बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न

 

भन्सार बिभागका उप-महानिर्देशक रुपनारायण भट्टराईको प्रमुख सहभागितामा ०७३/३/७ का दिन बिहान ८ बजे देखि बिराटनगर, सुनसरी, राजविराज, मेची, पशुपतिनगर भन्सारका कार्यालय प्रमुखहरु तथा भन्सार अधिकृत तथा अन्य सहभागी कर्मचारी लगायत भन्सार विभागका योजना तथा सेवा शाखाका निर्देशक बिष्णु प्रसाद पौडेल र शाखा अधिकृत कलिराम पौडेल समेतको उपस्थितमा ०७३/७४ को बजेटले लिएका उदेश्य प्राथमिकता र आर्थिक ऐनले भन्सार ऐन तथा भन्सार दरवन्दीमा गरेका परिवर्तनको बारेमा निर्देशक द्वारा प्रस्तुतिकरण दिईयो |

सो अवसरमा कार्यालय प्रमुख तथा अधिकृत र अन्य कर्मचारीहरुका थप जिज्ञासाको बारेमा उप-महानिर्देशकज्यू बाट प्रष्ट पार्ने काम गरियो | सोहि दिनको २ बजे बिराटनगर भन्सार कार्यालय द्वारा आयोजना गरिएको व्यापार सहजीकरणको बैठकमा बिराटनगर भन्सार कार्यालयको राजस्व असुली, व्यापार सहजिकरणमा गरेको भूमिकाको बारेमा संक्षिप्त जानकारी लिए पश्चात उद्योग बाणिज्य संगका अध्यक्ष, ब्यापारी र एजेन्टले राखेका जिज्ञाशा तथा गुनासा समेतको सम्बोधन हुने गरि भन्सार विभागको भावी कार्यक्रम रणनीतिको बारेमा श्रीमान उप-महानिर्देशक श्री रुपनारायण भट्टराईद्वारा बुदागत बिबेचना र प्रकाश पर्ने काम सम्पन्न भयो |