यस्तो सुबिधा सम्बन्धित मन्त्रालयको सिफारिसमा बाणिज्य तथा ब्यबस्थापन विभागले उपलब्ध गराउने र पर्वतारोहण दलको लागि मात्र गराउने व्यवस्था छ ।

उत्पादन भएको मितिले दश वर्ष व्यतित भैसकेका सवारी साधनमा कति प्रतिशत ह्रासकट्टी दिने ब्यबस्था छ ?

पैठारी हुँदा कायम भएको मूल्यमा साठी प्रतिशत ह्रासकट्टी गरी मूल्य कायम हुन्छ ।

शोधभर्नास्वरुप ल्याएको मालवस्तुमा महसुल लाग्छ ,लाग्दैन ?

पैठारी भएको ९० दिनभित्र कारणबस फिर्ता गरिएको मालवस्तु ६ महिनाभित्र पैठारी गरेमा महसुल बुझाई आयात गर्न पाउने र पहिला बुझाएको महसुल फिर्ता पाउने व्यवस्था छ ।


वण्डेड वेयर हाउस, बैंक जमानत र पासबुक

वण्डेड वेयर हाउस भनेको के हो ?

विदेशमा निकासी गरिने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसलमा विक्री गरिने मालवस्तु बैंक जमानत सुविधामा पैठारी गरि राख्ने भन्सार विभागबाट इजाजत प्राप्त गोदाम हो ।

वण्डेड वेयर हाउस सुविधा अन्तर्गत के के सामान पैठारी गर्न पाइन्छ ?

विदेशमा सामान निकासी गर्ने उद्योगले निकासी गर्ने मालवस्तु तयार गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल तथा करमुक्त पसलमा विक्रीको लागि राखिने सामान वण्डेड वेयर हाउसको सुविधामा पैठारी गर्न पाइन्छ ।

बैंक जमानत पत्र पेश गर्दा जुनसुकै बैंक तथा फाइनान्स कम्पनीको जमानत पत्र पेश गरे हुन्छ ?

नेपाल राष्ट्र बैंकबाट जमानत जारी गर्न स्वीकृति पाएका वाणिज्य बैंकहरु वा वित्तीय कम्पनीको बैंक जमानत पत्र मात्र स्वीकार्य हुन्छ ।

उद्योगले बैंक जमानतमा आयात गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ बाट तयारी सामान बनाई कति दिन भित्र निकासी गर्नु पर्दछ ?

पैठारी गरेको मितिले ११ महिना भित्रमा निकासी गरिसक्नु पर्दछ ।

११ महिना भित्रमा निकासी गर्न नसकेमा निकासी गर्ने म्याद थप हुन सक्छ ?

पैठारी गरेको मितिले ११ महिना भित्र निकासी गर्न नसकेको अवस्थामा भन्सार कार्यालयको प्रमुखले  बढीमा ६ महिना म्याद थप गर्न सक्छ ।

बैंक जमानतमा पैठारी गरेका कच्चा पदार्थबाट तयारी वस्तु बनाई ऐनको म्याद भित्रै निकासी गरी आवश्यक सम्पूर्ण कागजात सहित फुकुवाको लागि निवेदन दिएको कति दिन भित्र बैंक जमानत फुकुवा हुन्छ ?

फुकुवाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश भएमा निवेदन दिएको १ महिना भित्र बैंक जमानत फुकुवा हुन्छ । फुकुवा गर्न नसक्ने कुनै कारण भएमा सो को जानकारी भन्सार कार्यालयले लिखित रुपमा दिनु पर्छ ।

आंशिक रुपमा पनि बैंक जमानत फुकुवा हुन्छ ?

पैठारी गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ पूर्ण रुपमा प्रयोग नभई आंशिक रुपमा प्रयोग भएकोमा जे जति प्रयोग भएको छ र समय भित्र शर्त बमोजिम निकासी भएको छ भने सोही अनुपातमा बैंक जमानत फुकुवा हुन्छ ।

निकसी मुलक उद्योगहरुले बैंक जमानतमा पैठारी गरेको कच्चा पदार्थ, सहायक कच्चा पदार्थबाट तयारी वस्तु बनाई निकासी गरी वा नगरी बैंक जमानत फुकुवाको लागि निवेदन नदिएमा के कारवाही हुन्छ ?

पैठारी भएको मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरेर पैठारी कर्ताले राखेको बैंक जमानतबाट असुल गरिन्छ ।

वण्डेड वेयर हाउसको इजाजतपत्र कसलाई दिईन्छ ?

१)            विदेशमा तयारी पोशाक निकासी गर्ने उद्योग

२)            आफ्नो उत्पादन तेश्रो मुलुकमा निकासी गर्ने उद्योग

३)            आफ्नो उत्पादनको न्यूनतम पचास प्रतिशत भारतमा निकासी गर्ने उद्योग र

४)            नेपाल सरकारबाट स्वीकृत पाएको करमुक्त पसलमा विक्री गर्नको लागि पैठारी गर्ने व्यक्ति ।

करमुक्त पसल भनेको के हो ?

बैंक जमानत सुविधामा पैठारी गरिएका मालवस्तु कुटनीतिक सुविधा वा महसुल सुविधा पाएको व्यक्तिलाई विक्री गर्न वा अन्तर्राष्ट्रिय उडानको क्याटरिङ्ग वा त्यस्तो उडानको करमुक्त पसलमा विक्रीको लागि सम्वन्धित हवाई कम्पनीलाई विक्री गर्न नेपाल सरकारले स्वीकृति दिएको पसल हो ।

करमुक्त पसल संचालकले मालसामान पैठारी गर्ने प्रक्रिया के हो ?

इजाजतपत्र प्राप्त करमुक्त पसल संचालकले त्यस्तो करमुक्त पसलबाट विक्री गर्नको लागि पैठारी गर्ने मालवस्तुमा लाग्ने महसुल वरावरको रकमको बैंक जमानत राखि पैठारी गर्न पाउँदछन् । मालवस्तु पैठारी गर्दा भन्सार विभागबाट त्यस्तो मालवस्तु र परिमाणको भने स्वीकृति लिनु पर्दछ ।

वण्डेड वेयर हाउसको इजाजत पत्र कसले जारी गर्छ ?

भन्सार विभागले  ।

इजाजत पत्र लिनको लागि के कति राजस्व तिर्नु पर्छ ?

इजाजत पत्र लिन  ६ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ र नवीकरण गर्दा रु. ३ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ ।

वण्डेड वेयर हाउस इजाजत पत्रको नवीकरण कहिले गराउनु पर्छ ?

प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष सुरु हुनु अगावै नवीकरण गराउनु पर्छ ।

समयमा नवीकरण गराउन नसक्ने उद्योग वा व्यक्तिले के गर्नु पर्छ ?

इजाजतपत्र नवीकरण नगरेको अवधिमा वण्डेड वेयर हाउसको इजाजतपत्रवालाले वण्डेड वेयर हाउसको सुविधा उपभोग गर्न पाउँदैन ।

नवीकरणको म्याद समाप्त भई सकेको २/३ वर्ष पछि पनि नवीकरण गराउन चाहेमा नवीकरण हुन्छ ?

प्रत्येक आर्थिक वर्षको लागि नियमानुसार लाग्ने शुल्कमा थप रु. ३ हजार दस्तुर तिरी इजाजत पत्र नवीकरण गराउन सकिन्छ ।

वण्डेड वेयर हाउसको इजाजत पत्र लिएका उद्योग वा व्यक्तिले बैंक जमानत पत्र दिंदा पैठारी गर्दा नियमानुसार लाग्ने कर महसुल हिसाव गरि हुन आउने रकमको मात्र बैंक जमानत पत्र बनाउँदा हुन्छ ?

बैंक जमानत दिंदा पैठारी गरिने मालवस्तुमा लाग्ने कर महसुल र सो को १५ प्रतिशतले हुने थप रकम हिसाव गरि हुन आउने कुल रकम वरावरको बैंक जमानत पत्र दिनु पर्छ ।

बैंक जमानतपत्रको अवधि कतिको हुनु पर्छ ?

६ महिना देखि १ वर्षसम्मको हुनु पर्छ । ६ महिनाको बैंक जमानत दिएकोमा पछि म्याद थप गर्नु परेमा बढीमा ६ महिनासम्म थप गर्न सकिन्छ ।

नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल बैंक जमानतमा पैठारी गर्दा सिफारिस चाहिन्छ ?

नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलको हकमा उद्योग विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी वण्डेड वेयर हाउसको सुविधा दिन सिफारिस गरेमा मात्र सुविधा पाइन्छ ।

करमुक्त पसल संचालन गर्न स्वीकृति प्राप्त व्यक्तिले करमुक्त पसलमा राखी विक्री गर्न जतिसुकै परिमाण र मूल्यको मालवस्तु पैठारी गर्न पाइन्छ ?

भन्सार विभागबाट स्वीकृति प्राप्त मालवस्तु र तोकिएको परिमाणसम्मको मालवस्तु मात्र पैठारी गर्न पाइन्छ ।

करमुक्त पसलबाट विदेशी पर्यटक र विदेशी पाहुनाको लागि पनि मदिरा तथा चुरोट विक्री गर्न पाइन्छ ?

करमुक्त पसलको लागि पैठारी गरेका सामान मध्ये मदिरा तथा चुरोट नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सिफारिसको आधारमा भन्सार विभागबाट कुटनीतिक तथा महसुल सुविधा दिन तोकिएको व्यक्ति वा निकायलाई मात्र विक्री गर्न पाइन्छ ।

पासवुक भनेको के हो ?

आफ्नो उत्पादन निकासी गर्ने उद्योगले आफ्नो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ पैठारी गर्दा वुझाउनु पर्ने महसुल भन्सारमा  नगद  धरौटी राखि पैठारी गर्न पाउछन् । यसरी पैठारी गर्दा धरौटीमा रहेको महसुललाई भन्सारमा रहने रजिष्टर तथा उद्योग संग रहने रजिष्टरमा चढाउने व्यवस्था छ ।यही रजिष्टरलाई पासबुक भनिन्छ । यसप्रकार पैठारी भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थवाट तयारी वस्तु बनाई तोकिएको अवधिभित्र निकासी गरेपछि पासबुक धरौटीमा राखिएको महसुल सम्बन्धित उद्योगले पुन पैठारी गर्ने कच्चा पदार्थमा मिलान गरिदिने वा उद्योगलाई फिर्ता दिईन्छ । पासबुक सुविधामा कच्चापदार्थ पैठारी गर्दा मूल्य अभिवृद्धि कर भने भन्सार कार्यालयमा बुझाउनु पर्दछ ।

पासवुक सुविधा भनेको के हो ?

वण्डेड वेयर हाउसको इजाजत पत्र नलिएका उद्योगहरुले निकासी गर्ने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने प्रयोजनको लागि मालवस्तु तयार गर्न लाग्ने, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलमा लाग्ने भन्सार महसुल नगद धरौटी राखी पासवुकमा जनाई पैठारी गर्न पाउने व्यवस्था लाई पासवुक सुविधा भनिन्छ ।

पासवुक सुविधा अन्तर्गत भन्सार कार्यालयबाट कच्चा पदार्थ छुटाउन के कस्तो प्रक्रिया पूरा गर्नु पर्दछ ?

१)            तोकिएको भन्सार कार्यालयमा पासवुक सुविधाको लागि तोकिएको ढाँचामा निवेदन दिनु पर्दछ ।

२)           भन्सार कार्यालयले पनि सम्वन्धित उद्योगको निवेदनका आधारमा नियमानुसार लाग्ने भन्सार महसुल लगायतको शुल्क समेत नगद धरौटी एकमुष्ट लिई निर्धारित
              ढाँचाको रजिष्टर मा चढाउँदछ ।

३)            सोही ढाँचाको एक प्रति पासवुक भरी उद्योगलाई उपलब्ध गराइन्छ ।

४)            मूल्य अभिवृद्धि कर भने तिर्नु पर्दछ ।

पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य जुनसुकै भन्सार कार्यालयबाट गर्न पाइन्छ ?

पाइदैन । भन्सार विभागले तोकिदिएका भन्सार कार्यालयहरुबाट मात्र निकासी पैठारी गर्नुपर्दछ ।

पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य गर्न पाउने गरी भन्सार विभागबाट तोकिएका भन्सार कार्यालयहरु कुन कुन हुन् ?

१.            मेची भन्सार कार्यालय

२.            विराटनगर भन्सार कार्यालय

३.            विरगञ्ज भन्सार कार्यालय

४.            भैरहवा भन्सार कार्यालय

५.            नेपालगञ्ज भन्सार कार्यालय

६.            तातोपानी भन्सार कार्यालय

७.            त्रिभुवन विमानस्थल भन्सार कार्यालय

८ .           कञ्चनपुर भन्सार कार्यालय (निकासीको लागि मात्र)

पासवुक सुविधा अन्तर्गत निकासी पैठारीको कार्य गर्न पाउने गरी भन्सार विभागबाट तोकिएका भन्सार कार्यालयहरु सवैबाट उद्योगले कच्चा पदार्थ आयात गर्न पाउँछ वा पाउँदैन ?

तोकिएको मध्ये कुनै एक भन्सार कार्यालयबाट मात्र पासवुक सुविधा अन्तर्गत उद्योगले कच्चा पदार्थ पैठारी गर्न पाउँदछ ।

आफ्नो उत्पादनको न्यूनतम कति प्रतिशत भारत निकासी गर्र्ने उद्योगले वण्डेड वेयर हाउसको इजाजतपत्र पाउन सक्दछन् ?

न्यूनतम ५० प्रतिशत निकासी गर्ने उद्योग हुनु पर्छ ।

पासवुक सुविधामा नगद धरौटी अन्तर्गत पैठारी भएको उद्योगको कच्चा पदार्थ तयारी वस्तु बनाई कति दिन भित्र निकासी गरी सक्नु पर्छ ?

निर्यात गर्ने प्रयोजनको लागि नगद धरौटीमा पासवुकको माध्यमबाट आयात गरेका कच्चा पदार्थबाट तयारी वस्तु बनाई १ वर्ष अवधिभित्र निकासी गरिसक्नु पर्छ ।

नगद धरौटी अन्तर्गत पैठारी भएको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ बाट तयारी वस्तु वनाई १२ महिना भित्र निकासी गर्न नसकेमा म्याद थप हुन सक्छ ?

उद्योगले दिएको निवेदन मनासिव देखिएमा ६ महिनासम्मको म्याद थप हुन सक्छ ?

नगद धरौटी (पास वुक) अन्तर्गत पैठारी भएको कच्चा पदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा पैठारीको अवस्थाको मूल्यमा कति प्रतिशत मूल्य अभिवृद्धि हुनु पर्दछ ?

पैठारीको अवस्थाको कारोवार मूल्यमा कम्तिमा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्छ ।

बैंक जमानत र धरौटी फुकुवाको प्रक्रिया कस्तो छ ?

सम्वन्धित भन्सार कार्यालयमा फुकुवाको लागि देहायको कागजात संलग्न गरी निवेदन दिनु पर्छ

१)            मालवस्तु पैठारीका प्रमाण

२)            तयारी मालवस्तु निकासी गरेको प्रमाण

३)            कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल्स समेत) को खपत अनुपातको सम्वन्धित निकायको प्रमाणित कागजात

४)            करमुक्त पसलको हकमा विक्री गरेको प्रमाण

५)            हवाई कम्पनीको हकमा अन्तर्राष्ट्रिय उडानमा खर्च भएको प्रमाण

६)            धागो उद्योगको हकमा न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी विक्री गरेको प्रमाण

७)            खरिद विक्री संझौता

८)            विदेशी मुद्रा आर्जन गरेको प्रमाण

वैंक जमानत वा पासबुक फुकुवा नगरे के हुन्छ ?

निर्धारित समयमा बैंक जमानत वा पासबुक फुकुवा नगराएमा बैंक जमानतबाट वा धरौटी रहेको रकमबाट लाग्ने महसुल असुल गरिन्छ । यसरी महसुल असुल गर्दा बैंक जमानतमा पैठारी भएकोमा पन्ध्र प्रतिशत थप गरेर र पासबुक सुविधामा पैठारी भएकोमा दश प्रतिशत थप गरेर असुल गरिन्छ ।

बैंक जमानतबाट महसुल असुल गर्ने प्रक्रिया के हो ?

१.भन्सार कार्यालयले बैंक जमानत जारी गर्ने बैंकबाट जमानतमा उल्लिखित रकम  माग गर्दछ ।

२.त्यस्तो बैंक जमानत जारी गर्ने बैंक वा वित्तीय संस्थाले पन्ध्र दिन भित्र सम्वन्धित भन्सार कार्यालयको नाममा भुक्तानी  पठाउँदछ ।

बैंक जमानत दिने बैंक वा वित्तीय संस्थाले रकम भुक्तानी नदिए के हुन्छ ?

वैंक जमानत सम्बन्धित भन्सार कार्यालयले फुकुवा नगरेसम्म वैंकको दायित्व रहिरहने भएकोले वैंक जमानत सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा गराउनु पर्दछ । आफ्नो दायित्व पूरा नगर्ने  त्यस्ता बैंक वा वित्तीय संस्थाले जारी गरेको कुनै पनि वैंक जमानत भन्सार कार्यालयले स्वीकार नगर्ने र सरकारलाई तिर्नु बुझाउनु पर्ने दायित्व बाट कहिल्यै उन्मुक्ति नपाउने भएकोले भन्सार कार्यालयले मागेका बखत तुरुन्त भुक्तानी दिनु पर्दछ ।

बैंकले आफूले जारी गरेको जमानत कहिले फुकुवा गर्दछ ?

सम्वन्धित भन्सार कार्यालयबाट फुकुवा भएको लिखित जानकारी प्राप्त भएपछि मात्र बैंकले फुकुवा गर्नु पर्दछ ।

लिखित जानकारी अगावै बैंकले फुकुवा गरिदिए के हुन्छ ?

बैंक जमानत बमोजिमको रकम सम्वन्धित भन्सार कार्यालयलाई बुझाउने दायित्वबाट उन्मुक्ती भने पाउँदैन ।

विशेष आर्थिक क्षेत्र भनेको के हो ?

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष आर्थिक क्षेत्र भनी तोकिएको क्षेत्र हो । यस्तो क्षेत्रमा विशेष गरी निकासी मूलक उद्योगहरु स्थापना गरिएको हुन्छ । यो एक प्रकारको महसुल, कर, शुल्क मुक्त क्षेत्र पनि हो ।

विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई मालवस्तु विक्री गर्ने र भन्सार महसुल फिर्ता गर्न के व्यवस्था छ ?

१)            भन्सार विभागको पूर्व स्वीकृति लिई विक्री गर्नु पर्दछ ।

२)            त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने फिर्ता पाउँदछ ।

३)            भन्सार महसुल फिर्ता पाउन मालसामान विक्री गरेको ६० दिन भित्र निवेदन दिई सक्नु पर्दछ ।

४)            पैठारी मूल्यमा भन्सार महसुल समावेश गरी मालसामान विक्री गरेको अवस्थामा भने भन्सार महसुल फिर्ता दिइँदैन ।

भन्सार महसुल फिर्ता लिने क्रममा के के कागजात आवश्यक पर्दछन् ?

१)            मालवस्तु पैठारी गर्दाको विजक, प्रज्ञापनपत्र र नगदी रसिद

२)            खरिदकर्ता उद्योग  र विक्रेता पैठारीकर्ता वीच भएको खरिद विक्री सम्बन्धी संझौता पत्र

३)            मालसामान विक्री गरेको विजक

४)            खरिदकर्ताले त्यस्तो मालसामान खरिद गरेको प्रमाणित कागजात

५)            खरिदकर्ताबाट भुक्तानी प्राप्त गरेको प्रमाण

६)            बैंक जमानत

७)            उद्योगले निकासी गरेको प्रमाण

८)            विदेशी मुद्रा प्राप्त गरेको प्रमाण

भन्सार महसुल फिर्ताको प्रक्रिया कति दिनमा सम्पन्न हुन्छ ?

आंशिक वा पूर्ण भन्सार महसुल फिर्ता गर्ने निवेदन दिएको ३० दिन भित्र सम्पन्न हुन्छ ।

वण्डेड वयेरहाउसको इजाजत लिन के गर्नु पर्दछ ?

बिदेशमा आफ्नो उत्पादन निकासी गर्ने उद्मोगले इजाजत लिन चाहेमा भन्सार विभागमा निबेदन दिनु पर्ने र वण्डेड वयेरहाउसको इजाजत दिन मनासिब देखिएमा रु ६ हजार दस्तुर लिई इजाजतपत्र दिन सकिने व्यवस्था भन्सार नियमावलीले गरेको छ ।

प्याकिंग मटेरियलमा वण्डेड वेयरहाउसको सुबिधा प्रदान गरिएको छ , छैन ?

नेपालमा उत्पादन नहुने प्याकिंग मटेरियलको हकमा उद्मोग बिभागबाट प्रमाणित भएपछि मात्र वण्डेड वेयरहाउसको सुबिधा प्रदान गर्ने गरिएको छ ।

वण्डेड वयेरहाउसको इजाजतपत्र नवीकरण गर्न के गर्नु पर्दछ ?

इजाजतपत्रवालाले प्रत्येक आर्थिक बर्षको लागि सो आर्थिक वर्ष सुरु हुनु अगावै नवीकरण दस्तुर बापत ३ हजार रुपैया तिरी भन्सार विभागबाट त्यस्तो इजाजत पत्र नवीकरण गराउन पर्दछ ।

नगद धरौटी (पासबूकको व्यवस्था) अन्तर्गत कच्चापदार्थ पैठारीमा कुन कुन वस्तुलाई समेटिएको छैन ?

मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उधोगहरुलाई यो सुबिधा दिइएको छैन ।

इनवण्ड भन्नाले के बुझिन्छ ?

नेपाल राष्ट्र बैंकले तोकेको प्रक्रिया अनुसार परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियालाई इनवण्ड भनिन्छ ।


प्रयोगशाला परीक्षण

मालवस्तुको भन्सार जाँचपास गर्दा प्रयोगशाला परीक्षण गराउनु पर्छ पर्दैन ? पर्छ भने के कस्तो मालवस्तु परीक्षण गराउनु पर्दछ ?

पर्दछ । प्रयोगशाला परीक्षण गराउनु पर्ने वस्तुहरुमाः

१)            खाद्य वस्तुहरु

२)            भन्सार कार्यालयलाई मूल्याङ्कन वा वर्गीकरणको सन्दर्भमा पहिचान गर्न द्धिविधा परेका रासायनिक पदार्थहरु

३)            भन्सार कार्यालयले गुणस्तरको परीक्षण गर्नु पर्ने मालवस्तुहरु

४)            औषधीको कच्चा पदार्थ

परीक्षणबाट गुणस्तरको नदेखिएमा के कस्तो कारवाही हुन्छ ?

प्रयोगशाला परीक्षणबाट गुणस्तरहिन वा कम गुणस्तरको भन्ने प्रमाणित भएमा पैठारीकर्ताले त्यस्तो मालवस्तुको विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा भन्सार विभागको स्वीकृति लिई निकासीकर्तालाई त्यस्तो माल एक महिनाभित्र फिर्ता पठाउन सक्दछ । यसरी फिर्ता नपठाएमा पैठारीकर्ता कै खर्चमा सो मालवस्तु नष्ट गरिन्छ । यस्तो अवस्थामा भन्सार महसुल बुझाउनु पर्दैन ।

विदेशी मुद्रा फिर्ता नल्याएमा के हुन्छ ?

तोकिएको अवधिमा विदेशी मुद्रा फिर्ता नल्याएमा विदेशी मुद्रा अपचलनमा प्रचलित कानून बमोजिम कारवाही हुन्छ ।

के भन्सार विभागको आफ्नै प्रयोगशाला छ ?

छ । उक्त प्रयोगशाला भन्सार विभाग, त्रिपुरेश्वरमा रहेको छ ।

भन्सार विभागको प्रयोगशालाबाट के कस्ता मालवस्तुहरुको परीक्षण हुन्छ ?

                                ती वस्तुहरु हुन्ः

                                १)            फर्मास्यूटिकल कच्चा पदार्थहरु

                                २)            एडिटिभ्स

                                ३)            रंगहरु

                                ४)            डाइज

                                ५)            अर्गानिक सोलभेन्ट

                                ६)            औद्योगिक कच्चा पदार्थहरु (रासायनिक प्रकारका)

                                ७)            अलकोहोलिक र नन अलकोहोलिक वेभरेज

                                ८)            खाद्य र अखाद्य तेलहरु

                                ९)            फ्याट्स

                                १०)         पेट्रोलियम प्रोडक्ट्स

                                ११)         खाद्य वस्तुहरु

                                १२)         पोलिमर्स

                                १३)         चियापत्ती

                                १४)         पानीमा मिसाएर पिउने पेय पदार्थहरु

                                १५)         वानस्पतिक सार

                                १६)         सुगन्धित तेल आदि

परीक्षण गराउनु पर्ने वस्तु के विभागकै प्रयोगशालाबाट परीक्षण गराउनु पर्दछ ?

१)            कुनै मालवस्तुको हकमा तोकिएको भए तोकिएको प्रयोगशालाबाट

२)            अन्य अवस्थामा भन्सार विभागको प्रयोगशालाबाट वा मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराउनु पर्दछ ।

यस विषयमा सम्बन्धित भन्सार कार्यालयले पठाउन सक्ने व्यवस्था छ ।

प्रयोगशाला परीक्षण गराउन कुनै शुल्क लाग्छ लाग्दैन ?

परीक्षणको लागि शुल्क तोकिएको भए त्यस्तो शुल्क पैठारीकर्ताले नै बुझाउनु पर्दछ । तर भन्सार विभागको प्रयोगशालामा भने परीक्षण शुल्क लाग्दैन ।


वस्तु वर्गीकरण

मालवस्तुको वर्गीकरण भनेको के हो ?

विश्व व्यापारमा रहेका अनगिन्ति वस्तुहरुको प्रकृति, प्रयोग, गुण र निर्माण उपभोगको आधारमा समान वस्तुहरुलाई निश्चित संकेत नम्बरमा समूहिकृत गर्ने पद्धतिनै वस्तु वर्गीकरण     हो ।

नेपालमा कुन वस्तु वर्गीकरण प्रणाली अपनाईएको छ ?

नेपालमा वस्तु वर्गीकरणमा हार्मोनाईज्ड प्रणाली  (Harmonized commodity description and coding system(HS) अपनाईएको छ । यो कष्टम कोअपरेशन काउन्सिल नोमेन्क्लेचर(CCCN) र स्टेन्डर्ड इन्टरनेशनल ट्रेड क्लाशिफिकेशन(SITC)को समायोजित र विकसित रुप हो ।

नेपालमा वस्तु वर्गीकरणमा हार्मोनाईज्ड प्रणाली कहिले देखि लागू भएको हो ?

आ.व. २०४९/५० देखि लागू भएको हो । यस पद्धतिमा समय समयमा भएका संशोधनलाई समावेश गर्दै आइएको छ । पछिल्लो संशोधन अनुसार यस पद्धतिको २०१२ को संस्करण लागू गर्ने कार्य भईरहेको छ ।

यसका मुख्य विशेषताहरु के के हुन् ?

                १)            अन्तर्राष्ट्रिय व्यापारका वस्तुहरुको वर्गीकरणमा एकरुपता र क्रमवद्धता हुने

                २)            भन्सार विन्दुमा भन्सारको भाषाको स्तर स्थापित हुने

                ३)            अन्तर्राष्ट्रिय व्यापार संझौता गर्न मद्दत गर्ने

                ४)            व्यापारिक तथ्याङ्कहरुमा एकरुपता हुने

                ५)            अन्तर्राष्ट्रिय व्यापार तुलना गर्न र तथ्याङ्क विश्लेषण गर्न सहज हुने ।

यसका उद्देश्यहरु के के हुन् ?

१)            आयात/निर्यात गरिने मालवस्तुहरुमा भन्सार महसुल एवं कर शुल्कहरु लगाउने कार्यलाई सरल गर्ने

२)            अन्तर्राष्ट्रिय व्यापारको वास्तविक तथ्याङ्क अभिलेख गर्ने

३)            मालवस्तुको उत्पत्तीको निर्धारण गर्ने

४)            व्यापारको अनुगमन र मालवस्तुको नियन्त्रण गर्ने

५)            अन्तर्राष्ट्रिय व्यापारमा देखा पर्ने अवरोधहरुलाई हटाउने र व्यापार सहजीकरण गर्ने

यसका प्रयोगकर्ताहरु को हुन् ?

१)            सरकारहरु

२)            व्यापारीहरु                          

३)            अन्तर्राष्ट्रिय संगठनहरु

 ४)           मालवाहक एजेण्टहरु        

५)            आयात/निर्यातकर्ताहरु 

६)            उत्पादकहरु         

 ७)            तथ्याङ्कशास्त्रीहरु                           

८)            मालवस्तु ढुवानीकर्ताहरु  

९)            बन्दरगाहका अधिकारीहरु

ज्क् पद्धतिमा मालवस्तुको वर्गीकरण प्रक्रिया के कस्तो छ ?

१)            मालवस्तुको सम्बन्धमा जारी भएको विजक, संझौता र विश्लेषण प्रतिवेदन कागजातमा उल्लेख गरिए अनुसार विवरण खोज्ने

२)            भौतिक परीक्षण एवं प्रयोगशाला परीक्षण गर्ने

३)            मालवस्तुको प्राविधिक विवरण हेर्ने

४)            मालवस्तु प्रस्तुत गरिएको अवस्था हेर्ने

५)            मालवस्तुको वनावटको स्तर जस्तै कच्चा पदार्थ, काम नगरिएको उत्पादन, अर्ध तयारी मालवस्तु, तयारी मालवस्तु के हो सो हेर्ने

६)            मालवस्तुको प्रयोग वा काम के हो पहिचान गर्ने ।

हार्मोनाइज्ड प्रणालीको वनावट (क्तचगअतगचभ) कस्तो छ ?

यसमा २१ परिच्छेद, ९७ भाग १२२४ शीर्षक तथा ५२०५ उपशीर्षक छन् । मालवस्तुको वर्गीकरण गर्दा ६ अङ्कको उपशीर्षक सबै देशहरुको लागि एउटै हुन्छ । यो ६ अङ्क को उपशीर्षकमा पहिलो २ अङ्कले भाग, पछिल्लो २ अङ्खले शीर्षक तथा त्यस पछिको २ अङ्खले निश्चित मालवस्तुलाई जनाउँछ ।

हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन के व्यवस्था गरिएको छ ?

हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन यस प्रणालीका ६ वटा व्याख्याका नियमहरु छन् । यी नियमहरुबाटै मालवस्तुको वर्गीकरण निर्देशित हुन्छ ।

ज्क् प्रणालीका अध्ययन सामग्रीहरु के के हुन् ?

१)            HS पद्धतिको व्याख्या सम्बन्धी नियमहरु (GIR)

२)            भाग १ देखि ९७ सम्मको Explanatory Notes

३)            विस्व भन्सार संगठनका निर्णयहरु

४)           Hs/Aphabetical Index

५)          Hs\ Commodity Database (CDROM)

६)           WCO बाट प्रमाणित Compendium एवं Brochure हरु

मालवस्तुको हार्मोनिक कोड नम्वर सम्बन्धमा आयात/निर्यातकर्ताले के कस्तो कुरामा ध्यान पु¥याउनु पर्दछ ?

मालवस्तुको पूरा विवरण आफूले पेश गर्ने कागजातमा उल्लेख गर्ने र प्रज्ञापनपत्रमा पूरा विवरण घोषणा गर्नु पर्दछ । यस सम्बन्धमा भन्सार कार्यालयबाट थप विवरण वा विश्लेषण प्रतिवेदन एवं प्राविधिक स्पेशिफिकेशन माग भएमा त्यस्ता विवरण पनि उपलब्ध गराई वास्तविक वर्गीकरणको लागि भन्सार कार्यालयलाई सहयोग गर्नु पर्दछ ।

वर्गीकरणमा चित्त नवुझेमा पुनरावलोकनको व्यवस्था छ छैन ?

चित्त नवुझे निकासी/पैठारीकर्ताले विभागका महानिर्देशक समक्ष वर्गीकरणको लागि ३० दिन भित्र निवेदन दिन सक्ने व्यवस्था छ |

 

महानिर्देशकबाट गरिने वर्गीकरणका आधारहरु के के हुन् ?

१)            विश्व भसार संगठनको हार्माेनाइज्ड सिष्टम

२)            सम्बन्धित विशेषज्ञ वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायको राय सुझाव ।

वर्गीकरण सम्बन्धमा द्विविधा भएको अवस्थामा मालवस्तु छुटाउन सकिने के कस्तो व्यवस्था छ ?

यस्तो परिस्थितिमा तत्कालीन अवस्थामा भन्सार कार्यालयले उपयुक्त ठहराएको शीर्षक/उपशीर्षक बमोजिम लाग्ने महसुल, कर, शुल्क आदि धरौटीमा राखि मालवस्तु छुटाउन सकिन्छ। वर्गीकरणको अन्तिम निर्णय भएपछि सो वमोजिम लाग्ने महसुल धरौटीबाट सदरस्याहा गरी  धरौटी फुकुवा गरिन्छ ।

मालवस्तुको बर्गीकरणउपर पुनरावलोकन हुने व्यवस्था छ, छैन ?

भन्सार अधिकृतले गरेको मालवस्तुको बर्गीकरणउपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो मालवस्तु जाँचपास भएको मितिले ३० दिनभित्र पुनरावलोकनका लागि महानिर्देशकसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।


भन्सार मूल्याङ्कन

कारोवार मूल्य भनेको के हो ?

क्रेताले मालवस्तु खरिद गरे वापत विक्रेतालाई तिरेको वा तिर्नु पर्ने वास्तविक मूल्य हो ।

कारोवार मूल्यमा के कस्ता खर्चहरु जोडिन्छन् ?

                क)          मध्यस्त कर्ता वा दलालको कमिशन

                ख)          कन्टेनर खर्च

                ग)           प्याकिङ्ग चार्ज

                घ)           पैठारी गर्ने भन्सार विन्दुसम्मको ढुवानी खर्च

                ङ)           पैठारी गर्ने भन्सार विन्दुसम्मको लोडिङ्ग÷अनलोडिङ्ग÷ह्याण्लिङ्ग खर्च

                च)           पैठारी गर्ने भन्सार विन्दुसम्मको वीमा सम्बन्धी खर्च

                छ)          अन्य सम्वद्ध खर्चहरु

कुनै आयातकर्ताले आयात गरेको मालवस्तुको मूल्याङ्कनको आधार के हो ?

मालवस्तुको भन्सार मूल्याङ्कन सामान्यतः सोही देशको राष्ट्रिय कानूनका आधारमा गरिन्छ । तर विश्व व्यापार संगठनको सदस्य मुलुकले ध्त्इ ले निर्धारण गरेको मूल्याङ्कनका सिद्धान्तहरुलाई आफ्नो राष्ट्रिय कानूनमा भन्सार मूल्याङ्कनको आधारका रुपमा समावेश गर्नु पर्दछ ।

WTO को मूल्याङ्कन सिद्धान्तका आधार के के हुन् ?

१)            व्यापार तथा महसुल सम्बन्धी सामान्य संझौता , १९९४ को धारा ७

२)            व्यापार तथा महसुल सम्बन्धी सामान्य संझौता, १९९४ को धारा  ७ को कार्यान्वयनका लागि भएको संझौता जसलाई छोटकरीमा भन्सार मूल्याङ्कन संझौता भनिन्छ ।

३)            उरुग्वे राउण्डको मन्त्रीस्तरीय निर्णय (घोषित मूल्यको सत्यतामा भन्सार प्रशासनलाई शंका लाग्ने कारण भएमा घोषित मूल्यलाई अस्वीकार गर्न सक्ने प्रावधान ।

भन्सारमा मालवस्तुको मूल्याङ्कन गर्ने विधिहरु के के हुन् ?

मूल्याङ्कनको आधार वस्तुको कारोवार मूल्य नै हो । यसमा भन्सार मूल्याङ्कनका ६ वटा विधिहरु छन् । ती हुन् ः

                १)            कारोवार मूल्य विधि

                २)            समरुपका मालवस्तुको कारोवार मूल्य विधि

                ३)            मिल्दोजुल्दो मालवस्तुको कारोवार मूल्य विधि

                ४)            डिडक्टिव मूल्य विधि

                ५)            कम्प्युटेड मूल्य विधि

                ६)            मनासिव आधार विधि

भन्सार मूल्याङ्कनका विधिहरुको प्रयोग कसरी गरिन्छ ?

१ देखि ६ सम्म उल्लेख भएका विधिहरु क्रमवद्धतामा राखिएका हुन् । मालवस्तुहरुको कारोवार मूल्यको आधारमा नै मूल्य निर्धारण गर्नु पर्दछ । यो सम्भव नभए दोश्रो विधि अपनाउनु पर्दछ । यी क्रमैसंग तेश्रो देखि छैठौं सम्मको विधि अवलम्वन गर्नु पर्दछ ।

यी विधिहरुको क्रमवद्धतालाई उल्टो गर्न सकिदैन ?

१ देखि ३ सम्मका विधिलाई  उल्टाउन सकिदैन तर ४ र ५ विधिको हकमा आयातकर्ताले माग गरे भन्सार अधिकारीले स्वीकृति प्रदान गरेको अवस्थामा मात्र उल्टाउन सक्ने व्यवस्था गरिएको छ ।

छैठौं विधिको मनासिव आधार के हो त ?

यो विधि तत्काल अवस्थामा उत्पन्न भएको परिस्थितिलाई अस्थायी रुपमा निराकरण गर्नको लागि राखिएको  हो । यो अन्ततः विधि कारोवार मूल्यनै हो ।

कारोवार मूल्य विधि अपनाउनको लागि आवश्यक शर्तहरु के के हुन् ?

१)            मालवस्तुको विल विजक, विक्री संझौता, खरिद आदेश आदि हुनु पर्ने

२)            त्यस्तो मालवस्तु निकासी पैठारीका लागि प्रतिवन्धित/निषेधित नभएको हुनु पर्ने

३)            निकासीकर्ताले पैठारीकर्तालाई कुनै शर्तका अधिनमा विक्री गरेको हुनु हुँदैन

४)            मूल्यमा प्रभाव पार्न सक्ने गरी निकासीकर्ता र पैठारीकर्ता एक आपसमा सम्बन्धित हुनु हुदैन ।

कारोवार मूल्यमा समावेश गर्न नपाइने खर्चहरु के के हुन् ?

१)            पश्चगामी छुट वाहेक मूल्यमा दिईएका सवै छुटहरु ।

 २)            विजकमा उल्लेख गरिएका निम्न खर्चहरु

        क)          किस्तावन्दीमा भुक्तानी गर्नका लागि लाग्ने व्याज

        ख)          मालवस्तु पैठारी भै सकेपछि लाग्ने ढुवानी, फिटिङ्ग, निर्माण आदिमा लाग्ने खर्च

        ग)           पैठारी भएको मुलुकमा लाग्ने कर महसुलहरु

पैठारी भएको मालवस्तुको विजक विदेशी मुद्रामा हुने हुँदा मालवस्तुको मूल्याङ्कनको हिसाव कसरी गरिन्छ ?

विदेशी मुद्रालाई विनिमय दरले हिसाव गरी स्थानीय मुद्रामा परिवर्तन गरिन्छ । यस्तो विनिमय दर अधिकार प्राप्त निकायले प्रकाशित गरेको सूचनालाई आधार मानिन्छ । यो विनिमय दर कुन वेलाको कायम हुने भन्ने विषय मुलुकै पिच्छे फरक फरक छन् ।

नेपालको सन्दर्भमा विनिमय दर कसरी कायम गरिन्छ ?

नेपालको लागि विनिमय दर तोक्ने आधिकारिक संस्था नेपाल राष्ट्र बैंक हो । यसले दिनहुँ विनिमय दरको सूचना सार्वजनिक गर्दछ । नेपालमा मालवस्तु भन्सारमा प्रज्ञापनपत्र दर्ता वा कम्प्यूटरमा प्रविष्टि गर्दाको दिनमा कायम भएको विनिमय दरलाई आधार मानी महसुल  लगाइन्छ ।

समरुप मालवस्तुहरुको कारोवार मूल्य विधि कस्तो अवस्थामा अपनाइन्छ ?

कारोवार मूल्यको आधारमा मूल्याङ्कन गर्न सम्भव नभएको अवस्थामा त्यही समयमा या केही अघि पैठारी भएका समरुपको वस्तुको कायम भएको मूल्यलाई आधार मानी भन्सार मूल्य कायम गर्न यो विधि अपनाइन्छ ।

मालवस्तु समरुप हुनको निम्ति के कस्ता कुराहरु मिल्नु पर्दछ ?

१)            भौतिक विशेषता, गुण र ख्यातिमा समान हुनु पर्दछ ।

२)            एउटै मुलुकमा उत्पादन भएको हुनु पर्दछ ।

३)            एउटै उत्पादकले उत्पादन गरेको हुनु पर्दछ ।

ज्यादै न्यून भिन्नता र अर्कै उत्पादकको मालवस्तुको हकमा के हुन्छ ?

मालवस्तुको मूल्यमा कुनै असर नपर्ने भएमा यसलाई वीचार गर्न सकिन्छ र एउटै उत्पादकको वस्तुको कारोवार मूल्य नभएमा अरु अवस्था पूरा भएमा भिन्न उत्पादकको मालवस्तुको मूल्यलाई पनि वीचार गर्न सकिन्छ ।

उस्तै प्रकारको मालवस्तुको कारोवार मूल्य विधि कति वेला अपनाइन्छ ?

पहिलो विधि कारोवार मूल्य र दोश्रो विधि समरुप विधि अवलम्वन गर्न नसकिएको परिस्थितिमा मात्र यो तेश्रो विधि (उस्तै प्रकारको मालवस्तु) अपनाइन्छ ।

मालवस्तुलाई उस्तै प्रकारको मान्नको लागि के कस्ता गुणहरु विद्यमान हुनु पर्दछ ?

१)            उस्तै काममा प्रयोग हुने र व्यापारिक दृष्टिकोणले अन्तर परिवर्तनीय

२)            एउटै मुलुकमा उत्पादन भएको

३)            एउटै उत्पादकद्धारा उत्पादित

माथिको विशेषताहरु मध्ये उत्पादक भिन्नै भए पनि अरु गुणहरु मिलेको खण्डमा उस्तै प्रकारको मालवस्तु मान्न सकिन्छ । मालवस्तुको कार्य, विशेषता, र गुण समान भएमा र व्यापारिक दृष्टिकोणले एक अर्कासंग फरक भए पनि उस्तै प्रकारको मालवस्तुको रुपमा लिन सकिन्छ ।

Deductive Value Method कति वेला अपनाइन्छ ?

मूल्याङ्कनको विधि १ देखि ३ सम्मको व्यवस्था अवलम्वन गर्न नसकिएको अवस्थामा यसलाई उपयोग गरिन्छ । यसका लागि पैठारीकर्ताको मुलुकमा विक्री हुने समरुपको वा मिल्दोजुल्दो मालवस्तुको विक्री हुने मूल्यमा निश्चित खर्चहरु घटाएर भन्सार मूल्य कायम गरिन्छ ।

यसका शर्तहरु के हुन् ?

१)            मालवस्तु आयात हुँदाकै अवस्थामा विक्री गरिएको हुनु पर्ने

२)            भन्सार मूल्य कायम गरिने समयको नजिक विक्री गरिएको हुनु पर्दछ

३)            एकदमै नजिकको समयको विक्री उपलब्ध नभएको अवस्थामा बढीमा ९० दिनको विक्री समयलाई पनि लिन सकिन्छ ।

४)            समरुप वा मिल्दोजुल्दो विक्री नदेखिएमा त्यस्तै/त्यस्तो मालवस्तुको फेरि प्रशोधन गरी विक्री गरेको मूल्यलाई पनि आधार लिन सकिन्छ ।

५)            क्रेता  र विक्रेता एक आपसमा सम्बन्धित भएका हुनु हुदैन

६)            सवैभन्दा बढी संख्यामा विक्री गरिएको इकाई मूल्य लगाउनु पर्दछ ।

के कस्ता खर्चहरु घटाई मूल्य निर्धारण गरिन्छ ?

१)            विक्री कमिशन मुनाफा र विक्रीको लागि मूल्यमा जोडिने सामान्य खर्चहरु

२)            पैठारी भएको मुलुकभित्रको ढुवानी, वीमा र यस्तै प्रकारका खर्चहरु

३)            पैठारी वा विक्री गर्दा देश भित्र लाग्ने महसुल एवं करहरु

४)            पुनः प्रशोधन गरी विक्री गरिएको मूल्यलाई लिइएको भए प्रशोधन गर्दा भएको मूल्य अभिवृद्धि

गणना मूल्याङ्कन पद्दति के हो र कुन अवस्थामा अपनाइन्छ ?

यो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको लागतको आधारमा मूल्य कायम गर्ने विधि हो । १ देखि ४ सम्मको विधि अपनाउँदा मूल्य कायम गर्न कठिनाई परेको परिस्थितिमा यो विधि अपनाइन्छ । यसमा मूल्य वा उत्पादन लागतका आधारमा भन्सार मूल्य निर्धारण गरिन्छ ।

यसमा जोडिने खर्चहरु के के हुन् ?

१)            उत्पादन गर्न लाग्ने सामग्री तथा उत्पादन र प्रशोधन खर्च

२)            उस्तै प्रकारको मालवस्तु निकासी गर्ने मुलुकले पैठारी गर्ने मुलुकमा निकासी का लागि विक्री गर्दा लिने मुनाफा र सामान्य खर्चहरु

३)            ढुवानी खर्च, वीमा, लोडिङ्ग अनलोडिङ्ग र ह्याण्डलिङ्ग खर्च (पैठारी गर्ने मुलुकको ऐन कानूनमा यस्तो खर्च भन्सार मूल्यमा समावेश गर्ने व्यवस्था भएमा मात्र)

गणना प्रक्रियाको कठिनाईहरु के के हुन् ?

मालवस्तुको उत्पादनमा लागेको पूर्ण विवरण उत्पादक कम्पनीले उपलब्ध गराउनु पर्दछ । यसलाई पैठारी भएको मुलुकको सम्वन्धित भन्सार अधिकारीले जाँचबुझ गर्नु पर्दछ । उत्पादक अर्कै मुलुकको हुने भएकोले उत्पादक देशले लागत विवरणका सम्बन्धमा वाधा नगरे मात्र यो संभव छ ।

भन्सार मूल्याङ्कनको मनासिव वा उपयुक्त वा औचित्यपूर्ण विधि भनेको कस्तो विधि हो ?

१ देखिको ५ सम्मको विधिबाट मूल्य कायम गर्न नसकिएको परिस्थितिमा अन्तिम अस्त्रको रुपमा यसको प्रयोग गरिन्छ । यस विधिमा केही उदारता र लचिलोपना अपनाइन्छ । यस विधिमा भन्सार मूल्याङ्कनका  अघिल्ला विधिहरुको कुनै आधार लिन लागिएकोमा त्यस्ता आधार लिंदा मूल्याङ्कन विधिका क्रमवद्धतालाई ख्याल गर्नु पर्दछ ।

भन्सार मूल्याङ्कनको मनासिव वा उपयुक्त वा औचित्यपूर्ण विधिमा आधार लिन नपाइने विषयहरु के के हुन् ?

१)            आयात गरिएको सामान पैठारी हुने देशमा पनि उत्पादन हुने भई विक्री हुने भएमा त्यस्तो विक्री मूल्य

२)            दुई वैकल्पिक मूल्य मध्ये बढी मूल्य

३)            निकासी गर्ने मुलुकको आन्तरिक बजार मूल्य

४)            पैठारी भएको मुलुक बाहेक अन्य मुलुकमा निकासी गर्दाको मूल्य

५)            न्यूनतम भन्सार मूल्य

६)            काल्पनिक वा स्वविवेकी मूल्य

सम्बन्ध भएका व्यक्तिहरु भन्नाले कस्तो सम्बन्ध भएका व्यक्तिहरुलाई लिइन्छ ?

               १)            एक अर्काको व्यवसायमा अधिकृत वा निर्देशक रहेका व्यक्तिहरु

                २)            कानूनी रुपले व्यवसायमा साझेदारी भएका व्यक्तिहरु

                ३)            काममा नियुक्त गर्ने र काम गर्ने

                ४)            व्यवसायमा कुनै व्यक्तिको ५ प्रतिशत वा सो भन्दा बढी मत वा शेयर भएको व्यक्ति

                ५)            प्रत्यक्ष वा अप्रत्यक्ष रुपले एउटाले अर्काेलाई नियन्त्रण गर्ने भएमा

                ६)            दुवै मिली तेश्रो व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नियन्त्रण गर्ने भएमा

                ७)            एकै परिवारका सदस्यहरु भएमा

                यहाँ उल्लेख भएको व्यक्ति शब्दावलीले कानूनी व्यक्तिलाई समेत जनाउँदछ ।

सम्वन्धित व्यक्ति वीच भएको कारोवारलाई कस्तो अवस्थामा मूल्याङ्कनको लागि मान्यता दिइन्छ ?

१)  त्यस्तो सम्बन्धले मूल्यलाई प्रभाव पारेको छैन भने

२) आयातकर्ताले पेश गरेको कारोवार मूल्य पहिले पैठारी भएका समरुप वा उस्तै प्रकारको मालवस्तुहरुको कारोवार मूल्य वा घटाउने वा गणना प्रक्रियाद्धारा मूल्याङ्कन 

    गरिएको  मूल्याङ्कनसंग करीव मिल्दोजुल्दो छ भनी विक्रीकर्ताले प्रमाणित गरेमा ।

न्यून विजकीकरण अर्थात् विजक मूल्यले कारोवार मूल्यको मान्यता नपाएमा कस्तो कारवाही हुन्छ

निर्धारण गरिएको मूल्य भन्दा विजक मूल्य घटी भएमा

क)          घटी भएजति मूल्यमा पचास प्रतिशत थप भन्सार महसुल लगाई मालवस्तु जाँचपास गर्न सकिन्छ ।

ख)          भन्सार विभागका महानिर्देशकको पूर्व स्वीकृति लिई विजक मूल्यमा पाँच प्रतिशत रकम थप गरी पैठारीकर्तालाई भूक्तानी दिने गरी त्यस्तो मालवस्तु भन्सार

              कार्यालयले खरिद गर्न सकिन्छ ।

भन्सार अधिकृतले निर्धारण÷कायम गरेको मूल्यमा चित्त नबुझे के गर्न सकिन्छ ?

१)            पुनरावलोकनको लागि मूल्याङ्कन पुनरावलोकन समिति समक्ष तोकिएको ढाँचामा १५ दिन भित्र निवेदन दिनु पर्दछ ।

२)            त्यस्तो निवेदनको प्रतिलिपी निवेदन दिएको सात दिन भित्र सम्वन्धित भन्सार कार्यालयमा समेत बुझाउनु पर्दछ ।

पुनरावलोकनको लागि प्राप्त निवेदनमा समितिले कहिले सम्म अन्तिम किनारा लगाउनु पर्दछ ?

९० दिन भित्र किनारा लगाउनु पर्दछ ।

वस्तु विनिमय अन्तर्गत आयात गरिने मालवस्तुको मूल्याङ्कन विधि के हो ?

वस्तुको साटो वस्तु नै हुने भएबाट मूल्य मुद्रामा प्रतिविम्वित हुन पनि सक्छ र नहुन पनि सक्छ । मूल्य उल्लेख नहुने भएकोले कारोवार मूल्य विधि अपनाउन सकिने अवस्था रहेन । मालवस्तुको मूल्य मुद्रामा प्रतिविम्वित भएको अवस्थामा पनि वस्तु विनिमय भएको हुँदा मुद्रामा भूक्तानी नै नभएको परिस्थितिमा कारोवार मूल्य विधि नअपनाई अन्य बाँकी मूल्याङ्कनको विधिलाई अनुसरण गरी मूल्य कायम गरिनु पर्ने हुन्छ ।

मूल्य निर्धारण गर्ने क्रममा लामो समय लाग्ने अवस्थामा भन्सारबाट मालवस्तु छुटाउन के गर्नु पर्दछ ?

भन्सार अधिकृतले त्यस्तो मालवस्तुको सम्बन्धमा अस्थायी मूल्य कायम गरी दिन सक्ने र सो वस्तुमा लाग्ने महसुल धरौटीमा राखि मालवस्तु छुटाउन पाउने व्यवस्था रहेको छ । अस्थायी मूल्य कायम गरिएको ३० दिन भित्र अन्तिम मूल्य निर्धारण गरिसक्नु पर्दछ ।

कारोवार मूल्य वाहेक अन्य विधिबाट गरिएको मूल्याङ्कनका सम्बन्धमा जानकारी पाउने प्रावधान छ छैन ?

छ । विश्व व्यापार संगठनको मूल्याङ्कन सम्बन्धी सिद्धान्तको प्रतिकूल नहुने गरी कारोवार मूल्य वाहेकको अन्य विधिबाट गरिएको मूल्य कायम सम्बन्धमा सम्वन्धित पैठारीकर्तालाई जानकारी दिनु पर्ने व्यवस्था छ ।

भन्सार महसुल तिरी मालवस्तु छुटाई सकेपछि पनि आयातकर्ताले त्यसको अभिलेख राख्न जरुरी छ ?

जरुरी छ । भन्सार जाँचपास भएका मालवस्तुका सम्बन्धमा भन्सार जाँचपास भएको मितिले ४ वर्ष सम्म पनि भन्सार जाँचपास पछिको परीक्षण हुन सक्ने भएकोले विक्री गरेको भए तत्सम्बन्धी अभिलेख लगायत सम्पूर्ण कागजात अध्यावधिक राख्नु पर्दछ ।

भन्सार जाँचपास पछिको परीक्षण भनेको के हो ?

बैदेशिक व्यापारमा संलग्न व्यापारीले भन्सारमा गरेको मालवस्तुको मूल्य घोषणा लगायत विषयहरुमा सत्य तथ्य के छ भनी निजले राखेको खाता, बही, अभिलेख आदिको जाँच गर्ने कार्य नै भन्सार जाँचपास पछिको  परीक्षण हो । मूल्याङ्कनमा हुने घोटाला नियन्त्रण गर्न र यस्ता कुरा पत्ता लगाउने यो प्रभावकारी उपाय पनि हो ।

जाँचपास पछिको परीक्षण गर्ने कानूनी आधार के हो ?

भन्सार ऐन, २०६४ को दफा ३४ ले जाँचपास पछिको परीक्षणको कानूनी व्यवस्था गरेको                 छ ।

जाँचपास पछिको परीक्षण कसले गर्दछ ?

                १)            महानिर्देशकले तोकेको अधिकारी

                २)            भन्सार जाँचपास परीक्षण कार्यालय

                ३)            भन्सार अधिकृत

जाँचपास पछिको परीक्षणमा कैफियत देखिन सक्ने संभाव्य कुराहरु के के हुन् ?

१)            घोषणा गरेको भन्दा भिन्न मालवस्तु

२)            घोषणा अनुरुप मालवस्तुको घटी परिमाण

३)            कायम भएको भन्दा भिन्न मूल्य

जाँचपास पछिको परीक्षण मा कैफियत देखिएमा के कस्तो सजाय हुन्छ ?

मूल्याङ्कन कम भई राजस्व घटी भएको प्रमाणित भएमा त्यस्तो घटी मूल्यको छुट कर महसुल र घटी भए जति मूल्यमा शतप्रतिशत थप महसुल असुल गरी प्रचलित कानून बमोजिम कारवाही हुन्छ ।

पुराना मालवस्तु आयात हुँदा भन्सार मूल्यांकन पद्दतिको कुन विधि आकर्षित हुन्छ ?

पुराना मालवस्तुको मूल्यांकनमा कारोवार मूल्य लागू गर्न मिल्दैन । भन्सार अधिकृतले मनासिव विधि अपनाई यसको मूल्यांकन गर्दछन् ।

नेपालबाट विदेशमा निकासी गरिने मालवस्तुको भन्सार मूल्यांकन कसरी गरिन्छ ?

निकासीकर्ताले घोषणा गरेको विजक मूल्यलाई नै भन्सार मूल्य मानी मूल्य निर्धारण   गरिन्छ । तर नेपाल सरकारले निकासी हुने मालवस्तुको मूल्य निर्धारण गर्न आवश्यक ठानेमा कुनै मालवस्तुका सम्बन्धमा राजपत्रमा सूचना प्रकाशन गरी मूल्य तोक्न सक्दछ ।

विभिन्न मालवस्तुको मूल्यांकन सम्बन्धी पुस्तक हालका वर्षहरुमा प्रकाशन तथा वितरणमा किन नल्याइएको हो ?

पैठारी गरिने मालवस्तुको भन्सार मूल्य कारोबार मूल्यको आधारमा निर्धारण हुने भएकाले पुस्तक प्रकाशनको आवश्यकता नभएको हो ।

मूल्यांकनका सम्बन्धमा भन्सार अधिकृतले गरेको निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले कति दिनभित्र पुनरावलोकनका लागि निवेदन दिनु पर्छ ?

निर्णय वा आदेश भएको मितिले ३० दिन भित्र मूल्यांकन पुनरावलोकन समिति समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

मूल्यांकन पुनरावलोकनको लागि कस्तो ढाँचामा निबेदन दिनु पर्दछ ?

भन्सार अधिकृतले मूल्यांकनसम्बन्धमा गरेको निर्णय वा आदेशउपर चित्त नबुझी मूल्यांकन पुनरावलोकन समिति समक्ष निबेदन दिंदा भन्सार नियमावलीको अनुसूची– ८ बमोजिमको ढाँचामा निबेदन दिनु पर्दछ ।


भन्सार एजेण्ट सम्बन्धी व्यवस्था

भन्सार एजेण्ट भनेको के हो ?

निकासी वा पैठारीको लागि भन्सारमा ल्याईएको मालवस्तु छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेण्ट वा प्रतिनिधिको रुपमा काम गर्ने भन्सार विभाग वा भन्सार कार्यालयबाट इजाजतपत्र प्राप्त व्यक्तिलाई भन्सार एजेण्ट भनिन्छ ।

के भन्सार एजेण्ट मालवस्तुको धनी मानिन्छ ?

निकासी वा पैठारी सम्बन्धी कार्य गर्नको लागि मालवस्तुको धनीबाट अख्तियारी प्राप्त भन्सार एजेण्ट सो प्रयोजनको लागि मालवस्तुको धनी सरह मानिन्छ ।

भन्सार एजेण्टको इजाजत लिन के कस्तो प्रक्रिया अपनाउनु पर्दछ ?

भन्सार एजेण्टको इजाजत लिन चाहने व्यक्तिका लागि भन्सार विभागले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आव्हान गर्दछ । एजेण्टका लागि तोकिएको योग्यता पुगेको व्यक्तिले निर्धारित ढाँचामा फाराम भरी तोकिए बमोजिमको शुल्क संलग्न गरी भन्सार विभाग वा भन्सार कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

भन्सार एजेण्टका लागि तोकिएको योग्यता के के हुन् ?

१)            २१ वर्ष उमेर पुगेको

२)            स्नातक वा सो सरह उतिर्ण गरि कम्पुटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको

३)            नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको

४)            कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको ।

भन्सार एजेण्टको छनौट प्रक्रिया के हुन् ?

लिखित र अन्तरवार्ता ।

भन्सार एजेण्टको इजाजतपत्र वापत के कति रकम बुझाउनु पर्दछ ?

इजाजत दस्तुर वापत सात हजार रुपैया र धरौटी वापत सात लाख रुपैया नगद वा सो रकम वरावरको बैंक जमानत बुझाउनु पर्दछ ।

भन्सार एजेण्टको इजाजतपत्रको म्याद कति हुन्छ ?

एक आर्थिक वर्षसम्म कायम रहन्छ ।

भन्सार एजेण्टको इजाजतपत्र नवीकरण गर्न सकिन्छ/सकिदैन ? सकिने भए कस्तो प्रक्रिया छ ?

सकिन्छ । प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रुपैया तिरी आयकर तिरेको प्रमाण र बैंक जमानत भए इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैंक जमानत समेत राखि सम्वन्धित निकायमा निवेदन दिनु पर्दछ ।

एक भन्दा बढी आर्थिक वर्षको लागि भन्सार एजेण्टका इजाजतपत्र कायम राख्न सकिन्छ वा सकिदैन ?

सकिन्छ । तीन आर्थिक वर्षको निम्ति एकै पटक भन्सार एजेण्टका इजाजतपत्र नवीकरण दस्तुर एकमुष्ट तिरेर र बैंक ग्यारेन्टी भए सोही बमोजिम बैंक जमानतको म्याद भएको कागजात संलग्न गर्नु पर्दछ ।

आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण गर्न नसक्नेको हकमा भन्सार एजेण्टको इजाजतपत्र नवीकरणको के व्यवस्था छ ?

आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण गर्न नसक्नेको हकमा म्याद समाप्त भएको मितिले एक वर्ष भित्र तीन हजार रुपैया थप शुल्क तिरी नवीकरण गरिसक्नु पर्दछ । सो म्याद भित्र समेत पनि नवीकरण नगराइएको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ ।

भन्सार एजेण्टको इजाजतपत्र रद्द भएपछि पुनः जगाउने कुनै व्यवस्था छ ?

शुरु देखिको प्रक्रियाको मार्ग

भन्सार एजेण्टको इजाजतपत्र नवीकरण गर्ने प्रक्रियामा रहेको अवस्थामा भन्सार एजेण्टको हैसियत के हुन्छ ?

यस्तो अवस्थामा भन्सार एजेण्टको हैसियतले कुनै काम गर्न पाइदैन ।

भन्सार एजेण्ट उपर गरिने दण्ड सजायको अतिरिक्त अन्य कारवाही पनि छ ?

छ । यस्तोमा १) भन्सार एजेण्टलाई भन्सार अधिकृतले एक महिना देखि छ महिना सम्म निलम्वन गर्न सक्ने ।

२)            यस्तो निलम्वनको कारवाहीमा तेश्रो पटकसम्म पनि परेमा भन्सार अधिकृतले निजको इजाजतपत्र रद्द गर्न सक्ने ।

भन्सार एजेण्टको इजाजतपत्र निलम्वन वा रद्दका विरुद्ध सुनुवाईको व्यवस्था छ, छैन ?

छ । निलम्वन गर्नु अघि वा इजाजतपत्र रद्द गर्नु अघि निजलाई मनासिव माफिकको सफाई पेश गर्ने मौका प्रदान गरिन्छ ।

निलम्वन अवधिको भन्सार एजेण्टको हैसियत के रहन्छ ?

निजले भन्सार सम्बन्धी कुनै काम गर्न पाउँदैन ।

इजाजतपत्र रद्द गरिएको परिस्थितिले के असर पर्दछ ?

यसरी इजाजतपत्र रद्द गरिएको परिस्थितिमा त्यस्तो भन्सार एजेण्टले पुनः भन्सार एजेण्टको इजाजतपत्र प्राप्त गर्न सक्दैन ।

निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपर निवेदन गर्न सक्ने व्यवस्था छ/छैन ?

छ । इजाजतपत्र निलम्वन वा रद्द वा जरिवाना गर्ने गरी निर्णय उपर चित्त नवुझे भन्सार एजेण्टले भन्सार विभागका महानिर्देशक समक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपर निवेदन दिने कुनै समयावधि तोकिएको छ ?

छ । त्यस प्रकारको निर्णय भएको मितिले पैतीस दिन भित्र निवेदन दिई सक्नु पर्दछ ।

महानिर्देशकबाट कति समयमा निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपरको निवेदनमा निर्णय हुन्छ ?

त्यस्तो निवेदन उपर सामान्यतया तीसदिन भित्र निर्णय दिनुपर्ने व्यवस्था रहेको छ ।

महानिर्देशकको निर्णय उपर चित्त नवुझेमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ?

छैन । महानिर्देशकबाट तत्सम्बन्धमा गरिएको निर्णय अन्तिम हुन्छ ।

भन्सार एजेण्टले आफ्नो अनुपस्थितिमा प्रतिनिधि राख्न सक्छ/सक्दैन ?

एक जना प्रतिनिधि राख्न पाउने व्यवस्था छ । तर त्यस्तो व्यक्तिको योग्यता भने भन्सार एजेण्टको लागि निर्धारण गरिएको योग्यता बमोजिम नै हुनु पर्दछ ।

प्रतिनिधि राख्नको लागि/नियुक्त गर्नको लागि के कस्तो प्रक्रिया अपनाउनु पर्दछ ?

कुनै एक जना व्यक्तिलाई प्रतिनिधिको रुपमा नियुक्त गर्न चाहने भन्सार एजेण्टले भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिनु पर्दछ । प्रमुखले सम्बन्धित एजेण्ट र प्रतिनिधि व्यक्तिलाई उपस्थित गराई आवश्यक अनुमति दिन सक्ने प्रावधान छ ।

प्रतिनिधिको रुपमा नियुक्त गरिएको व्यक्तिले एक भन्दा बढी भन्सार कार्यालयमा एजेण्टको प्रतिनिधिको रुपमा काम गर्न पाउँछ/पाउँदैन ?

पाउँदैन ।

एउटै भन्सार कार्यालयमा एकजना प्रतिनिधि नियुक्ति गरिसकेको अवस्थामा अर्काे थप एक जना प्रतिनिधि नियुक्ति गर्न पाइन्छ वा पाइदैन ?

एक जना नवढ्ने गरी भन्सार एजेण्टको लागि तोकिएको/निर्धारण गरिएको योग्यता पुगेको व्यक्तिलाई पहिलो प्रतिनिधिका सम्बन्धमा अपनाइएको प्रक्रिया अनुसार नियुक्ति गर्न सकिन्छ तर त्यस्तो प्रतिनिधि नियुक्त गर्नको लागि भन्सार एजेण्टको इजाजतपत्र लिंदाका अवस्थामा झैं रु. सात हजार इजाजतपत्रको शुल्क वापत र रु.सातलाख रुपैया नगद वा बैंक प्रत्याभूति राख्नु पर्ने अनिवार्यता छ ।

भन्सार एजेण्टको प्रतिनिधिको रुपमा नियुक्त गरिएको प्रतिनिधिको हैसियत के हुन्छ ?

निजले प्रतिनिधिको हैसियतले गरेको काम कर्तव्यको सम्पूर्ण जिम्मेवारी निजलाई नियुक्त गर्ने भन्सार एजेण्टमा रहन्छ ।

भन्सार एजेण्टको इजाजतपत्र रद्द हुने अवस्था के के हुन् ?

१)            झुठा विवरण वा कागजात पेश गरेकोमा

२)            कुनै अदालतबाट फौजदारी अभियोगमा दोषी प्रमाणित भएमा

कसले भन्सार एजेण्ट नियुक्त गर्न सक्दछ ?

कुनै निकासी/पैठारीकर्ता वा माल धनी स्वयं भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्यहरु गर्न नसक्ने भए निजले तत्सम्बन्धी कार्यहरु गर्नका लागि भन्सार एजेण्ट नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सरकारी कार्यालय वा संस्था वा निकायको हकमा भन्सार एजेण्ट सम्वन्धमा कस्तो व्यवस्था छ ?

सरकारी कार्यालय वा नेपाल सरकारको पूर्ण/आंशिक स्वामित्व भएको संस्था/निकाय रहेछ भने सम्बन्धित निकायले निर्णय गरी तोकेको कार्यालय वा संस्था वा निकायको वहालवाला कर्मचारीले भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्य गर्न पाउने व्यवस्था छ ।

निकासी/पैठारीकर्ता प्रचलित कानून बमोजिम दर्ता भएको कुनै फर्म/कम्पनी/संगठित संस्था/निकाय रहेको हकमा कस्तो व्यवस्था छ ?

यसमा सम्वन्धित निकायको संचालक/साझेदार/कार्यकारी प्रमुख/प्रशासकीय प्रमुखले तोकेको सम्बन्धित संस्थाको अधिकृतस्तरको कर्मचारी प्रतिनिधिले भन्सार कार्यालयमा उपस्थिति भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्य गर्न सक्ने व्यवस्था  छ ।

निकासी/पैठारीकर्ताले भन्सार एजेण्ट नियुक्ति गर्ने प्रक्रिया कस्तो छ ?

निकासी/पैठारीकर्ता र सम्बन्धित भन्सार एजेण्टको फोटो सहितको निर्धारित फाराम भर्नु पर्दछ । फारामका साथ संलग्न कागजातहरुमा

१)            भन्सार एजेण्टको इजाजतपत्र

२)            एजेण्टको नियुक्तिपत्रमा दस्तखत गर्ने व्यक्ति आधिकारिक निकासी/पैठारीकर्ता भएको पुष्टि गर्ने प्रमाण

३)            स्थायी लेखा नम्वर प्रमाणपत्रको प्रतिलिपि

४)            फर्म/कम्पनी/संगठित संस्था/निकायको हकमा दर्ताको प्रमाणपत्र

भन्सार एजेण्ट नियुक्तिको फाराम कहाँ बुझाउने र त्यसको टुंगो कसरी लाग्दछ ?

आफ्नो मालवस्तु निकासी/पैठारी हुने भन्सार कार्यालयका प्रमुख समक्ष पेश गर्नु पर्दछ । संलग्न कागजातहरुको आधिकारिकताको लागि भन्सार प्रमुखले सक्कल कागजातको माग गर्न सक्ने र सम्पूर्ण ठीक दुरुस्त भएमा र सम्वन्धित भन्सार एजेण्टलाई काम गर्न दिन हुने देखिएमा स्वीकृत प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

कुनै भन्सार एजेण्टको हकमा काम गर्न दिन स्वीकृति प्रदान नगरिएको अवस्थामा के हुन्छ ?

त्यस्तो भन्सार एजेण्टलाई काम गर्न दिन हुने नदेखिएमा त्यस्तो नियुक्तिपत्र रद्द गरी सोको लिखित जानकारी सोही भन्सार एजेण्ट मार्फत निकासी/पैठारीकर्तालाई दिनु पर्ने व्यवस्था छ ।

सोही भन्सार कार्यालयमा सोही एजेण्टलाई पुनः नियुक्ति गर्दाको प्रक्रिया के छ ?

१)            नवीकरण गर्नु नपर्ने प्रकृतिका कागजात पुनः पेश गर्नु पर्दैन

२)            निकासी/पैठारीकर्ता प्राकृतिक व्यक्ति भए निजले नियुक्ति गरेको भन्सार एजेण्टको नवीकरण भएको इजाजतपत्र, नागरिकताको प्रमाणित प्रतिलिपि र स्थायी

               लेखा नम्वरको प्रमाणपत्र लिने कर्तव्यको व्यक्ति भए सोको प्रतिलिपि उपलब्ध गराए पुग्दछ ।

 

भन्सारबाट मालवस्तु जाँचपास गराउदा एजेन्ट राख्नु अनिवार्य छ ?

निकासीकर्ता वा पैठारीकर्ता भन्सार कार्यालयमा आफै उपस्थित भै मालवस्तु जाँचपास गराउन सक्छन । यस्तो अवस्थामा भन्सार एजेन्ट नियुक्त गरिरहनु आवस्यक छैन ।

भन्सार एजेन्टको इजाजतपत्र कति बर्ष सम्मका लागि नवीकरण गराउन सकिन्छ ?

इजाजतपत्रवालाले चाहेमा तीन आर्थिक बर्षका लागि एकैपटक नवीकरण गराउन सक्छन ।


चोरी निकासी/पैठारी, गलत घोषणा र दण्ड जरिवाना

चोरी निकासी/पैठारी भन्नाले कस्तो कार्यलाई बुझाउँदछ ?

भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल  नतिरी, लुकाई छिपाई वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि भन्सारको प्रक्रिया पूरा नगरी देश वाहिर पठाउने/ल्याउने कार्य हो ।

भन्सार प्रक्रिया भनेको के हो ?

भन्सार महसुल लाग्ने वा नलाग्ने सवै प्रकारका निकासी/पैठारी हुने मालवस्तुको घोषणा गर्नु पर्दछ । यसका लागि भन्सार प्रज्ञापनपत्रमा विवरणहरु भर्नु पर्ने हुन्छ । मालवस्तुको जाँच पश्चात महसुल लाग्ने जतिमा महसुल लगाई, नलाग्नेमा सोही अनुसार प्रज्ञापनपत्रमा जनाई मालवस्तु जाँचपास हुन्छ । यसैलाई भन्सार प्रक्रिया भनिएको हो ।

चोरी निकासी/पैठारी गरेमा के कस्तो सजाँय हुन्छ ?

चोरी निकासी/पैठारी गरेको प्रमाणित भएमा त्यस्तो मालवस्तु जफत गरी त्यस्तो कार्य गर्ने व्यक्तिलाई मालवस्तुको विगो (मूल्य) बमोजिम जरिवाना वा कैद वा दुवै सजाय समेत हुन सक्छ ।

विगो र कैदको परिमाण के छ ?

१)            पच्चीस हजार देखि एक लाख रुपैयासम्मको विगोमा दुई महिनासम्म कैद

२)           एक लाख देखि बढीमा पाँचलाख रुपैया सम्मको विगोमा दुई महिना देखि छ महिना सम्म कैद

३)           पाँचलाख भन्दा बढी पच्चीस लाख रुपैयासम्मको विगोमा चार महिना देखि एक वर्षसम्म कैद सजाँय

४)           पच्चीस लाख भन्दा बढी पचास लाख रुपैयासम्मको विगोमा आठ महिना देखि दुई वर्ष सम्म कैद

५)           पचास लाख भन्दा बढी एक करोड रुपैयासम्मको विगोमा एक वर्ष देखि तीन वर्षसम्म कैद

६)            एक करोड रुपैया भन्दा बढी विगोमा दुई वर्ष देखि पाँच वर्ष सम्म कैद ।

चोरी निकासी/पैठारीमा मालवस्तु ढुवानी गर्ने सवारी/ढुवानी साधनको मालिक एवं सवारी चालकलाई सजाँयको के व्यवस्था छ ?

त्यस्तो मालवस्तु ढुवानी गर्न प्रयोग भएको ढुवानी/सवारी साधन जफत हुन्छ । यदि त्यस्तो कार्य सो सवारी/ढुवानी साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने निजलाई एक वर्ष सम्म कैद सजाँय हुन्छ तर सवारी/ढुवानी साधनको मालिकको जानकारी/सहमति विना चालकले जानाजानी प्रयोग गरेको रहेछ भने त्यस्तो चालकलाई पाँच हजार रुपैयासम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाँय हुन सक्ने व्यवस्था छ ।

चोरी निकासी/पैठारीका कार्यमा मद्दत गर्ने वा उक्साउने व्यक्तिलाई के कस्तो सजाँय हुन्छ ?

चोरी निकासी/पैठारी कार्यमा मद्दत गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई पनि कसूरदारलाई सरह सजाँय हुने व्यवस्था छ ।

कसैले चोरी पैठारी गरिएको मालवस्तु लुकाएमा/राखेमा के कस्तो सजाँय हुन्छ ?

त्यस्तो मालवस्तु जफत गरी सम्बन्धित व्यक्तिलाई दश हजार रुपैयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

कुनै निकासीकर्ता/पैठारीकर्ता/भन्सार एजेन्टले मालवस्तुको घोषणा सही गरेपनि परिमाण घटी गरी घोषणा गरेमा के सजाँय हुन्छ ?

परिमाण घटी घोषणा गरिए जति मालवस्तुको मूल्यको शतप्रतिशत जरिवाना गरी लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सकिने व्यवस्था छ ।

मालवस्तु घोषणा सही भएपनि उत्पत्तिको मुलुक फरक पारेको खण्डमा के हुन्छ ?

त्यस्तो मालवस्तुमा लाग्ने महसुलको २५ प्रतिशत रकम जरिवाना गरिन्छ र लाग्ने महसुल लिई मालवस्तु जाँचपास गरिन्छ ।

मालवस्तुको वास्तविक परिमाण भन्दा बढी परिमाण घोषणा गरेमा के हुन्छ ?

बढी घोषणा गरिए जति मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना हुन्छ र सोही व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरि जाँचपास गरिन्छ ।

मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर मध्ये सवै वा कुनै विवरण फरक पारि घोषणा गरेकोमा के हुन्छ ?

त्यस्तो मालवस्तु जफत गरी विगो बमोजिमको जरिवाना हुन्छ ।

कुनै मालवस्तु घोषणा नै नगरेको अवस्थामा के हुन्छ ?

घोषणा नै नगरेको मालवस्तुको मूल्य वरावर जरिवाना हुन्छ र त्यस्तो मालवस्तु जफत पनि गर्न सकिने वा मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना गरी लाग्ने महसुल असुल गरी मालवस्तु जाँचपास गर्न सकिने व्यवस्था छ ।

कसैले भन्सार कार्यालमा जालसाजी, किर्ते वा नक्कली कागजात पेश गरी महसुल वा राजश्वमा हानी नोक्सानी पु¥याएमा वा पु¥याउने कोशिश गरेमा कस्तो सजाँय हुन्छ ?

त्यसरी हानी नोक्सानी पु¥याएको वा पु¥याउने प्रयत्न गरेको महसुल वा राजश्व रकमको दुई सय प्रतिशत जरिवाना वा छ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाँय हुन्छ र सरकारी कागजात किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारवाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्ने प्रावधान छ ।

मालवस्तु धनी वा निजको एजेन्टले भन्सार गोदाममा रहेको मालवस्तु चोरी गर्ने वा मालवस्तुमा नोक्सानी पु¥याउने मनसायले खोलेमा कस्तो कारवाही हुन्छ ?

त्यस्तो प्रकारको कार्य गरेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैया सम्म जरिवाना गर्न सक्ने अधिकार छ ।

भन्सार कार्यालयको स्वीकृति वेगर गोदाममा रहेको मालवस्तु/सामान हटाएमा वा लगेमा के कारवाही हुन्छ ?

यस्तोमा विगो बमोजिम जरिवाना र छ महिनासम्म कैद वा दुवै सजाँय गर्न सक्ने भन्सार अधिकृतलाई अधिकार रहेको छ ।

भन्सार कार्यालयको कार्य संपादनमा प्रयोग गरिएको लिखत, छाप, लाहा वा सील छाप, दस्तखत, अरु कुनै चिन्ह वा संकेत किर्ते गरेमा वा वदलेमा वा नष्ट गरेमा के कस्तो कारवाही हुन्छ ?

त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैयासम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाँय हुने व्यवस्था छ । सरकारी कागजात किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारवाहीका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्ने कानूनी व्यवस्था छ ।

भन्सार गोदाममा रहेका मालवस्तु जिम्मा रहेको कर्मचारी वा व्यक्तिले लापरवाहीपूर्वक हराएमा वा जानाजानी नोक्सानी गरेमा के कस्तो कारवाहीको व्यवस्था छ ?

त्यस्तो कर्मचारी/व्यक्तिबाट मालवस्तुको मूल्य र लाग्ने महसुल असुल गरी पाँच हजार रुपैयासम्म जरिवाना हुने व्यवस्था छ ।

अनधिकृत कर्मचारीले भन्सार गोदाममा रहेको मालवस्तु हटाएमा वा हटाउने आदेश दिएमा के कस्तो कारवाही हुन्छ ?

भन्सार अधिकृतले त्यस्तो कर्मचारीलाई पाँच हजार रुपैयासम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाँय गर्न सक्ने व्यवस्था छ ।

भन्सार जाँचपास पछिको पुनरावलोकन गर्दा मालवस्तुको धनीले नक्कली विल विजक वा कागजात पेश गरेको कारण भन्सार महसुल फरक पर्न गएको अवस्थामा के कारवाही हुन्छ ?

भन्सार कार्यालयबाट छुटाई लगेको त्यस्तो मालवस्तुको विगोको दुई सय प्रतिशत जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाँय हुन सक्छ ।

भन्सार अधिकृतलाई दण्ड जरिवाना गर्न सक्ने त्यस्तो कुनै विशिष्ट अधिकार छ ?

छ । भन्सार ऐन २०६४ को दफा ५७ मा भएको दण्ड सजाँय सम्बन्धी व्यवस्था वाहेक भन्सार ऐन र ऐन अन्तर्गत बनेको नियम विपरित कसैले कार्य गरेमा निजलाई पाँच हजार रुपैयासम्म जरिवाना गर्न सक्ने कानूनी अधिकार छ ।

भन्सार ऐन र नियमले दिएको अधिकार प्रयोग गर्दा कसैले जानाजानी भन्सार अधिकृत/कर्मचारीलाई वाधा अवरोध पु¥याएमा के कस्तो कारवाही हुन्छ ?

त्यस्तो व्यक्ति सरकारी कर्मचारी भएमा पाँच हजार रुपैयासम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्छ भने अन्य व्यक्ति भए छ महिनासम्म कैद वा एक हजार रुपैयासम्म जरिवाना वा दुवै सजाँय हुन सक्छ ।

भन्सार ऐन, नियममा उल्लेख भएको दण्ड सजाँय वाहेक अन्य ऐन नियम यस सम्बन्धमा आकृष्ट हुन्छ वा हुदैन ?

हुन्छ । भन्सार ऐन, नियम अन्तर्गतको कुनै कसूर वा कार्य प्रचलित कानून बमोजिम दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत कारवाही र सजाँय हुने कानूनी व्यवस्था गरिएको छ ।


सुराकी र पुरस्कार व्यवस्था

कुनै मालवस्तु चोरी निकासी/पैठारी गर्न लागेको/गरेको कुराको सुराक दिनेलाई पुरस्कारको के व्यवस्था छ ?

त्यस्तो प्रकारको कुरा प्रमाणित हुन आएमा र तत्सम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि त्यस्तो मालवस्तुको लिलाम विक्री गरी प्राप्त हुन आएको रकमबाट सुराकीले पाउने पुरस्कारको व्यवस्था गरिएको छ ।

चोरी निकासी/पैठारीको सुराक दिनेलाई के कति रकम पुरस्कार दिइन्छ ?

१)            चोरी निकासी/पैठारीको सुराकी दिनेलाई दश प्रतिशत

२)            त्यस्तो मालवस्तु मानिस सहित पक्री पेश गरेकोमा बिस प्रतिशत

३)            मालवस्तु मात्र पक्री पेश गरेकोमा दश प्रतिशत

४)            त्यस्तो मालवस्तु सुन, चाँदी वा जवाहरात भएमा पक्री पेश गर्ने व्यक्तिलाई दश प्रतिशत वा ५ लाख रुपैया मध्ये जुन घटी हुन्छ सो रकम दिईनेछ | त्यसरि पुरस्कार दिदा प्रति व्यक्ति ५० हजार भन्दा बढी हुने छैन |

चोरी निकासी/पैठारीको सूचना दिने व्यक्तिको सम्बन्धमा के कस्तो गोपनीयता छ ?

त्यस्तो सुराकी दिने व्यक्तिको नाम, थर र विवरण गोप्य राख्नु पर्ने व्यवस्था छ । तर अनुसन्धानको सिलसिलामा अनुसन्धान गर्ने निकाय वा अदालतबाट माग भएकोमा वाहेक कुनै व्यक्ति वा निकायलाई उपलब्ध नगराइने व्यवस्था गरिएको छ ।

अनुसन्धानको कारण वा अदालतबाट गरिने तहकीकातको सिलसिलामा त्यस्तो सुराकी उपस्थित हुनु पर्छ त ?

सुराकी दिएको कारणले मात्र त्यस्तो सुराकीलाई कुनै अदालत, निकाय वा कार्यालयमा उपस्थित हुन वाध्य गरिएको छैन ।

भन्सारले जफत गरेका मालवस्तु कुनै निकायले प्रयोग/उपभोग गरेको परिस्थितिमा पुरस्कार रकम पाइन्छ/ पाइदैन?

पाउने व्यवस्था गरिएको छ ।

भन्सारले जफत गरेका मालवस्तु कुनै निकायले प्रयोग/उपभोग गरेको परिस्थितिमा सुराकी वा पुरस्कारको रकमको व्यवस्था कसरी गरिन्छ ?

मालवस्तु प्रयोग गर्ने निकायले भन्सार कार्यालयलाई त्यस्तो रकम उपलब्ध गराउँछ र रकम प्राप्त भएपछि सुराकी र पक्राउ गर्ने व्यक्तिलाई पुरस्कार दिइन्छ ।

सुराकी वा पक्राउ गरेवापतको पुरस्कारको रकम लिन के कस्तो कागजातको आवश्यकता पर्दछ ?

कर्मचारीको हकमा भुक्तानी भरपाईका साथमा परिचय पत्रको प्रतिलीपी र अन्यको हकमा भरपाईका साथमा परिचय खुल्ने प्रमाणको प्रतिलीपी अनिवार्य रुपमा राख्नु पर्ने हुन्छ ।

पुरस्कार पाउने व्यक्ति एक भन्दा बढी भएमा कसरी रकम दिइन्छ ?

यस्तो स्थितिमा दामासाहीले रकम वितरण गरिन्छ ।

लिलामी मूल्य भनेको के हो ?

तोकिएको समितिबाट कायम गरिएको मूल्य हो जसमा प्रचलित कानून वमोजिम लिलाम गर्दा असुल गरिने  मूल्य अभिवृध्दि कर  समावेश गरिएको हुँदैन ।

सुराकीले कसरी सूचना दिन सक्दछ ?

१)            मौखिक                 २)            लिखित

सुराकीले सूचना दिने प्रक्रिया के हो ?

१)            त्यस्तो सूचना वा प्रतिवेदन मालवस्तु पक्राउ पर्नु अगावै दिएको हुनु पर्दछ ।

२)            त्यस्तो सूचना वा प्रतिवेदन भन्सार विभागका महानिर्देशक वा सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई दिनु पर्दछ ।

मालवस्तु पक्राउ पर्नु अगावै एउटै विषयमा दुई वा दुई भन्दा बढी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएको परिस्थितिमा के प्रक्रिया छ ?

प्रथम प्राप्त प्रतिवेदन वा सूचनालाई मान्यता दिईन्छ । त्यसपछि प्राप्त प्रतिवेदन वा सूचनालाई कैफियत जनाई राखिन्छ ।

सुराकी दिने व्यक्तिले आफ्नो नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन मिल्छ ?

मिल्दछ । तर त्यस्तो सुराकीले आफूलाई स्पष्ट पहिचान हुने प्रमाणहरु (नागरिकता, परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र) को प्रतिलीपी तुरुन्तै सम्बन्धित पदाधिकारीलाई उपलब्ध गराउनु पर्दछ ।

कसैले तोकिएको बाटो वाहेक अन्यत्रबाट मालवस्तु निकासी/पैठारी गर्न लागेमा के कस्तो कारवाही हुन्छ ?

१)            भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार कार्यालयको कर्मचारी वा अधिकार प्राप्त सरकारी कर्मचारीले रोक्न सक्ने ।

२)            यसरी रोक्न खोज्दा हुलहुज्जत वा जोरजुलुम गरेमा सम्झाउने बुझाउने ।

३)            सम्झाई बुझाई गर्दा पनि हुलहुज्जत वा जोरजुलुम गरेमा पक्राउ गर्ने।

४)            जोरजुलुम गरी भाग्न खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्य पालनाको निम्ति त्यस्तो घटना रोक्न पहिले हवाई फायर

               र त्यस्तो गर्दा पनि स्थिति नियन्त्रण नभए कम क्षति हुने गरी त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीलाई सम्बन्धित पदाधिकारीले गोली चलाउने आदेश दिन सक्ने ।

तोकिएको बाटो गरी सवारी साधनबाट आवतजावत गर्ने कुनै व्यक्तिलाई भन्सार कार्यालयको कर्मचारीले रोक्न आदेश दिएकोमा नमानी भागेमा के हुन्छ ?

त्यस्तो सवारी साधन नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा भन्सार अधिकृतको आदेशले कम क्षति हुने गरी भन्सारमा सुरक्षार्थ खटिएका कर्मचारीलाई त्यो सवारी साधनको पांग्रामा गोली चलाउने आदेश दिन सक्ने व्यवस्था छ ।

सुराकी दिंदा के कुरा खुलाउनु पर्दछ ?

क)          हवाई जहाजको हकमा

१)            हवाई उडान नं र समय

२)            चोरी निकासी/पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम र निजको हुलिया र मालवस्तु लुकाई छिपाई ल्याउने तरिका

३)            हवाई जहाज भित्र लुकाई छिपाई राखिएको स्थान

ख)          कार्गोको हकमा

१)            कार्गोको एयर वे बिल नं वा मालवस्तुको नाम, मालधनीको नाम

२)            मालवस्तु लुकाई छिपाई ल्याएको तरिका

३)            मालवस्तु रहेको स्थान

ग)           स्थल मार्गको हकमा

१)            ढुवानी साधन भए किसिम र नम्वर भएमा त्यस्तो नम्वर

२)            मालवस्तुको नाम

३)            कुनै मालवस्तु भित्र लुकाई छिपाई गरिएको भए त्यसको पहिचानको विवरण

४)            चोरी निकासी/पैठारी हुन लागेको स्थान, मिति र समय ।


आशिकुडा (Asycuda )

आशिकुडा (Asycuda) भनेको के हो ?

यो स्वचालित भन्सार तथ्याङ्क तथा व्यवस्थापनको छोटो रुप हो । यस प्रणाली अन्तरगत निकासी/पैठारी भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएका विवरणहरु अत्याधुनिक प्रणालीद्धारा आवश्यक प्रत्रिया पुरा गरी मालवस्तु जाँचपास गर्ने र आवश्यकतानुसार तथ्याङ्क प्रशोधन गर्ने कार्य गरिन्छ । आशिकुडा प्याकेज भित्र विभिन्न Module हरु संचालन गर्न सकिने भएकोले यसको उपयोगिता व्यापक छ ।

भन्सार प्रज्ञापनपत्र भर्ने कार्य कसरी गरिन्छ ?

आशिकुडा लागू भएको भन्सार कार्यालयको हकमा कम्प्यूटर मार्फत र नभएकोमा हस्त लिखित प्रक्रियाद्धारा प्रज्ञापनपत्र भर्नु पर्दछ ।

आशिकुडा प्रणालीमा सेवाग्राहीले कम्प्यूटरको प्रयोग कसरी गर्ने ?

आशिकुडा प्रणालीमा कम्प्यूटर प्रयोग गर्ने प्रयोजनको लागि प्रयोगकर्ता एजेण्ट/प्रतिनिधिले अनिवार्य रुपमा तोकिएको ढाँचामा फाराम भरी सम्बन्धित भन्सार कार्यालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाबाट आफ्नो User Name / Password लिनु पर्दछ । त्यस्तो Password प्राप्त गर्नेले मात्र आशिकुडा प्रणालीको कम्प्यूटर प्रयोग गर्न सक्दछ ।

ASYCUDA Module के हो ?

त्यो MOD BRK हो |

कम्प्यूटरमा दर्ता भैसकेको कुनै प्रज्ञापनपत्र संचालन वा रद्द गर्न सकिन्छ ?

सकिन्छ । यसका लागि निर्धारित ढाँचामा सम्बन्धित सेवाग्राहीले सूचना प्रविधि तथा तथ्याङ्क शाखामा निवेदन दिनु पर्दछ ।

कम्प्यूटरमा दर्ता भैसकेको कुनै प्रज्ञापनपत्र सच्याउने वा रद्द हुने अवस्था के हुन् ?

राजस्वमा फरक पर्ने गरी मूल्याङ्कन वा वर्गीकरण वा परिमाणको घोषणा भएको परिस्थितिमा सिधै नसच्याई भन्सार ऐन वा आर्थिक ऐनको पालना गरेर मात्र सच्याइन्छ भने रद्दको हकमा पर्याप्त कारण भए मात्र रद्द गरिन्छ ।

आशिकुडा प्रणालीमा कुनै एक प्रज्ञापनपत्रको दोहोरो प्रविष्टि गरेपछि एसेस्मेन्ट नगरी छाडिएको परिस्थितिमा के कारवाही हुन्छ ?

यसरी वाँकी रहेको प्रज्ञापनपत्रको राजस्व तत्काल असुल उपर गराइन्छ ।

ब्रोकर मोड्युलबाट प्रज्ञापनपत्र प्रविष्ट गर्न नजान्नेको हकमा कुनै व्यवस्था छ ?

छ । त्यस्तो एजेण्टले आफ्नो प्रतिनिधि वा कर्मचारी नियुक्त गरी प्रज्ञापनपत्र प्रविष्ट गराउन सक्नेछ र Public Terminalको उपयोग गरी प्रिन्ट आउट प्रज्ञापनपत्रमा हस्ताक्षर गरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्न सक्ने व्यवस्था छ ।

ब्रोकर मोड्युलको सन्दर्भमा आफूले पाएको Passwordअरु कसैलाई दिएमा के हुन्छ ?

Password को दुरुपयोग भएकोमा सम्बन्धित भन्सार एजेन्ट स्वयं नै जिम्मेवार हुन्छ ।

Password कतिजनालाई प्रदान गरिन्छ ?

भन्सार कार्यालयहरुमा प्रत्येक भन्सार एजेण्ट र निजको एकजना प्रतिनिधिलाई पासवर्ड प्रदान गरिन्छ ।

Password विर्सिएकोमा के हुन्छ ?

तुरुन्तै सम्वन्धित भन्सार कार्यालयमा सम्पर्क राखि नयाँ एबककधयचम को लागि निवेदन दिनु पर्दछ र नयाँ Passwordलिनु पर्दछ ।

कुनै कारणवश Username / Passwordले काम गर्न नसकेको अवस्थामा के हुन्छ ?

System मा आएको समस्याको कारण यस्तो परिस्थितिको श्रृजना हुन आएमा नयाँ Username / Password प्रदान गरिन्छ ।

कम्प्यूटर प्रविष्ट गरेको प्रज्ञापनपत्रलाई अन्तिम रुप दिन के गर्नु पर्दछ ?

कम्प्यूटरको Action Menu मा गै Local Check गरी Local Validity Check Ok भएपछि फेरि सोही menu को check मा गै click गर्नु पर्दछ  र ok भएमा मात्र Register मा Click गर्नु पर्दछ । यस पछि SAD Menu मा गै २ प्रति प्रिन्ट गरी जाँचपास प्रक्रियाको लागि पेश गर्नु पर्दछ ।

आशिकुडा प्रणालीमा संचालित अन्य कुनै मोड्युल छन् ?

छ । त्यो हो जस्तै  Selectivity Module , MODULE CONFIGURATION ETC |

Selectivity Moduleको कार्य के हो ?

यसले भन्सार कार्यालयमा जाँचपासका लागि आएका मालवस्तुलाई जाँचपास प्रक्रियाको मार्गलाई निर्देश गर्ने कार्य गर्दछ ।

जाँचपास मार्ग भनेको के हो ?

कम्प्यूटर सर्भरमा दर्ता गरिएका प्रज्ञापनपत्रलाई ४ प्रकारले छनौट गरिन्छ । यस अन्तरगत भौतिक परीक्षण गरी जाँचपास गर्न रातो मार्ग, कागजात मात्र जाँच गरी जाँचपास गर्न पहेलो मार्ग, जाँचपास पछिको परीक्षण गर्ने गरी जाँचपास गर्न नीलो मार्ग र यी कुनै प्रक्रिया पनि अवलम्वन नगरी घोषणा कै आधारमा जाँचपास गर्न हरियो मार्ग पर्दछन् ।

मार्ग निर्देश गर्ने आधार के हो ?

राजस्व, व्यापार, मालवस्तु वा अन्य क्रियाकलापका जोखिमका आधारमा कम्प्यूटरद्धारानै प्रज्ञापनपत्रहरुलाई विभाजन गरिन्छ र मार्ग निर्देश गरिन्छ ।


यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी व्यवस्था

ग्रीन च्यानेल र रेड च्यानेल भनेको के हो ?

अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरुले आफ्नो साथमा महसुल नलाग्ने मालवस्तु भएमा भन्सार क्षेत्रमा हरियो लेनबाट र महसुल लाग्ने मालवस्तु भएमा रातो लेनबाट बाहिर निस्कनु पर्दछ ।यही हरियो लेनलाई ग्रीन च्यानेल र रातो लेनलाई रेड च्यानेल भनिन्छ ।

ग्रीन च्यानेल वा रेड च्यानेल कसरी छान्ने ?

यात्रु एवं पर्यटकले आफूले लिई आएको मालवस्तु आफू प्रवेश गर्ने मुलुकको नियमानुसार महसुल छुटमा ल्याउन पाउने हो होइन, आफूसंग महसुल लाग्ने सामान छन् छैनन् निश्चित गरेर मात्र च्यानेल रोज्नु पर्दछ । तर केही सामानमा महसुल छुट हुने र केहीमा नहुने जस्तो द्विविधा पर्न गएमा रेड च्यानेल नै उपयुक्त हुन्छ । किनकि यसले कारवाहीमा पर्नबाट बचाउँछ ।

ग्रीन च्यानेलबाट महसुल लाग्ने/नलाग्ने सरसामान ल्याउँदा कसरी पहिचान गरिन्छ ?

ग्रीन च्यानेलबाट ल्याइएका सामानहरुलाई एक्स रे स्कीनिङ्ग गरिन्छ र शंकाष्पद अवस्थामा वाहेक खोलजाँच गरिदैन ।

रेड च्यानेलको प्रक्रिया के हो ?

रेड च्यानेलबाट ल्याइएका मालवस्तु खोलि चेकजाँच गरिन्छ र नियमानुसार लाग्ने महसुल कर लिई जाँचपास गरिन्छ ।

कुन कुन सरसामानमा भन्सार महसुल छुट छ भनी कसरी थाहा पाउन सकिन्छ ?

कुनै पनि हवाई उडान गन्तव्य विन्दुमा उत्रनु अघिनै सम्वन्धित उडानका हवाई परिचारक/परिचारिकाले त्यस किसिमको सूचना भएको फाराम वितरण गर्दछन् । अध्यागमनको प्रक्रिया पूरा गर्दाको विमानस्थलको परिसरमा पनि यस्ता प्रकारको सूचनाहरु ठाउँ ठाउँमा राखिएको हुन्छ । भन्सार सम्बन्धी सहयोग कक्षको पनि व्यवस्था गरिएको हुन्छ ।

भन्सार महसुल छुट हुने सरसामान के के हुन् ?

विदेशबाट फर्केका नेपाली यात्रुका सम्बन्धमा

क) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,

ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,

ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,

घ) सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्राम र एक लाख रुपैया सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,

ङ) घडि/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,

च) बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,

छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान,

ज) सात किलोग्राम सम्म खाद्य परिकार,

झ) मदिरा १ लिटरसम्मको एक बोतल,

भन्सार महसुल छुट हुने भन्दा बढी परिमाणमा ल्याएमा के हुन्छ ?

मदिराको हकमा जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी स्वीकृति दिन सक्ने व्यवस्था छ ।

विदेशमा बसी फर्केका नेपाली यात्रु, गैर आवासीय नेपाली यात्रु एवं विदेशी यात्रुहरुले सुन र चाँदी के कति ल्याउन पाउँछन् ?

विदेशबाट नेपाल आउने नेपाली, गैरआवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले सुन तथा चाँदी ल्याउन पाउने छैनन्। तर नेपाली र गैर आवासीय नेपालीले सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका गहना लिई आउन पाउनेछन्। विदेशी यात्रुको हकमा सुनको गहना पचास ग्रामसम्म र चाँदीको गहना सय ग्रामसम्म लिई आउन पाउने व्यवस्था छ। यसरी साथमा लिई आउन पाउने परिमाणसम्मको गहना ल्याउँदा कुनै पनि महसुल लाग्ने छैन। 

काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन पाउने छैनन् र ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुनेछ।

 

विदेशबाट आफू फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?

पाइन्छ । तर नेपालमा स्थायी बसोवास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र त्यस्तो सामान भन्सार गोदाममा दाखिल भै सकेको हुनु पर्नेछ ।

विदेशबाट फर्कने नेपाली यात्रुहरुले आफू साथ ल्याएका वा आफू आउनु अघि वा पछि पठाएको सामानहरुमा के कति मूल्यको सामानमा भन्सार छुट पाइन्छ ?

विदेशमा ६ महिना भन्दा बढी अवधि बसि फर्कने यात्रुले निम्न बमोजिमको मूल्य सम्मका सामानमा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट पाउँछ ।

क)          ६ महिना भन्दा बढी एक वर्षसम्म विदेशमा बसि फर्केमा १५ हजार सम्म र

ख)          एक वर्ष भन्दा बढी जतिसुकै अवधि विदेशमा बसि फर्केमा २५ हजार रुपैयाँ सम्म

उमेर नपुगेका केटाकेटीहरुका संबन्धमा कस्तो व्यवस्था छ ?

विदेशबाट फर्कने नेपाली यात्रुहरु मध्ये १६ वर्ष मुनिका यात्रुहरुले छुटको सिमाको ५० प्रतिशत मात्र सुविधा पाउँछन् ।

विदेशमा वसि फर्कने नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका वाहेक नयाँ लुगाफाटा पनि ल्याउन पाइन्छ ?

विदेशमा रहँदा प्रयोग गरेका लुगाफाटा मात्र भन्सार छुटमा ल्याउन पाइन्छ । नयाँ ल्याएमा नियमानुसार ल्याउन पाउने परिमाण जतिमा प्रचलित आर्थिक ऐन अुनसार समदरमा भन्सार

महसुल तिर्नु पर्छ ।

विदेशमा बसि फर्केका नेपाली यात्रुहरुले भन्सार महसुल तिरेर शरीरमा लगाउने लुगाफाटा आदि कतिसम्म ल्याउन पाइन्छ ?

विदेशमा बसि फर्केका नेपाली यात्रुहरुले आफुले प्रयोग गरेका सामान वाहेक शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढीमा १५/१५ थान नियमानुसार समदर महसुल बुझाई ल्याउन पाइन्छ ।

विदेशमा बस्दा आफ्नो सम्बन्धित काममा प्रयोग गरिएका पेशागत सामान आफू फर्कंदा नयाँ सामान समेत ल्याउन पाइन्छ ?

पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु १/१ थानमा भन्सार लाग्दैन तर आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान ल्याउन पाइन्छ र सो मा प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिर्नु पर्दछ ।

विदेशमा बसि फर्कने नेपाली यात्रुहरुले आफ्नो प्रयोगको लागि खाद्य पदार्थ कति सम्म ल्याउन पाइन्छ ?

महसुल नतिरि ७ किलो सम्म र प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिरि १० किलो सम्म खाद्य पदार्थ ल्याउन पाइन्छ ।

विदेशमा वसेका व्यक्तिले नेपालमा रहेका आफन्त वा परिवारलाई सामान पठाउन मिल्छ ?

२५० अमेरीकी डलर सम्मको सामान (मनाहि तथा परिमाणत्मक बन्देज भएका सामान वाहेक)   पठाएमा भन्सार कार्यालयले प्रमाण हेरि नियमानुसार लाग्ने समदरमा भन्सार महसुल लगाई जाँच पास गर्न सक्ने छ ।

विदेशमा बसि फर्कने यात्रुहरुले चुरोट, सिगार कति ल्याउन पाइन्छ ?

विदेशमा बसेका नेपाली यात्रुहरु आफु फर्कदा चुरोट २०० खिल्लीसम्म वा सिगार ५० खिल्ली सम्म दरवन्दी अनुसार लाग्ने महसुल तिरि ल्याउन पाइन्छ । सो भन्दा बढी ल्याएमा बढी भएजतिको परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल लाग्छ ।

कुनै नेपाली नागरिकको विदेशको बसाइको क्रममा मृत्यु भएमा निजको विदेशमा बस्दा प्रयोग गरेका सामानहरु पैठारी हुँदा कुनै कर महसुल लाग्छ/लाग्दैन ?

प्रयोगमा आएका पुराना घरायसी मालसामानमा कुनै कर महसुल लाग्दैन ।

भारतीय सेवा वा प्रहरीबाट सेवा निवृत भई निवृति भरण पाउने गरि स्वदेश फर्कदा निजी प्रयोगका घरायसी सामान आफु साथ ल्याउँदा भन्सार लाग्छ ?

सेवा निवृत भएको कागजात पेश गरेमा एक पटकको लागि ५० हजार मूल्य सम्म पर्ने सामानहरु महसुल छुटमा ल्याउन पाइन्छ (यसमा सवारी साधन हात हतियार र खर खजाखजाना र प्रतिवन्धित सामान वाहेक) ।

विदेशबाट फर्केका नेपाली यात्रुहरुले आफुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न र नामसारी गरी छुटाउन सकिन्छ ?

पाइदैन ।

विदेशमा वसी फर्केका नेपाली यात्रुले ल्याउने एल.सी.डी. वा प्लाज्मा टेलिभिजनमा भन्सार महसुल कति लाग्छ ?

विदेशमा वसी फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा एकमुष्ट समदरमा मूल्यको ५५% का दरले महसुल लाग्नेछ। 

तर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभिमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । सो भन्दा बढी इन्चको टेलिभिजन ल्याएमा उक्त छुट सुविधा दिइनेछैन ।

 

उडानमा गएका क्रिउ मेम्वरहरुले आफ्नो प्रयोगमा ल्याएको निजी सामान वाहेक अन्य वस्तु ल्याउन पाइन्छ ?ल्याएमा के हुन्छ ?

पाइदैन | उडानमा गएका बखत क्रिउ मेम्वरहरुले उडानमा साथमा लगेका निजी सामान वाहेक अन्य सामान ल्याउन पाइदैन, ल्याएमा जफत हुन्छ ।

नेपाली नागरिक विदेश जाँदा विदेशमा रहेका आफन्त तथा मित्रहरुलाई सौगातको रुपमा दिनकति मूल्य सम्मका सामान नेपालबाट साथमा लिएर जान पाइन्छ ?

नेपालमा उत्पादन भएका २५ हजार  मूल्य सम्मका मालसामान (मनाहि र नियन्त्रित वाहेक) महसुल नतिरि लैजान पाइने र मु.अु.कर लाग्ने सामान भए कर विजक र मु.अ. कर नलाग्ने सामान भए स्थायी लेखा नम्वर भएको विजक पेश गरेमा मूल्यको सिमा वन्देज लागू हुँदैन ।

विदेशमा औषधि उपचार गराई फर्केका विरामीले साथमा ल्याएका औषधिमा भन्सार लाग्छ/लाग्दैन?

लाग्दैन ।

विदेशमा वस्ने नेपालीहरुले आफुले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दा बाट पठाउँदा महसुल लाग्छ/लाग्दैन ?

प्रयोग गरेका लत्ता कपडामा भन्सार महसुल लाग्दैन ।

विदेशबाट फर्कने नेपाली यात्रुहरुले आफु आउनु भन्दा अघि वा पछि ल्याएका भन्सार महसुल पूर्ण छुट हुने वा समदरमा भन्सार तिरि ल्याउन पाउने वस्तु वाहेक नितान्त घर व्यवहारमा प्रयोग हुने कुनै सामानहरु ल्याउन पाइन्छ/पाइदैन ?

विदेशबाट फर्केका नेपाली यात्रुहरुले नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखि भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी लाग्ने समदरमा महसुल लिई जाँचपास गर्न स्वीकृति दिनसक्छ ।

अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजी प्रयोगका चलनचल्तीमा ल्याएका कुन कुन पुराना सामान ल्याउँदा वा लैजाँदा महसुल छुट हुन्छ ?

क) वाइनाकुलर, दुरविन गोटा १

ख) भिडियो क्यामेरा, स्टिल क्यामेरा, १/१ गोटा

ग) पोर्टेवल म्यूजिक सिष्टम १ सेट र सो मा प्रयोग हुने सि.डि., टेप जस्ता रेकर्डेड मिडिया हरु दश थान

घ) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,

ङ) पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,

च) साइकल १,

छ) घडी १

ज) सेलुलर मोवाइल फोन १

झ) निम्न बमोजिमका पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका निम्न बमोजिमका उपकरण हरु

१) कर्मीले काम गर्न ल्याएको ज्यावल बढीमा १ सेत

२) डाक्टर वा बैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधीहरु तथा सम्वन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु

३) गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान

४) खेलाडीको खेलकुद सामान

५) माछा मार्ने रड

६) पचास ग्राम सम्म सुनको गहना र सय ग्राम सम्म चाँदीको गहना

पासपोर्ट लिइ आउने विदेशी यात्रुहरुले ल्याउने कुन कुन सामानमा भन्सार महसुल लाग्दैन ?

क)          मदिरा १ लिटरसम्मको एक बोतल वा वियर १२ क्यान सम्म

ख)          चुरोट २०० खिल्ली, सिगार ५० खिल्ली सम्म, टोवाको २५० ग्रामसम्म

ग)           स्टिल क्यामेराको फिल्म १५ गोटा र मुभी क्यामेराको १२ गोटासम्म

घ)           दश हजार रुपैया मूल्य सम्मका औषधी (नेपालमा पैठारी मनाहि भएका औषधीहरु वाहेक)

ङ)           पाँच हजार रुपैया मूल्य सम्मका खानेकुराहरु (टिन प्याक समेत)

च)           दुइ हजार रुपैया मूल्य सम्मका ताजा फलफूल

विदेशी यात्रुले के कति रकम सम्मको नेपालको बजारमा खरिद गरेको मालसामान इजाजतपत्र विना विदेशमा पठाउन वा लैजान सक्छ ?

आधिकारिक रुपमा विदेशी मुद्रा सटही गरेको प्रमाण भएसम्म रकमको नेपालमा खरिद गरिएको मालसामान विना इजाजत पत्र (निकासीमा वन्देज लागेको वाहेक) लैजान वा पठाउन सक्छ ।

विदेशी यात्रुले मूल्य अभिवृद्धि कर लाग्ने विजक वा सो कर नलाग्ने सामानमा स्थायी लेखा नम्वरको विजक भएमा कति सम्मको मालसामान आफुसाथ लैजान वा पठाउन सक्छ ?

रु २५ हजार सम्मको मालसामान आफू साथ लैजान वा पठाउन मू.अ. कर विजक वा स्थायी लेखा नम्वर भएको विजक आवश्यक पर्दैन । सो भन्दा माथिको हकमा उपरोक्त विजकहरुको जति सुकै मूल्यको सामान (निकासी मा वन्देज लागेको वाहेक) विना इजाजतपत्र निकासी गर्न सक्दछ ।


यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी व्यवस्था

हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?

स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?

पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।

निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?

त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ ।

वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?

यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।

निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउन पाउने भनी तोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?

औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ |


पैठारीमा पूर्ण वन्देज, परिमाणात्मक वन्देज लागेका तथा स्वीकृति पत्रको आधारमा पैठारी गर्नुपर्ने मालवस्तुहरु

नेपालमा गोमांस पैठारी गर्न मिल्छ कि मिल्दैन ?

गोमांस पैठारी गर्न पूर्ण बन्देज छ ।


भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ?

बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।

378. प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ?

ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।

380. कागजातहरु
प्रज्ञापनपत्र भनेको के हो ?

निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम हो ।

381. विजक भन्नाले के बुझिन्छ ?

विक्रेताले आफूले विक्री गरेको मालवस्तुको मूल्य लगायत मालवस्तुको विवरण उल्लेख गरी क्रेताको नाममा जारी गरेको कागजात हो । यसमा भूक्तानी शर्त र तरिका समेत उल्लेख भएको हुन्छ ।

382. प्रतीतपत्र भनेको के हो ?

मालवस्तुको निकासी वा पैठारीको सन्दर्भमा बैंकद्धारा मालवस्तुको मूल्य भूक्तानी गर्ने प्रक्रियागत कागजात हो । यो एक प्रकारले पैठारीकर्ता र निकासीकर्ता वीच बैंकको मध्यस्ततामा भएको कागजात हो ।

383. सी.टी.डी. भनेको के हो ?

यो Customs Transit Declaration को छोटकरी रुप हो । नेपाल र भारत वीच भएको दुई पक्षीय व्यापार तथा पारवहन सन्धीमा उल्लेख भए अनुसार भारत भई स्थलमार्गबाट नेपालमा तेश्रो मुलुकबाट पैठारी हुने र नेपालबाट तेश्रो मुलुकमा निकासी हुने मालवस्तुको लागि नेपालको तोकिएको भन्सार विन्दुसम्म ल्याउन र नजिकको वन्दरगाहसम्म ढुवानी गर्दा भर्नु पर्ने फाराम हो । यसको उद्देश्य भारतीय भूमिमा मालवस्तुको वीचलन हुन नपाओस भन्ने नै हो । निकासी हुने मालवस्तुको हकमा नेपालको सम्बन्धित भन्सार विन्दुबाट र पैठारी हुने मालवस्तुको हकमा भारतको कोलकाता वा हल्दिया वा फुलबारीबन्दरगाहबाट यस प्रकारको पत्र जारी गरिन्छ ।

384. प्याकिङ्ग लिष्ट भन्नाले कस्तो कागजातलाई जनाउँछ ?

मालवस्तुको परिमाण के कति छ र कुन कुन अवस्थामा के कतिको संख्या छ र कसरी प्याक गरिएको छ भन्ने सम्बन्धमा विस्तृत जानकारी दिने गरी तयार गरिएको कागज पत्रनै प्याकिङ्ग लिष्ट हो । मालवस्तु आयात निर्यात गर्दा यो कागजात आवश्यक पर्दछ ।

385. B/L भन्नाले कस्तो कागज पत्रलाई जनाउँदछ ?

यसको पूर्ण अर्थ विल अफ लेडिङ्ग हो । पानी जहाजबाट मालवस्तुको निकासी/पैठारी गर्दा shipping company ले जारी गर्ने कागजात हो

386. B/L मा के के कुराहरु उल्लेख गरिएका हुन्छन् ?

यसमा निकासी/पैठारीकर्ताको नाम, ठेगाना, मालवस्तुको नाम, परिमाण, कन्टेनर नम्वर, सिल नम्वर, मालवस्तु लोड गरिएको स्थान र मिति, ढुवानी भाडा र अन्तिम वन्दरगाहको नाम समेत उल्लेख गरिएको हुन्छ । समुद्री मार्गबाट मालवस्तुको निकासी/पैठारी गर्दा यसको आवश्यकता पर्दछ ।

387. Airways Bill भनेको के हो ?

हवाईजहाजबाट मालवस्तु ढुवानी गर्दा सम्बन्धित एयरलाइन्सले मालवस्तु ढुवानी सम्बन्धमा जारी गर्ने कागजात हो । यसमा आयात÷निर्यातकर्ताको नाम, ठेगाना, मालवस्तुको विवरण, जहाजमा मालवस्तु राखेको मिति र स्थान एवं ढुवानी भाडा लगायत अन्तिम विन्दुको नाम समेत उल्लेख गरिएको हुन्छ ।

388. उत्पत्तीको प्रमाणपत्र भनेको के हो ?

कुनै मालवस्तु जुन देशमा बनेको वा उत्पादन भएको हो सो मुलुकको अधिकार प्राप्त निकायले उक्त मालवस्तुको उत्पादन सोही मुलुकमा भएको हो भनी जारी गरेको कागजात नै उत्पत्तीको प्रमाण पत्र हो ।

389. उत्पत्तीको प्रमाणपत्र कसले जारी गर्दछ ?

यस प्रकारको प्रमाणपत्र सरकारबाट तोकिएको निकायबाट जारी हुन्छ । सामान्यतया सम्बन्धित मुलुकको चेम्वर अफ कमर्शबाट जारी गरिन्छ भने नेपालको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ एवं नेपाल उद्योग परिसंघबाट पनि जारी गरिन्छ । कुनै कुनै मुलुकको मालवस्तु उत्पादकले पनि यस प्रकारको प्रमाणपत्र जारी गर्ने प्रचलन छ ।

390. जि.एस.पी. भनेको के हो ?

यसको पूर्ण रुप Generalized System of Preference हो । नेपालीमा यसलाई सामान्य ग्राह्यता प्रणाली भनिन्छ । विकसित मुलुकहरुले विकासोन्मुख मुलुकको मालवस्तुलाई आफ्नो मुलुकमा प्रवेशका लागि लाग्ने महसुल करमा पूर्ण वा आंशिक छुट दिने प्रणाली/व्यवस्था हो ।

391. जि.एस.पी. को उद्देश्य के हो ?

अल्पविकसित तथा विकासोन्मुख देशहरुको निर्यातमा वृद्धि गरी तिनीहरुको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुराउनु हो । संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन (UNCTAD) को पहलमा यस प्रकारको व्यवस्था सन् १९७१ देखि शुरु भएको हो ।

392. जि.एस.पी. कसरी जारी गरिन्छ ?

यो एउटा निश्चित ढाँचाको फाराम हो । फाराममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नु पर्दछ । नेपालमा यस्तो फाराम व्यापार तथा निकासी प्रबर्धन केन्द्रले उपलब्ध गराउँदछ र जि.एस.पी. मा भन्सार अधिकृतले मालवस्तु निकासी हुँदा प्रमाणित गरी पठाउनु पर्दछ ।

393. नेपाललाई जी. एस.पी. सुविधा प्रदान गर्ने मुलुकहरु कति छन् ?

हालसम्म ती मुलुकहरुको संख्या २८ छ । तिनीहरुको नामावली यस प्रकार छ:

 १. बेल्जियम

२. जर्मनी

३. नेदरल्याण्ड

४. फ्रान्स

५. लक्जेम्वर्ग

६. पोर्चुगल

७. स्पेन

८. ग्रीस

९. इटाली

१०. डेनमार्क

११. संयुक्त अधिराज्य

१२. आयरल्याण्ड

१३. अष्ट्रिया

१४. फिनल्याण्ड

१५. नर्वे

१६. स्वीडेन

१७. स्वीटजरल्याण्ड

१८. बुल्गेरीया

१९. हंगेरी

२०. पोल्याण्ड

२१. स्लोभाक

२२. रुस

२३ जापान

२४. अष्ट्रेलिया

२५. न्यूजिल्याण्ड

२६. क्यानाडा

२७. संयुक्त राज्य अमेरीका

२८. दक्षिण कोरिया

394. वि. वि. नि. फाराम ४ भनेको के हो ?

विदेशी विनिमय नियन्त्रणको छोटो रुप हो । परिबत्य विदेशी मुद्रामा प्रतीत पत्र खोल्ने बैंकले विदेशबाट मालवस्तु चलानी भएको कागजात प्राप्त हुनासाथ सो मूल्य बरावरको रकम पैठारीकर्ताबाट असुल गरी भूक्तानी पठाउँदछ । भन्सार प्रयोजनको लागि प्रतितपत्रमा उल्लेख भए बमोजिमको भूक्तानी गएको रकम नेपाल राष्ट्र बैंकबाट निर्धारित ढाँचाको फाराम सम्बन्धित बैंकले पठाउँदछ । यसैलाई वि.वि.नि. फा. ४ भनिएको हो । भन्सार कार्यालयले मालवस्तु जाँचपास गरिसके पछि वि.वि.नि. फारामलाई प्रमाणित गर्दछ । यसको उद्देश्य बैदेशिक मुद्रा अपचलन हुनबाट रोक्नु हो । विदेशी मुद्रामा खोलिएको प्रतीतपत्रको पक्षमा मालवस्तुको भन्सार जाँचपास गराउँदा यो फाराम अनिवार्य रुपमा पेश गर्नु पर्दछ ।

395. Confirmity of Production भन्नाले के बुझिन्छ ?

यो उत्पादनको तादात्म्यता हो यसलाई जडान रेखा परीक्षण प्रणाली पनि भनिन्छ । सि.ओ.पी. को उद्देश्य प्रमाणित गरी उत्पादन गरिएको तर निष्काशन मापदण्ड पूरा नगरेको सवारी साधनको पहिचान गर्न नियमन अधिकारीलाई सक्षम तुल्याउन, समस्या सुल्झाउनको लागि उपचारात्मक उपायहरु अवलम्वन गर्नु र मापदण्ड पालना नगर्ने सवारी साधानहरुको निर्माणलाई निरुत्साहित गर्नु हो ।

396. Type Approval (TA) भन्नाले के बुझिन्छ ?

सवारी साधन निर्माताले धुँवा निष्काशन, वाष्प निष्काशन र प्रदूषण नियन्त्रण उपकरणको टिकाउपना संग सम्बन्धित परीक्षण गर्ने निकाय समक्ष सवारी साधनको प्रकार अनुमोदनको लागि आवेदन दिएपछि इन्जिनको बनावट, वाष्पिक निष्काशन प्रणाली, प्रदूषण नियन्त्रणको संयन्त्र लगायतका विभिन्न किसिमको परीक्षणको शर्तहरु पूरा गरेमा मात्र त्यस्तो सवारी साधनलाई TA को स्वीकृति प्रदान गरिन्छ । नयाँ सवारी साधन पैठारीका लागि COP र TA अनिवार्य रुपमा चाहिन्छ । यसको उद्देश्य सवारी साधनबाट हुने वातावरणीय प्रदूषण न्यून गर्नु हो ।

397. नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०६९ भन्नाले के बुझिन्छ ?

नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्क्याभेटर, दमकल वाहेकका सवारी/ढुवानी साधनको लागि अधिकतम कार्वन मोनोअक्साइड, हाइड्रोकार्वन, नाइट्रोजन अक्साइड जस्ता वातावरणीय असर पर्ने तत्वहरुको मापन नेपाल सरकारको सम्बन्धित निकायबाट निश्चित गरिएको छ । यसैलाई नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भनिएको हो । मुलुकमा पैठारी हुने नयाँ सवारी/ढुवानी साधन नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ बमोजिम हुनुपर्दछ । यसैले आयातको समयमा नै टि.ए. र सि.ओ.पी. को प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने हुन्छ ।

Buy Back Agreement भनेको के हो ?

कुनै एक मुलुकको आयातकर्ताले अर्को मुलुकको निर्यातकर्तालाई आफूले चाहेको वस्तुको उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ विना मूल्यमा पठाई उक्त मालवस्तु तयार गर्दा लाग्ने खर्च र मुनाफा मात्र भूक्तानी गर्ने र उत्पादन आफैले आयात गर्ने गरी आयातकर्ता र निर्यातकर्ता वीच गरिएको संझौता हो ।

नेपालमा यस प्रकारको व्यवस्था कुन कुन उद्योगमा छ ?

यस प्रकारको संझौता नेपालमा तयारी पोशाक उद्योगले गर्ने गरेको छ । यस संझौता अन्तर्गत नेपालको तयारी पोशाक उद्योगले तयारी पोशाक बनाउनको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ प्रतीतपत्र विना नै पैठारी गर्न पाउँछ तर त्यस्तो कच्चा पदार्थ आयात गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ ।

सि.एम.टी.पी. (CMTP) भन्नाले के बुझिन्छ ?

यसको पूर्ण रुप Cutting, Manufacturing, Trimming and Processing हो । यसमा तयारी पोशाकको लागि आवश्यक कच्चा पदार्थ आयातकर्ताले उपलब्ध गराउँदछ र उद्यमीलाई Cutting, Manufacturing, Trimming and Processing को अंश दिन्छ । यसमा उद्यमीले कच्चा पदार्थको लागि आफ्नो पूँजी लगाउन आवश्यक पर्दैन । यस पद्धतिले निर्यातमूलक तयारी पोशाक उद्योगको विकास र तयारी पोशाकको निर्यातमा अभिवृद्धि गर्न सघाउँदछ ।

सि.एम.टी.पी. अन्तर्गत तयारी पोशाकको कच्चा पदार्थ आयात र तयारी पोशाक निर्यात गर्दा के कस्ता प्रक्रिया एवं शर्तहरु पूरा हुनु पर्दछ ?

तयारी पोशाकको आयात कर्ताले नै कपडा पठाउने हुँदा कपडाको लागि विदेशी मुद्राको आवश्यकता परेन जसले गर्दा प्रतीतपत्र खोल्नु पनि परेन तर वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ । यसरी पैठारी भएको कच्चा पदार्थबाट तयारी पोशाक बनाई निकासी गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागले तोकेको मूल्य अभिवृद्धि भएको हुनु पर्दछ । मूल्य अभिवृद्धि भएको रकमको प्रतीतपत्र वा अग्रिम भूक्तानी प्राप्त भएपछि तयारी पोशाक निकासी गर्न पाइन्छ । यस प्रयोजनको लागि कच्चा पदार्थ पैठारी गर्दा भन्सार कार्यालयमा लाग्ने महसुल नेपाली आयातकर्ताले वण्डेड वेयर हाउसको सुविधा अन्तर्गत बैंक ग्यारेण्टीमा पैठारी गर्न पाउँछ र निकासी भएपछि त्यस्तो बैंक ग्यारेण्टी फुकुवा गरिन्छ ।

402. मालवस्तुको भन्सार मूल्यका सम्बन्धमा देहायका शब्दावली (Terminologies) हरुको के अर्थ हुन्छ ?
१. एफ.ओ. बी.
२. सी.आइ.एफ.
३. सी.आई.पी.
४. सी. एण्ड एफ.

१. एफ.ओ.वी. को पूर्ण रुप Free on Board हो । यसको अर्थ मालवस्तु निकासी गर्ने देशको सीमासम्मको मूल्य भन्ने वुझिन्छ । यसमा भाडा, वीमा समावेश हुँदैन । यो प्रायः निकासी गरिने मालवस्तुमा प्रयोग हुन्छ ।

२. सी.आई.एफ. : यसको पूर्ण रुप Cost, Insurance and Freight हो । यसमा मालवस्तुको मूल्य, भाडा तथा वीमा समेत जोडिएको हुन्छ । यो शव्दावली प्राय पैठारी गरिने मालवस्तुमा प्रयोग गरिन्छ ।

३. सी.आइृ.पी. : यसको पूर्ण रुप Carriage and Insurance Paid हो । यसमा पनि मालवस्तुको मूल्य, भाडा तथा वीमा समावेश हुन्छ र यो शव्दावली पनि पैठारीमा प्रयोग हुन्छ ।

४. सी.एण्ड एफ. : यसको पूर्ण रुप Cost and freight हो । यसमा मालवस्तुको मूल्य र भाडा समावेश हुन्छ तर वीमा समावेश हुँदैन । यो शव्दावली पनि पैठारी हुने मालवस्तुमा प्रयुक्त हुन्छ ।

403. संक्षिप्त प्रज्ञापनपत्र भनेको के हो ? कस्तो मालवस्तुको लागि यो प्रज्ञापनपत्र भर्नु पर्दछ ?

कुनै व्यक्तिले आफ्नो निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारी आदेश अन्तरगत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा भरी पेश गर्नुपर्ने फारामलाई संक्षिप्त प्रज्ञापनपत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु. ५००० सम्म मूल्य भएका मालवस्तु वा गुण्टा झिटी भारी सम्बन्धी सूचनामा समदरमा महसुल तिरी ल्याउन पाउने भनी उल्लेख भएका मालवस्तुहरु मात्र पैठारी गर्न सकिन्छ ।