कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: csd@customs.gov.np

 

भन्सार कार्यविधिको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (Revised Kyoto Convention) को नेपाल पक्ष राष्ट्र बन्ने प्रस्ताव व्यवस्थापिका–संसद्बाट अनुमोदन

व्यवस्थापिका–संसद्ले २०७३ भाद्र २४ गते भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी संशोधित क्योटो महासन्धी नामको अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पक्ष राष्ट्र बन्ने सम्बन्धी प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ । अनुमोदन गर्नुअघि संसद्को बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त महासन्धीमा सम्मिलन हुने प्रस्तावलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तावमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री महराले भन्सार प्रशासनमा एकरुपता र पारदर्शीता कायम गर्न महासन्धिलाई अनुमोदन गर्न आवश्यक रहेको बताउनुभयो । यो प्रस्ताव अनुमोदन भएपछि अव नेपालले विश्व भन्सार संगठनलाई यस सम्बन्धी जानकारी गराउने छ । आवश्यक कागजातसहित यस्तो जानकारी गराएपछि नेपाल आधिकारिक रुपमा सो महासन्धीको पक्षराष्ट्र हुनेछ ।