एकिकृत भन्सार जाँच चौकी निर्माण कार्यको स्थलगत निरिक्षण

भन्सार विभागका उप-महानिर्देशक श्री रुपनारायण भट्टराई द्वारा ०७३/३/६ का दिन बिराटनगर भन्सार कार्यालय अन्तर्गत भारत तर्फ निर्माणधिन एकिकृत भन्सार जाँच चौकीको स्थलगत निरिक्षण गरी निर्माणको कार्य सम्बन्धमा भारतीय निर्माण कम्पनीका ठेकेदार संग जानकारी लिने काम भयो | सो अवसरमा नेपाल तर्फको निर्माण कार्य प्रारम्भ नभएको र एकिकृत जाँच चौकी बाट नेपाल तर्फ भित्रिने र बाहिरिने मालबाहक सवारी साधनको Approach Road को मुखमा High Extension बिधुत लाईन रहेको बिधुत लाईनको उचित व्यवस्थापन गर्न बिराटनगर स्थित बिधुत प्राधिकरणका प्रमुख लाई प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी गराइयो | I.C.P Road भारत तर्फ हाल २ लेनको रोड रहेकोमा छिट्टै ४ लेनको रोड बन्ने र उक्त रोड बनि भन्सार जाँचपास भएमा घन्टौको जामको अन्त्य र आयात निर्यात सरल सहज र छिटो छरितो र मितव्ययी बन्ने देखिन्छ |