विराटनगरमा “ Database Management and Data Analysis using Stata " तालिम सम्पन्न

 

तथ्याङ्क विश्लेषण शाखाको पहलमा मिति  २०७२।०९।२९ देखी २०७२।१०।०३ पॉचसम्म कार्यदिनको तथ्याङ्क ब्यबस्थापन तथा विश्लेषण सम्बन्धी तालिम विराटनग।मा सम्पन्न भएको छ । भन्सार प्रशासनमा बढ्दो वस्तु ब्यापारबाट सृजना भएको आयात/निर्यात तथ्याङ्क ब्यबस्थापन अबका दिनमा चुनौतीपूर्ण हुदै जाने परिस्थितिमा तथ्याङ्क ब्यबस्थापन सम्वन्धि बिषय महत्वपूर्ण भएको छ । समयबद्ध तथ्याङ्कको ब्यबस्थित भण्डारण, प्रशोधन तथा सामान्य विश्लेषण कार्य भन्सार कार्यालयहरुको राजस्व संकलन तथा ब्यापार सहजीकरणको अर्काे पाटोकोरुपमा रहिआएको छ । मुलुकको ब्यापार नीति तथा राजस्व नीति निर्धारण गर्दा यस्ता तथ्याङ्क आधारको रुपमा प्रयोग हुन्छन् । यिनका अलवा अन्य आर्थिक विश्लेषण तथा अनुसन्धान कार्यमा समेत बिश्वासिलो र समयबद्ध तथ्याङ्क उपलब्धतालाई अनिवार्य मानिन्छ । स्थानीय स्तरका भन्सार कार्यालयहरुले पनि स्थानीय पत्राकार, तालुक कार्यालयहरु तथा अन्य निकायहरुलाई आयात निर्यात तथा राजस्व असलीको अबस्थाको बारेमा नियमित जानकारी उपलब्ध गराउनु पर्दछ । यसका तथ्याङ्कीय शुद्धता आवश्यक पर्दछ ।

परम्परागत तथ्याङ्क ब्यबस्थापन तथा  विश्लेषणमा समसामयिक सुधारको खॉचो महसुुस गरी तथ्याङ्क विश्लेषण शाखाबाट चालू आ.व.मा Database Management and Data Analysis using Stata का लागि एक पाठ्यक्रम तयारी गरी यसैका आधारमा कार्यक्रम सम्पन्न गरिएको थियोे । भन्सार तथ्याङ्कसँग प्रत्यक्ष संलग्न रहने भन्सार प्रशासनका कर्मचारीहरु यस तालिम कार्यक्रमका प्रशिक्षार्थीकारुपमा रहेका थिए । यस कार्यक्रममा जनकपुर, जलेश्वर, राजविराज, सुनसरी, पशुपतिनगर र विराटनगर भन्सार कार्यालयहरुमा कार्यरत कर्मचारी सहभागी रहेका थिए भने स्रोत व्यक्तिका रुपमा विभागवाट  तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी र तथ्याङ्क अधिकृत शारदा शर्मा खटिनुभएको थियो । साथै कार्यक्रमको अनुगमन एबं समापनका लागि विभागबाट तत्कालीन उप महानिर्देशक दामोदर रेग्मी खटिनुभएको थियो ।

भन्सार तथ्याङ्क ब्यबस्थपन तथा विश्लेषण कार्यमा बिगत तीन बर्षदेखी नै विभागमा प्रयोगमा रहिआएको Stata Software अति प्रभावकारी पाइएकाले कार्यालयहरुमा पनि यसै Software को प्रयोगहुन उपयुक्त देखी यसको प्र्रयोगका बारेमा प्रशिक्षण दिनुका साथै भन्सारकै यथार्थ तथ्याङ्कमा अभ्यास गराइएको थियो । कम्पुटरमा आधारित प्रशिक्षण कार्यक्रममा प्राय सबै सहभागीहरु Laptop का साथमा ब्यस्त रहन्थे । तालिमको अन्त्यमा प्रशिक्षर्थीहरुबाट भन्सारको कोरा तथ्याङ्कबाट शुरु गरी प्रशोधन गर्दै बिराटनगर भन्सार कार्यालयको पहिलो छ महिनाको र बिगत आ.ब.को सोही अबधिको बस्तु अनुसार राजस्व संकलनमा आएको परिवर्तन तालिकाका साथै चार्ट तयारी गरी प्रस्तुति गरेका थिए । सहभागीका अनुसार आगामी दिनहरुमा Stata Software प्रयोग गरी भन्सारका सामान्य तलिकाहरु तयार गर्न सक्षम भएका छन् । तसर्थ चालु आ.व.को यो प्रयास अपेक्षितरुपमा सफल रहेको महसुस गरिएको छ ।